सुखि नेपाली समृद्धि नेपाल निर्माणमा मुलुक अग्रसरः राष्ट्रपति बिद्यादेवी भण्डारी

Posted on: 16 Feb, 2018

प्रेम सुनार | फागुन ४, गुल्मी । राष्ट्रपति बिद्यादेवी भण्डारीले राजनितिक स्थायित्व र दिगोशान्ति कायम गर्दै  सुखि नेपाली समृद्धि नेपाल निर्माण गर्ने कार्यभार पुरा गर्न मुलुक अग्रसर भएको बताएकी छन् । शुक्रवार गुल्मीको रुरु गाउँपालिका वडा नम्बर १ रिडी स्थित रुरु संस्कृत तथा साधारण माबिको सतवार्षिकी अबसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले संस्कृति शिक्षाको  आधुनिकरण गर्दै समृद्ध समाज बिकास गर्न समद्ध पक्ष दिनुपर्ने बताइन् ।

उनले सामाजिक तथा सास्कृतिक सहिसुर्णता सदभावलाई थप सुदृढ पार्दै देशको गौरवशालि मौलिक पहिचाहन सहित अघिवढने हाम्रो दायित्व हुनुपर्ने बताइन् । राष्ट्रपति भण्डारीले शैक्षिक बिकास मार्फत ज्ञानका बिभिन्न क्षेत्रहरुको उजागरण गर्नु यस सन्र्दभमा उपयुक्त हुने बिश्वास गरिन् ।

संस्कृत प्राचिनतम भाषका अत्तिरित्व अधिकांश भाषाहरुको जननी ज्ञान र एबं बौदिकताको अथाहा भण्डार भएको बताइन् । यो भाष र यसमा लिखित बहुमुल्य प्राचिन गन्थ्रहरु हाम्रा पूर्खाहरुले आर्जन गरेका ज्ञान र बिज्ञानका अपरिमित उपलब्धीहरु समाबिष्ट भएको बताइन् । तर यस भाषाको समुचित संरक्षण हुननसक्दा भाषासागै यसमा अन्तरनिहित धेरै समृद्ध ज्ञानबाट आजको मानव समुदाय बिमुख हुनुपरेको बताइन् ।

उनले सयौ वर्ष पहिले स्थापना भएको बिद्यालयले महत्वपुर्ण योगदान रहेको बताइन् । उनले यस बिद्यालयबाट उत्पादित जनशक्तीले गुल्मी र आसपासका जिल्लाहरुमा मात्रै नभई राष्ट्रको बिभिन्न क्षेत्रमा योगदान पुराउनु बिद्यालयको निम्ती गौरवको बिषय भएको बताइन् ।

रुरु क्षेत्र धार्मिक महत्व बोकेको क्षेत्र रहेकाले चिन र भारत जोडने निर्माणधिन कालिगण्डकी करिडोरले रुरु रिडी मुख्य व्यापारिक नाका बन्ने बताइन् । शान्तिका अग्रदुत गौतम बुद्धको जन्म स्थलसँगै पस्ताबित लुम्बिनी चक्रपथ मार्फत रुरु क्षेत्रसागै सबै पर्यटकिय स्थल गरेर आबद्ध गरेर एउटा उतकृष्ट पर्यटकिय गनतब्यका रुपमा बिकास गर्न सकिने बताइन् ।

उनले गुल्मी, पाल्पा स्याङजाको संगम क्षेत्र रुरु धार्मिक नेवार मगर लगायत बिभिन्न जातजातिहरुको संस्कृतिहरुको केन्द्र रहेको बताइन् । रिडी स्थित सँस्कृत तथा साधारण माबिले १ सय वर्ष पुरा गरेको अबसरमा सतवार्षिकी उद्घाटनसँगै गुल्मीकै मुसिकोट नगरपालिका भुवाचिदिमा रहेको त्रिभुवन माबिले ५० वर्ष पुरा गरेको अबसरमा आयोजित स्र्वण महोत्व कार्यक्रमको उद्घाटन समेत गरेकी छन् ।

दुई बिद्यालयको जन्मोउत्सव मनाउन गुल्मी आएकी राष्ट्रपति बिद्यादेवी भण्डारीले तीन जिल्लाको संगम क्षेत्र रुरु स्थित कालिगण्डकी नदिमा स्नान गरेकी थिइन् । राष्ट्रपति भण्डारीले बिद्यालयको कार्यक्रममा पुग्नु भन्दा पहिले गुल्मी पाल्पा र स्याङजा जिल्लाको संगम क्षेत्र रिडीमा स्थित कालिगण्डकी नदिमा स्नान गरेकी हुन् । कालिगण्डकी नदिमा स्नान पछी पाल्पा जिल्लामा पर्ने रिषीकेश मन्दीरमा पुँजा आज गर्नुका सागै दर्शन सकेत गरेकी हुन् । मन्दीरमा पुगेर मन्दीर अबलोकन गर्नुका साथै पुजा समेत गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीलाई रिडीमा तिन जिल्लाका बिशिष्ट व्याक्तिहरु, स्थानियले भव्य स्वागत गरेका थिए । बिद्यालयको जन्मोउत्सव मनाउन राष्ट्रपति भण्डारीसँगै गुल्मी क्षेत्र नं. १ र २ का संसद प्रदिप ज्ञवाली, गोकर्ण बिष्ट, पाल्पा क्षेत्र नं. २ का संसद सोमप्रसाद पाण्डेय सहभागित रहेको थियो । उनिहरुसँगै गुल्मी क्षेत्र नं. १ प्रदेश सभा संसद कमराज श्रेष्ठ लगायत गाउँपालिका प्रमुखहरु,तिन जिल्ला प्रमुख जिल्ला अधिकारीहरु लगायतका बिशिष्ट ब्यक्तिहरुको सहभागित रहेको थियो । बिद्यालयलका कार्यक्रमहरुमा राष्ट्रपति भण्डारीलाई स्थानिय कला सँस्कृतिसँगै बिभिन्न झाकीहरु देखाएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!