संस्कृति विद्या महिला र दलित मैत्री बनाऔं: प्रदिप ज्ञवाली

Posted on: 17 Feb, 2018

प्रेम सुनार/फागुन ५, गुल्मी । शुक्रवार गुल्मीको रिडीको एक कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारीको सम्वोधनलाई सञ्चार माध्यमले उच्च महत्व दिनु पर्ने भएका कारण त्यस कार्यक्रमका विशेष अतिथी नेकपा एमालेका केन्द्रिय सचिव तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा सदस्य प्रदिपकुमार ज्ञवालीले  बोलेका केहि महत्वपुर्ण कुराहरु ओझेलमा परेको छ ।

हिन्दु धर्म भित्रका केहि प्रयोगकर्ताहरुको गल्तीका कारण संस्कृत विद्या ओझेलमा पर्दै गएको नेता ज्ञवालीको चिन्तन अहिलेको परिवेशमा महत्वपुर्ण छ । रिडीमा संस्कृत तथा साधरण माध्यामिक विद्यालयको शतवार्षिकी समारोहमा वोल्दै उनले यस्तो चिन्तन गरेका हुन् ।

संस्कृत विद्यालाई आफ्नो मात्रै सभ्यता ठान्ने व्राम्हण समुदाय कै व्यक्ति हुन नेता ज्ञवाली । त्यसै समुदायबाटै विभेदको अन्त्य हुनु पर्ने आवाज उठ्नु भनेको निकै महत्वपुर्ण कुरा हो ।  

उनले भने–‘ वास्तव मैं अहिलेको विज्ञानलाई समेत समेट्ने गरी आज भन्दा ३५ सय ४ हजार वर्ष पुरानो हो ंसंस्कृत विद्या, जो एउटा भाषामा मात्रै व्याख्या गरिनु हुदैन, यो विद्या ज्ञान भण्डार हो,  जिवन दर्शन हो ।  

तर पनि हाल सम्म  संस्कृति विद्या महिला र दलित  मैत्री हुन सकेन । संकुचित अर्थमा ल्याईयो । यसका प्रयोगकर्ताका गल्तीका कारण यसो भएको हो । जसलाई अव परिस्कृति गरेर सवै अट्ने गरी संस्कृत विद्याको उजागार गरिनु पर्दछ ।

उनले रुरु क्षेत्रको पौराािणकता वारे प्रकाश पार्दै थपे–‘ जसको पौराणीक ईतिहाँस झण्डै १८ सय वर्ष पुरानो छ । प्राचिन काल मै भारतिय र चिनिया सभ्यतामा नेपाल रहेको छ । यहि वाटो हुँदै भारतियहरु चिन तिव्वत सम्म जान्थे ।

गौरवमय ईतिहाँस बोकेको रुरु क्षेत्रमा अवस्थीत ऋषकेशको उत्पत्ति ५ सय वर्ष पुरानो छ । यो कुनै मुर्तिकारले कुदेको कृतिम कुनै देवि देउताको मुर्ति होईन । यहाँका सवै धार्मिक संरचनाहरु  प्राकृतिक  रुपमै आफै प्रकट भएका हुन् ।

उनले यस क्षेत्रको विकासका लागि एकदशक अघि देखि कालिगण्डकी कोरिडोर सडक सञ्जाल निर्माणमा लागि परेका छन् ।  उनकै क्षेत्र प्रदेश १ का सांसद सुदर्शन वराल पनि ज्ञवाली जत्तिकै लागि परेका छन् ।

यी दुई नेताको अपेक्षा के छ भने कालिगण्डकी कोरिडोर सम्पन्न गरे पछि   प्राचिन कालमा झैं भारतियहरु चिन र चिनियाहरु भारत यहि बाटो आवत जावत गर्ने छन । 

त्यस कालमा झैं रिडी, रुद्रवेणी, मुक्तिनाथ लगायतका प्रशिद्ध धार्मिक स्थानको थप महिमा बढ्ने छ र यि स्थानका वासीन्दाहरुको आर्धिक सुधार समेत हुने छ ।

सांसद ज्ञवाली र उनका पछाडी रहेका अरु जनप्रतिनिधीका अनुसार  स्याङ्गजा , रिडी , अर्घाखाँची हुँदै दाङ्ग तुल्सीपुर जोड्ने मोटरबाटो सम्पन्न गरेर  जिल्ला कै पुरानो व्यापारिक केन्द्र रिडी भोलीका दिनमा सदरमुकाम तम्घास भन्दा ठुलो व्यापारिक केन्द्र हुने छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!