प्रदेश ७ का मुख्यमन्त्री पदभार सम्हालेकै दिन आकस्मिक अस्पताल पुगे

Posted on: 18 Feb, 2018

फागुन ६, कैलाली । प्रदेश नम्बर ७ का नवनियुक्त मुख्यमन्त्री त्रिलोचन भट्ट मुख्यमन्त्री बनेकै दिन सेती अंचल अस्पतालको अनुगमन गर्न पुगेका छन् ।

आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका भट्टले आफ्ना मातहतका कर्मचारीहरुलाई निर्देशन दिँदै विकासमा पछाडि परेको प्रदेश ७ लाई नमुना प्रदेश बनाउन इमान्दारिताका साथ लाग्न आग्रह समेत गरे । 

त्यसपछि उनी धनगढीस्थित सेती अञ्चल अस्पतालको आकस्मिक अनुगमनमा पुगे । अञ्चल अस्पतालको सेवा प्रभावकारी नभएको गुनासो आइरहेका बेला मुख्यमन्त्री भट्ट आकस्मिक अनुगमन गरेका हुन् । अनुगमनका क्रममा उनले बिरामीलाई अस्पतालले दिने सेवाको प्रभावकारिता, निःशुल्क औषधी पाए नपाएको विषयमा चासो राखेका थिए ।

अस्पतालका चिकित्सकहरु निजी क्लिनिकहरुमा काम गर्ने र निःशुल्क औषधिसमेत बिरामीले नपाउने गुनासो सुनेकाले अनुगमन गरेको मुख्यमन्त्री भट्टले बताए ।


तश्विरमा: धनगढीमा प्रदेश नम्बर ७ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार पदबहाली गर्दै मुख्यमन्त्री त्रिलोचन भट्ट । तस्वीरः तिलकराज ओझा, धनगढी, रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!