अबको बाटो विकास र समृद्धी : सन्दर्भ ६८अौं प्रजातन्त्र दिवस

Posted on: 19 Feb, 2018

प्रभात सुवेदी । फागुन ७, बर्दिया ।

६८औं प्रजातन्त्र दिवसको सन्दर्भ पारेर जिल्ला सदरमुकाम गुलरियाको नगरपालिका परिसरमा आज एक विशेष कार्यक्रमको आयोजना गरिएको छ । 


विकास, समृद्धि र संरक्षण, हाम्रो प्रतिवद्धता हाम्रो अभियान भन्ने मूल नारासहित जिल्ला समन्यव समितिका अध्यक्ष शंकर प्रसाद चौधरीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै अधिकांश वक्ताहरुले शहिदको बलिदानीले प्राप्त प्रजातन्त्र र निरन्तरको संघर्षको फल गणतन्त्र भएकोले यसको उपयोग गर्न नेपाली जनताले नै निर्माण गरेको संविधान र यसको कार्यान्वयन पनि सकिएकोले अबको बाटो भनेको विकास र समृद्धी भएको बताएका छन् । 

कार्यक्रममा विभिन्न राजनैतिक दलहरुका प्रमुख तथा प्रतिनिधीहरु, जिल्लास्थित सरकारी निकायका प्रमुख तथा कर्मचारीहरु, पत्रकार, समाजसेवी, बुद्धिजिवीहरु, विभिन्न विद्यालयहरुका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । 


यसै सन्दर्भमा हिजो कवर्ड हलमा आयोजित १ सय मिटरको दौड र आज कार्यक्रमस्थलमा आयोजित कुर्सी दौड र घैंटो फोड प्रतियोगिताका विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । 

अाज सार्वजनिक विदाको दिन भएपनि सरकारी कर्मचारीहरुको उल्लेख्य उपस्थिति नभएका कारण आगामी दिनमा यस्ता प्रकारका राष्ट्रिय पर्वहरुमा विभिन्न कार्यालयका कर्मचारीहरु तथा अन्य संवद्ध व्यक्तित्वहरुको अनिवार्य उपस्थितिलाई जोड दिनका लागि आग्रह समेत गरिएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!