मुलुकको विकास र समृद्धिमा लाग्ने स्थिर सरकार बन्छः नेता महरा

Posted on: 23 Feb, 2018

फागुन ११, गुलरिया, बर्दिया | नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले अब देशको विकास र मुलुकको समृद्धिमा लाग्ने स्थिर सरकार निर्माण हुने बताउनुभएको छ । 

बारबर्दिया नगरपालिकामा आयोजित ‘प्रथम बारबर्दिया तथा जयनगर महोत्सव–२०७४’ को आज उद्घाटन गर्दै उहाँले यस क्षेत्रका सांस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास एवं प्रचारप्रसारका लागि केन्द्र सरकारसँग अनुरोध गर्ने बताउनुभयो । 

महोत्सवबाट कृषि औद्योगिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धन गर्दै आर्थिक वृद्धि तथा स्वदेशी उत्पादनको निर्यात गरी आयातलाई प्रतिस्थान गर्ने लक्ष्य राखिएको महोत्सव आयोजक मूल समितिका संयोजक रामसोहन चौधरीले जानकारी दिनुभयो । 

‘हाम्रो बारबर्दिया हाम्रो शान, भाषा, संस्कृति, सद्भाव हाम्रो पहिचान’ नाराका साथ शुरु भएको महोत्सव यही फागनु २० गतेसम्म चल्नेछ । महोत्सवको आकर्षणमा नेपाली राष्ट्रिय कलाकार तथा स्थानीय कलासंस्कृति झल्कने आधुनिक तथा पुखर्निया नाचगान, थारु समुदायको कला संस्कृतिसहितको साँस्कृतिक प्रस्तुति तथा हस्तकला सामग्रीको प्रदर्शनी रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!