पशुपालनबाट नगरवासीलाई सम्बृद्ध बनाउछु: प्रमुख अधिकारी

Posted on: 27 Feb, 2018

फाल्गुन १५, अर्घाखाँची । अर्घाखा“चीको शीतगंगा नगरपालिकाका प्रमुख सुर्यप्रसाद अधिकारीले पशुपालनबाट नगरवासीलाई सम्बृद्ध बनाउन कृषिमा आधुनीकिरण कार्यक्रम ल्याइएको बताउनुभएको छ । 

भौगोलिक जटिलताका कारण विकासका काम गर्न अप्ठेरो परेको भन्दै उहा“ले नगरका १४ वटै वडामा उन्नत जातका बाख्रा, खसीबोका र गाइभैसी पाल्नतिर आकर्षित गरी आम्दानी बढाउन आफु लागि परेको बताउनुभयो ।

शीतगंगा नगरपालिकाको पशुसेवा शाखाले मंगलबार ठाडा दहमा आयोजना गरेको पशुसेवा सम्बन्धी अन्तरक्रिया कृषक कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले अबको क्रान्ति कृषि नै भएकाले पशुपालनमा भविष्य उज्ज्वल रहेको बताउनुभयो ।  कसरी नगरलाई सम्बृद्ध बनाउन सकिन्छ भनेरै योजना बनाएर लागु गर्नेमै आफनो ध्यान रहेको दावी गर्नुभयो ।

कार्यक्रममा जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर लोकनाथ पौडेलले शीतगंगा तराईस“ग जोडिएको नगर भएकाले पशुपालनको राम्रो संभावना रहेकाले व्यावसायीक कृषक बनेर पशुपाल्न कृषकलाई अनुरोध गर्नुभयो । शीतगंगा नगरपालिका ९ नम्बर वडाध्यक्ष भीम केसीले कृषिमा आधुनिकीकरण उत्पादनमा आत्मनिर्भर बनाउन कार्यक्रम शुरु भएकाले ढुक्कस“ग पशुपालनमा लागेर आम्दानी गर्न नगरवासीलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा कान्तिपुर दैनिकका उपसम्पादक वीरेन्द्र केसीले मुलुककै ठूलो नगरपालिका प्रशस्त स्रोत भएको र पशुपालनमा कायापलट ल्याएर नमूना बनाउन सकिने बताउनुभयो । कृषि विकास शाखा प्रमुख थीरलाल गैरे, कृषक यमलाल आचार्य लगायतले मन्तव्य राख्नुभएको थियो । पशुचिकित्सक दुर्गा खनालको अध्यक्षता, चित्रबहादुर क्षेत्रीको स्वागत र गणेश थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा शीतगंगा नगरपालिका १४ वडाका ३० जना कृषक सहभागी भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!