नेविसंघ अर्घाखाँची तह अनुसार संगठन बनाउँन गाउँमा

Posted on: 03 Mar, 2018

फागुन १९, अर्घाखाँची । नेपाल विद्यार्थी संघ अर्घाखाँची संघीय संरचना अनुसार स्थानिय तहमा संगठनलाई मजवुत बनाउँन लागेको छ । ६ स्थानिय तह रहेको अर्घाखाँचीको शितगंगा नगरपालिकामा नेविसंघले महेश खनालको अध्यक्षतामा कार्यसमिती चयन गर्यो । 

शनिबार नेविसंघका जिल्ला अध्यक्ष युवराज पाण्डेको प्रमुख अतिथ्यतामा सन्धिखर्क नगरपालिका र छत्रदेव गाउँपालिकामा पनी भेला छलफल तथा पालिका कमिटीको गठन गर्यो । 

सन्धिखर्क नगरपालिकामा भरतमणि भट्टराईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमितीको सर्वसम्मत चयन भयो । छत्रदेवमा सञ्जय पाण्डेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितीको सर्वसम्मत चयन भयो । 

छत्रदेवमा भएको कार्यक्रममा कांग्रेसका नेता बाबुराम पौडेल, नेविसंघ जिल्ला अध्यक्ष युवराज पाण्डे, पुर्व जिल्ला अध्यक्ष मेघराज पाण्डे, जिल्ला उपाध्यक्षद्धय नेत्र मरासिनी, सुरज रायमाझी, क्षेत्रीय सभापती नविन पौडेल, स्वतन्त्र विद्यार्थी युनियन पाणिनी बहुमुखी क्याम्पस कोषाध्यक्ष घनश्याम पौडेल लगाएतले नेविसंघ बलीयो भएमा मात्रै कांग्रेस बलियो हुने भएकाले संगठन बनाउँन सवै लाग्नुपर्ने बताए । 


नेविसंघ अर्घाखाँचीले गाउँ तथा नगरको समन्वयमा स्थानिय तह स्तरीय कमिटी गठन गर्दै अगाडी बढेको जिल्ला सचिव कृष्ण पौडेलले जानकारी दिए । पौडेलका अनुसार आउँदो फागुन २४ गते जिल्लाको पाणिनी गाउँपालिका र भुमिकास्थान नगरपालिकामा नेविसंघको भेला तथा कमिटी गठनको कार्यक्रम तय भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!