सात दिनपछि बुधबारदेखि दुनै बन्द खुल्ने

Posted on: 06 Mar, 2018

टेकबहादुर शाही | फागुन २२, डोल्पा | डोल्पाको सदरमुकाम दुनै ७ दिन पछि बुधबार बिहान देखि खुल्ने भएको छ । 

जिल्ला प्रशासन कार्यालय डोल्पाको सक्रियतामा एक साता देखि भएको बन्द दुनै २३ गते बिहान देखि खुल्ने सहमति भएको प्रभुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । उनका अनुसार बन्द रहेको दुनै बजार खोल्ने र आन्तरीक यातायात पनि सुचारु गर्ने २ वटा निर्णय सहित बन्द कर्ताहरुसंग छलफल पछि सहमति भएको बताए । 


डोल्पाको दुनैमा ठुलीभेरी नगरपालिकाको केन्द्र जुफालमा सारेको बिषयमा एकसाता देखि सदरमुकाम दुनैमा ओन्दोलन जारी रहेको छ । बन्दका कारण जनजिवन प्रभाबित भएको भन्दै जिल्ला प्रशासनले बन्दकर्ताहरु संग छलफल गरि जनजविनलाइ सहजता ल्याउन बन्दका कार्यक्रम फिर्ता लिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारि दिए । 

बन्दका कार्यक्रम फिर्ता गरिएको भए पनि आन्दोलनतका बिभिन्न चरणहरु भने निरन्तर हुने संघ्रस समितिका अध्यक्ष हिक्मत शाहीले जानकारि दिए । उनका अनुसार सरकारको निर्णय अनुसार एक निष्कर्ष नआउन्जेल सम्म आन्दोलनका क्रियाकलाप भै रहने बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!