नगरलाई भ्रष्ट्राचार मुक्त बनाउंछु: नगर प्रमुख थापा

Posted on: 12 Mar, 2018

फागुन २८,अर्घाखाँची | भुमिकास्थान नगर प्रमुख रेशम थापाले आफ्नो नगरलाई भ्रष्ट्राचार मुक्त नगरपालीका  बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । 


नगरपालीकाको प्रथम  स्थापना दिवस तथा प्रबचन प्रर्दशन कार्यक्रममा मनतब्य राख्दै उहांले यस्तो बताउनु भएको हो ।

 नगर प्रमुख थापाले आफ्नो नगर समृद्ध बनाउन बिकास निर्माणका साथै शिक्षा,स्वास्थ्य,पर्यटन,खेलकुद जस्ता बिभिन्न शिर्षकमा झन्डै ३७ करोड रकम बिनियोजन गरि काम अगाडि बढाएको जानकारी दिनुभएको छ । उपप्रमुख खडानन्द बेल्बासेले पालीकामा अहिले सम्म करीब ७० प्रतिशत योजना सम्झौता भएपनी भुक्तानी दिन ढिला भएको भन्दै बिकास निर्माणको काममा सहयोग र समर्थन गर्न सबैलाई आग्रह गर्नुभएको छ । 

यस्तै नगरका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज बेल्बासेले नगरलाई नमुना बनाउन बिज्ञहरुको समुह बोलाई गुणात्मक डिजाईन गरी बिकास निर्माणमा अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको छ ।हरीशचन्द्र भुसालको स्वागत मनतब्य र मणीराम पराजुलीको सन्चालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम लेकाली,नगरसभा सदस्य शिब बन्जाडे,कार्यपालीका सदस्य खगेश्वर पन्थी,रा.ज.मो.नेता कबिराम खनाल,नेपाली कांग्रेसका अशोक कुमार श्रेष्ठ,एमालेका जिल्ला उप सचिब प्रेमनारायण गैरे,बिबेकशिल साझा पार्टीका जिल्ला अध्यक्ष हरी प्रसाद भुसाल,स्वास्थ्य बिमा कर्मचारी रामचन्द्र ढुगांना लगायतले मन्तव्य राख्दै नगर समृद्धिको कामना सहित शुभकामना दिनुभएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!