प्रदेश ७ का मुख्य मन्त्रीद्वारा सबैलाई रोजगारीको ग्यारेन्टी गर्ने घोषणा

Posted on: 17 Mar, 2018

चैत ३, बैतडी (रासस) | प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बेरोजगार सबैलाई रोजगारको ग्यारेन्टी हुने बताउनुभएको छ । 

आज बैतडीमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले ७ नं प्रदेश समृद्ध बन्ने र वेरोजगार भएका सम्पूर्ण व्यक्तिलाई रोजगारी दिइने बताउनुभएको हो । सरकार गठन भएको एक महिनामात्रै भएकाले अहिलेनै सबै कुरा हुन सकेका छैनन् उहाँले भन्नुभयो “अबको केही वर्षभित्रै सबैले रोजगारी पाउँछन् ।” 

मदिराका कारण ७ नं प्रदेशमा महिला तथा बालबालिका पीडित भएको गुनासो बढेको बताउँदै उहाँले मदिराको लाइसेन्स वितरण गर्दा ध्यान दिनुपर्ने बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!