कर्णालीका मन्त्रीहरुले श्रमदान गर्ने

Posted on: 28 Mar, 2018

चैत्र १४,सुर्खेत। कर्णाली प्रदेशका मन्त्रीहरुले बुलबुले उद्यान क्षेत्रमा श्रमदान गर्ने भएका छन्। प्रदेशकै प्रमुख पर्यटकीय स्थलका रुपमा रहेको बुलबुले उद्यान क्षेत्रको निर्माणधीन पर्खालमा बुधबार श्रमदान गर्ने भएका हुन्।कर्णाली प्रदेशको दोस्रो मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार बुधबार बिहान आठ बजेदेखि बुलबुले उद्यान क्षेत्रको पर्खाल निर्माणमा श्रमदान गर्ने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले श्रमप्रतिका सम्मान जागृत गर्न हरेक महिनाको एक र १५ गत्ते जनतासँगै सार्वजनिक काम गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार बुलबुले तालको पर्खाल निर्माणसँगै सरसफाई गरिने भएको हो।प्रदेशस्तरका सबै मन्त्रालयका मन्त्रीहरु, कर्मचारी, जिल्लास्थित कार्यालयका कर्मचारी, स्थानीय जनप्रतिनीधिहरुलाई सरसफाईमा सहभागि हुन अनुरोध गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रमुख सचिव सुरेश प्रधानले बताए। हाल बुलबुले तालको संरक्षणका लागि पर्खाल निर्माण शुरु भएको छ ।

सोही पर्खाल निर्माण र सरसफाई मन्त्रीहरुले श्रमदान गर्ने जनाइएको छ। यसअघि, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायत सातै मन्त्रालयका मन्त्रीहरुले वीरेन्द्रनगर मुख्य बजार क्षेत्रको नाला सफा गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!