प्रदेश सभा बैठक २५ गते, आज मन्त्रीपरिषद्को आकस्मिक बैठक बस्दै

Posted on: 05 Apr, 2018

चैत २२, मकवापनुर | ३ नं प्रदेश सभा बैठक चैत्र २५ गते बस्ने भएको छ । २४ गते सनिबार कार्यब्यवस्थाको बैठक बस्ने र विभिन्न विधेयकमा छलफल हुने गरी २५ गते आइतबार दिउँसो १२ बजे प्रदेश सभाको बैठक हुने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

हालसम्म ३ नंम्वर प्रदेश सभा सचिवालयमा २१ गते बुधबार सम्म गरी नगर जिल्ला सभाको कार्यविधि संञ्चालन गर्ने सम्वन्धका ब्यवस्थित गर्न बनेको विधेयक मात्रै दर्ता भएको छ। १८ गते आइतवार उक्त विधेयक दर्ता भएको प्रदेश सभा सचिवालयका सचिव भरत कुमार बुढाथोकीले जानकारी दिनुभयो  । ३ नंम्वर प्रदेश सभा सदस्यहरुलाई अस्थायी परिचय पत्र प्रदान गरिएको छ । 

यसअघिको प्रदेश सभाको बैठकमा आधा भन्दा बढि प्रदेश सभा सदस्यहरुले परिचय पत्र लिइसकेको र  अब आइतबार हुने प्रदेश सभा बैठकमा सवै सदस्यहरुलाई अस्थायी परिचयपत्र प्रदान गरिने प्रदेश सभा सचिवालयले जानकारी दिनु भएको छ ।  

ठेगाना तथा स्थायी राजधानी र प्रदेशको नाम नतोकिँदा परिचय पत्र पनि अस्थायी बनाउन परेको सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो । 

त्यस्तै प्रदेश सभा सदस्यहरुको लागि लोगोको ब्यवस्था गर्न छिट्टै लोगो तयार हुने सभामुख श्रेष्ठले बताउनुभएको छ। लोको लागि ७ वटा नमुना लोगोको संघिय संसदमा पठाइएको पनि श्रेष्ठे बताउनुभयो ।

यस्तै सभामुख सानुकुमार श्रेष्ठले यसअघि बसेको मन्त्रपिरिष्द्को बैठकले सभामुखलाई निजि सचिवको लागि र सेवा सुविधाका कारण सैद्धान्तिक सहमति गरे तापनि पदिय मर्यादा र सेवा सुविधाको कारण सविच राख्न आज आकस्मिक बैठक हुने भएको छ । आज हुने बैठकमा सरकार तथा अन्य विषयमा महत्वपुण छलफल हुने जनाइएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!