हेटौंडालाई स्थायी राजधानी बनाउनुपनुपर्छ– थापा

Posted on: 05 Apr, 2018

चैत २२, मकवानपुर | मकवानपुरको हेटौंडालाई अब स्थायी राजधानी बनाउनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताउनुभएको छ । 

यहाँका सबै राजनितिक दलहरु, प्रदेश सरकार, यस प्रदेशका सांसदहरु सबै मिलेर हेटौंडालाई स्थायी राजधानी बनाउनुपर्ने उहाँले बताउनुभयो । पार्टीका नगरस्तरिय कार्यकर्ता भेलालाई संबोधन गर्दै उहाँले राजधानी सम्बन्धीको बिबादलाई अब अन्त्य गरेर स्थायी रुपमा तोक्नतिर लाग्नुपर्ने बताउनुभयो ।

स्थायी राजधानीका लागि सबैभन्दा उपयुक्त स्थान भनेको हेटौंडानै रहेको बताउँदै उहाँले भन्नुभयो–अरु ६ वटा प्रदेशको तुलनामा स्थायी राजधानी हेटौंडानै उपयुक्त छ । करिब सात घण्टाको यात्राबाट  तीन नंमबर प्रदेशको राजधानी हेटौंडामा आउन सकिन्छ । यसमा के समस्या छ र ?’ स्थायी राजधानीका लागि हेटौंडामा सबै पुर्बाधारहरु पर्याप्त रहेको र मध्यमाञ्चल बिकाश क्षेत्र हुँदा पनि क्षेत्रिय स्तरका कार्यालयहरु भएकाले यहाँनै राजधानी उपयुक्त भएको उहाँले बताउनुभयो । कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य मधु अधिकारीले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम राप्रपाका नगर अध्यक्ष गुरुप्रसाद सापकोटाको अध्यक्षतामा भएको हो ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!