क्रान्तिकारीद्वारा बुटवल बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तालाबन्दि

Posted on: 08 Apr, 2018

आभास पौडेल/ चैत्र २५ बुटवल | अखिल क्रान्तीकारी बुटवल इकाई कमिटिले क्याम्पस प्रसाशनको ज्यादती र अनियमिता बिरुद्ध आन्दोलन सुरु गरेको छ | आईतवार क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्दै संगठनले अनिश्चितकालिन आन्दोलनको घोषण गरेको हो । संगठनले प्रेस विज्ञप्ती मार्फत क्याम्पस प्रमुखको राजिनामा समेत मागेको छ । 

विभिन्न संकायको भर्ना बन्दको सुचना टासी नातावाद र कृपावादका आधारमा नियम विपरित नया भर्ना गरिएको भन्दै प्रेस विज्ञप्तीमा क्याम्पस प्रमुखको लाचारी प्रवृद्धीको अन्त्यको लागी आन्दोलन गरिएको क्याम्पस कमिटिका संहसंयोजक बिशाल पन्थीले बताए ।  संगठनसंग गरिएका पुराना संझौता समेत पुरा नभएको भन्दै संगठनले क्याम्पस प्रमुखलाई तत्काल क्याम्पसको हकहित र विद्यार्थीको सुविधालाई मध्यनजर गरेर अगाडी बढन् समेत निर्देशित गरेको छ ।

अखिल क्रान्तिकारीका निर्वतमान केन्द्रिय सदस्य विष्णु खत्री तथा टेकराज रेग्मीको सहभागीतामा भएको तालाबन्दी कार्यक्रममा क्याम्पस कमिटिका सहसंयोजक गणेस खनालको सम्बोधन रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!