कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा मानन्धर नियुक्त

Posted on: 11 Apr, 2018

चैत २८ सुर्खेत | कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता विद्याभूषण मानन्धर नियुक्त हुनुभएको छ । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिशमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले मानन्धरलाई आज मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो । 

मुख्यमन्त्रीको सिफारिशमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । उच्च अदालतका न्यायाधीश सरह मर्यादा र सुविधा पाउने मुख्य न्यायाधिवक्ताले प्रदेश सरकारको कानूनी सल्लाहकारका रुपमा काम गर्नुहुनेछ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!