पर्वतका स्थानीय तहका जनप्रतिनिधिहरु भाषणकला सिक्दै

Posted on: 13 Apr, 2018

चैत्र ३० पर्वत । स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरु यतिबेला सिक्दै छन् | कुश्मामा आयोजना भएको भाषणकला तालिममा उनीहरु बोल्ने सीपको विकास गरेका हुन्। जनताबाट चुनिए तर बोल्ने कला (भाषणकला)को विकास नहुदाँ असहज र समस्या भएको भन्दै जनप्रतिनिधिहरु भाषणकला तालिममार्फत आफूमा बोल्ने कलाको विकास गर्दै छन् ।


इन्टिच्युट अफ मल्टिपल टेक्नोलोजि एण्ड एजुकेशन(आइएमटिइ)ले आयोजना गरेको ९ दिने भाषणकला तालिममा सहभागी भएर भाषण गर्ने तरिका सिकेका जनप्रतिनिधिहरु पहिलेको तुलनामा आफू निकै सक्षम भएका छन् ।

घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख विष्णुप्रसाद न्यौपानेले भाषणकला तालिम निकै प्रभावकारी भएको बताए । 


संसार बोल्नेकै हातमा छ, जो बोल्छ उसैले जित्छ भन्ने सोचका साथ व्यक्तित्व विकासका लागि संचालन गरिएको तालिमबाट धेरै कुराहर सिकेको कार्यक्रममा सहभागीहरुले बताएका छन् । 

उक्त तालिममा कुश्मा नगरपालिकाका जनप्रतिनिधिहरु समेत सहभागी थिए । जनप्रतिनिधि भैसक्दा समेत आफूमा बोल्ने कलाको विकास नभएका कारण नागरिकसामु आफ्ना कुराहरु राख्न नसकेकोले पनि तालिममा सहभागी भएको जनप्रतिनिधिले बताए ।

कार्यक्रममा स्थानीय शान्ति समितिमा पूर्व संयोजक इश्वर पौडेल, कुश्मा नगरपालिका ७ का सदस्य बाबुराम सुवेदी, युवासंघ पर्वतका सदस्य नारायाण प्रसाद शर्मा, कृष्णप्रसाद रेग्मी, ट्राफिक प्रमुख महेन्द्र रानाभाट, लायन्स क्लब अफ कुश्मा सिटीका गोविन्दराज पुरी, संगित तथा इलेक्ट्रोनिक्स व्यवसायी संघका सदस्य प्रकाश गिरी, पर्वत स्टेशनरी व्यवसायी संघका अध्यक्ष रमेश प्रसाद पौडेल लगायतले आआफ्नो धारणा राखेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!