‘भाषण होइन, काम गरेर देखाउनुपर्छ’

Posted on: 16 Apr, 2018

बैसाख ३, अर्घाखांची | जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्माले राजनीति क्रान्ति र अधिकारको आन्दोलन सकिएकाले अब आर्थिक क्रान्ति गरेर मुलुकलाई सम्बृद्ध पार्ने बेला आएका बताउनुभएको छ। 

उनले सरकार, सांसद र जनप्रतिनिधि एकजुट भएर जिल्ला र गाउँको विकास गरेर देखाउनुपर्ने बताउनुभयो । रिपोर्टर्स क्लवले सन्धिखर्कमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै शर्माले विकास योजनाको बजेटमा पारदर्शी गरेर जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिनुभयो । अब भाषण गरेर मात्रै सम्बृद्धि हुँदैन, काम गरेर देखाउनुपर्छ, उहाले भन्नुभयो । अहिलेको सरकारलाई काम गरेर देखाउने ठुलो अवसर भएको भन्दै सरकार भत्काउने र बनाउने समस्या छैन, त्यसैले सम्बृद्धिको अभियानमा भाषण भन्दा पनि गरेर देखाउनुपर्ने बताउनुभएको छ । 


जिल्ला न्यायाधीश रामचन्द्र पौडेलले स्वतन्त्रता सहितको विकास र सम्बृद्धिले मात्रै देस विकसित राष्ट्र बन्ने बताउनुभएको छ । उहाले कानुनको पालना सबैले गरेर विकासका गतिविधि अगाडी बढाउनुपर्ने बताउनुभयो । सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले कृषि, पशुपालन, उत्पादनबाट नगरलाई सम्बृद्ध पार्न योजनाबद्ध रुपमा लागि परेको जानकारी दिनुभएको छ । नगर उपप्रमुख ठाकुर विकले पूर्वाधार विकास, कृषि, पर्यटन, उद्यमशील तालिम र विकासका काम गरेर नमुना नगर बनाउने काम भैरहेको बताउनुभयो । 

एमाले जिल्ला सचिव रामबहादुर चौहानले जिल्ला पशु, कृषि र उत्पादनमा संभावनाको खानी नै भएकाले यसलाई जनप्रतिनिधिले उपयोग गरेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा प्रहरी नायव उपरीक्षक एकनारायण कोइराला, सहप्रध्यापक मञ्जु घिमिरे, अन्तर पाटी महिला सञ्जालकी अध्यक्ष शुसिला गैरे, पत्रकार महासंघका अध्यक्ष हिम लेकाली लगायतले सम्बृद्धिको अभियानमा सबै सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रम क्लवका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता, विरेन्द्र केसीको स्वागत मन्तब्य र  गणेश खनालको सञ्चालनमा सम्पन्न भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!