'आमा, हजुरका छोरा कुन मन्त्री हो ?' जवाफ– 'कुन्तो वाय...'

Posted on: 20 Apr, 2018

प्रेम सुनार | वैशाख ७, गुल्मी | अलि वरसम्म मन्त्रीकै तामझाममा भए पनि घरको तहलोमा ओर्लेपछि उहि पहिलाकै गाउँले पारामा पेश भए हालै घर आएर फर्किएका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्ट । 

गाउँका शिक्षित मानिसहरु बाहेक गाउँका अधिकांस बुढापाकालाई विष्ट मन्त्री भए भन्ने मात्रै थाहा रहेछ तर कुन मन्त्री भन्ने कुरा भने थाहा रहेनछ ।

जेठाबा जेठीयाँ, ठुल्बा, ठुल्याँ,  जस्ता उहि टिपीकल वोली भाषा प्रयोग गर्दै सोध-पुछ र मान्यजनसँग आज्ञाकारी मुद्रामा पेश भएका मन्त्री बिष्ट आमाको कोखमा बस्दा त दुधे वालक जस्तै बने ।

त्यही बेलामा यस पंक्तिकारले सोध्यो–‘आमा, हजुरका छोरा के मन्त्री हुनुहुन्छ ?  आमाको जवाफ थियो–‘कुन्तो – (कुन्नी ) वाय.... ।  आमा छोरा सहित सवै गलल्ल हाँसे । 

पहिला पनि मन्त्री हुँदा काठमाण्डौ वस्न लगेका हुन्, यसपाली पनि मन्त्री भएको सुन्दा निकै हर्क ( हर्ष ) ला’छ तर के मन्त्री हुन् भन्ने त थाह छैन् बाय...... आमाको यस्तो जवाफ पछि यसरी हाँसे आमा छोरा: 



यस बिषयमा तपाइको प्रतिक्रिया...!