युवा आन्दोलन र युवा संघ नेपालको आगामी कार्यदिशा कस्तो ?

Posted on: 22 Apr, 2018

कृष्णहरि के.सी.

विगतको समिक्षा :

मानिस विश्व जतगको सर्व श्रेष्ठ प्राणी हो र मानिस स्वप्नदर्शी प्राणी पनि हो । आफू कसरी जिउने, आफू वसेको ठाउँको विकास उन्नती कसरी गर्ने र आगामी दिनमा कुन ठाउँमा पुग्ने भन्ने निश्चित योजना निर्माण गरेर उद्देश्य परिपूर्तिमा निरन्तर लागि पर्ने, सफलता भए नभएको हिसाब किताब गर्ने, कार्ययोजना र कार्य प्रगतिको मापन गर्ने प्राणी पनि मानिस नै हो । र सो अनुरुप आगामी दिनको योजना तर्जुमा गर्ने प्राणी पनि मानिस नै हो । त्यसभित्र पनि कम्युनिष्ट पार्टीका हामी कार्यकर्ता जो विज्ञानमा विश्वास गर्छ, जो तथ्यभित्र सत्य खोज्छ । उसले विगतका हरेक गतिविधीबाट पाठ त सिक्नै पर्छ । तसर्थ हामीले गर्ने समिक्षाले भविष्यको योजना निर्माण गर्न समेत सहयोग पुगोस । समीक्षा गर्ने विषय भनेको आफूलाई मापन गर्ने विधि पनि हो ।

हामीले बनाएका योजनाहरु कति व्यवहारिक थिए, कति गर्न सकिने खालका थिए र कति पूरा भए भन्ने विषयको ज्ञान गराउने एक माध्यम नै वास्तवमा समीक्षा हो । युवा संघ नेपालको कार्ययोजनालाई समीक्षा गर्दा हाम्रा लक्ष्यहरु, उद्देश्यहरु बैज्ञानिक थिए कि थिएनन् ? लक्ष्य र उद्देश्य पुर्ति गर्ने कार्ययोजनाहरु कस्ता बने र ती कार्य योजनाहरु पुरा गर्न सकिने खालका थिए किन थिएनन् ? कति पुरा भए, कति पुरा गर्न बाँकी भए ? कमिटी प्रणाली कतिको चलायमान भयो, सिर्जनतात्मकता, रचनात्मकता र क्रियाशिलताको विषयमाा यो कार्यकाल कस्तो रह्यो ? त्यसको लेखा जोखा गर्ने काम वस्तवमा समिक्षा हो । हामीले विगतको निर्ममतापूर्वक समीक्षा गर्ने गरेका छौं, गल्ती कमजोरीलाई औल्याएकाछौं, सच्याएकाछौं, र निरन्तर अगाडि बढिरहेका छौं जसका कारण नै हामी यो अवस्थामा छौं ।

युवा संघको यस कार्यकालको सामान्य समिक्षा बुदाँगत रुपमा यसरी गर्न सकिन्छ ।

१. आठौं महाधिवेशन नीतिको होइन नेताको

संघको आठौं महाधिवेशन वुटवलमा पार्टीका तत्कालिन श्रद्धेय अध्यक्ष क. झलनाथ खनालले वडो तामझामका वीच लाखौं युवाहरुको खुला सभाको बीचमा उद्घाटन गर्नुभएको थियो । संघ आठौं महाधिवेशनमा आम युवाहरुले ठूलो आशा अपेक्षा गरेका थिए । आठौं महाधिवेशनको कोशेलीको पोको देशैभरि बाड्ने, आम युवाहरुमा जोश जाँगर र उत्साह पैदा गर्ने र राजनीतिको नयाँ अध्याय शुरु गर्ने अभिरुचिका साथ महाधिवेशनलाई आम युवाहरुले हेरिरहेका थिए । तर आठौं महाधिवेशनमा जुन उत्साहका साथ हेरिएको थियो, जुन अपेक्षा थियो जसरी उद्घाटनको रौनक थियो त्यस प्रकारले समापन गर्न सकिएन ।

महाधिवेशनमा न राजनैतिक छलफल भयो, न सांगठनिक छलफल भयो न नयाँ योजना संकल्प र लक्ष्य नै बने । त्यहाँ त केवल कसलाई नेता वनाउने, कसरी आफु र आफ्नो गुट स्थापित गर्ने कसरी जिताउने कसरी हराउने भन्ने विषयले मात्रै प्रधानता पायो । जित्ने उत्साहमा आयो हार्ने निराशामा गयो । उत्साहित हुनेसँग पनि न कुनै कोसेली थियो, न त निराश हुनेलाई कुनै चिनो नै । चुनावी मैदानमा जाँदा हारजित स्वाभाविक हो । नीतिगत छलफबाट नीति योजना र कार्यक्रम पास गरिएको भए त्यसमा दुवै पक्षले सन्तुष्टि लिने मौका मिल्थ्यो । किनकी त्यस नीति योजना कार्यक्रममा उसको पनि स्वामित्व हुन्थ्यो । महाधिवेशन संगठनलाई गतिशिल, जुझारु बनाउने माध्यम हो भने विगतको समिक्षा गर्ने, भावी कार्ययोजना वनाउने र नेतृत्व छनौट गर्ने महत्वपूर्ण थलो हो । जहाँ नीतिमा छलफल भएन केवल नेतृत्वको विषयमा मात्र सोचियो ।

२. हरेक बैठक उद्देश्यमुताविक भएन, सन्देश राम्रो गएन 

बैठक संगठनको उद्देश्य र कार्यक्रमलाई सफलिभूत बनाउन सेतुको भूमिका निर्वाह गर्ने माध्यम हो । संगठनलाई उद्देश्यपूर्ति गर्न गतिशिल बनाउने प्रक्रिया भनेको बैठक हो । बैठक संगठनको योजनाको मूल्यांकन गर्ने र थप योजना निर्माण गर्ने थलो पनि हो । बैठक संगठनको कामको बैधानिकता दिने प्रथम खुड्किला हो भने गतिविधी सञ्चालनको मार्गदर्शक पनि हो । संगठनको कामलाई सहजीकरण गर्ने र विधान बमोजिम कमिटीलाई मार्गदर्शन गर्ने हतियार पनि बैठक नै हो । वैठक एउटा उर्जा प्रदान गर्ने थलो हो एक प्रकारले भन्दा रिचार्ज गर्ने थलो हो । हाम्रो संगठनको हरेक बैठकले हामीलाई उर्जा प्रदान गर्नपर्दछ, योजना निर्माण गर्नुपर्दछ र लक्ष्यलाई सफलीभूत बनाउने निर्णयहरु गर्नुपर्दछ । संघको विधानमा केन्द्रीय कमिटीको बैठक प्रत्येक ४/४ महिनामा हुनैपर्दछ । तर हाम्रा बैठकहरु न विधान अनुसार नै बसे न त कुनै उर्जा भर्ने, उत्साह दिने र कोसेली वनाउने खालका नै भए । प्रत्येक वैठक कोलाहालको, निराशाको, कुण्ठाको र दम्भको प्रदर्शन गर्ने थलो बन्यो ।

हामीले विधान अधिवेशन गर्यौं तर त्यसलाई पढेनौं र लागू पनि गरेनौं । विधानले युवा संघका कार्यकर्ताले राजनीतिलाई पेशा भन्न पाउने छैन भनेर भन्ने तर कसरी व्यवसायमा उद्योगमा र सीप विकासमा लाग्ने भन्ने विषय दिन सकेनौंं तर पनि हामी खोक्न छोडिरहेका छैनौं । युवा संघको इमान्दार प्रयन्तले कति हजार युवा श्रममा लागे, पेशामा लागे ? हामीले पेशा गर्ने आधार र वाटो देखाउने तय गर्ने हो कि जसले जसरी पेशा व्यवसाय गरीरहेको छ त्यसैलाई मात्र संगठीत गर्ने भनेका हौं ?

हामीले दलाल पुँजीवादको विरोध गरीरहेका छौं तर व्यवहारमा त्यसैलाई नै टेवा त पुर्याउने कार्य त भइरहेको छैन ? ख्याल गरेको खोइ ? जसरी पनि पैसा कमाउने हो कि यसरी यसरी भनेर तरिका सिकाउने हो ?, अभियान चलाउने हो ?

बुटवलदेखि अहिले सम्मको संघको मूल छलफल भनेको कसलाई कुन जिम्मेवारी दिने, कसलाई कसरी ठेगान लगाउने, मनोनयन र बिदाई कै विषय मात्र बनेको देखिन्छ । संघलाई कस्तो वनाउने, समाजलाई कता लैजाने र कसरी लैजाने, त्यतातिर डो¥याउने ताकत को को संग छ, त्यसको सारथी को वन्न सक्छ, त्यो वाटाका अफ्ठेराहरु के के हुन सक्छन्, अध्यारो उज्यालोको सामाना कसरी गर्ने, पानी पर्दा छाता, अध्याँरोमा पुल्ठो, भोक लाग्दा सारदम कस्तो, कसरी र कसले लैजाने जस्ता विषय मुल विषय वन्नु पर्ने हो कि होइन ? यसको छलफलबाट मूल नेतृत्व किन भागीरेको छ ? कि लक्ष्य र वाटो नै थाहा नभएको हो ?

३. कार्यक्रम के हो ? बुझाइएन, लक्ष्यमा कार्यक्रम गरिएन 

कार्यक्रम भनेको संगठनले लिएको लक्ष्यको आधारमा जनताका बीचमा गरिने गतिविधी हो । जसलाई दुई भागमा वाडेर हेर्ने गरिन्छ । १. कार्यनीति र २ रणनीति । कार्यनीति तुरुन्त लागू गरिन्छ रणनीति पछि लागू हुन्छ । कार्यनीतिले रणनीतिलाई सहयोग र सेवा गरिरहनु पर्दछ । वास्तवमा कार्यनीति र रणनीति दुवैको भेटघाट नै कार्यक्रम हो । तर हाम्रो संघले वुटलव माहाधिवेशन देखि हालसम्म युवा समुदाय र राष्ट्रमा सकारात्मक प्रभाव र माहौल सिर्जना गर्ने खालको कार्यक्रमहरु वनाउन सकेन । जुन एउटा क्रान्तिकारी संगठनको लागि सुहाउने विषय होइन । पार्टीले दलालपूँजीवादको विरोध र भण्डाफोर गर्दै राष्ट्रिय पुँजीको विकास गर्दै समाजवाद स्थापना गर्ने भनेको छ ।

संविधानले पनि समाजवादलाई लक्ष्य वनाएको छ भने त्यो समााजवाद कस्तो हो ? त्यसको प्रारम्भिक चरण कस्तो हुन्छ ? त्यो समाजवादको आधारभूत कामहरु के– के हुन् । त्यसको कार्यनीतक र रणनीतिक योजनाहरु के–के हुन ? कुनै छलफल र कार्यक्रम वनाइएन । युवामा देखिएको वेरोजगारी, शिक्षामा सीप जोड्ने सवाल, वहुप्राविधिक शिक्षाको चेतना लगाएत आम सरोकारको क्षेत्रमा कुनै चासो राखिएन । संगठनलाई राम्राहरुको संगम केन्द्रभन्दा पनि आफ्नाहरुको भर्तिकेन्द्रमा रुपान्तरण गरियो ।

४.पाएन विभागले पूर्णता, कमिटीको भएन सक्रियता

संगठनको कामलाई चुस्त, दुरुस्त र वैज्ञानिक तवरले सञ्चालन गर्न र जिम्मेवारीलाई शक्ति विन्यासको सिद्धान्तका आधारमा प्रत्येक सदस्यलाई जिम्मेवारी वोधका साथ कामको परिभाषित क्षेत्रमा प्रतिफल आउने गरि कार्यविभाजनको रुपमा विभागहरु वनाइएका हुन्छन् र त्यसै अनुरुप जिम्मेवारी वाडिएको हुन्छ । तर यो तरिका नअपनाई कुन विभाग मालदार, शक्तिशाली र हाउगुजी देखाउन सकिन्छ त्यो त्यो छानेर जिम्मा लिने अनि कमजोर ठानीएको विभाग अल्ममतलाई दिने पुरानो शैलीको भद्दा नमुना यस कार्यकाले प्रदर्शन ग¥यो । युवाहरुको वीचमा योजना अनुसन्धान विभाग, विज्ञान तथा प्रविधी विभाग, शैक्षिक विभाग जस्ता विभागहरुको रोजाइका विभाग वन्नु पर्नेमा त्यसो हुन सकेन । विभाग वनाइयो तर ३ वर्षसम्म पनि विभागले पुर्णता पाउन सकेन । खासमा भन्ने हो भने उद्देश्यमा आधारीत कुनै पनि विभागले वैठक राख्न सकेको छैन । सक्रिय रहेका विभाग पनि केवल कर्मकाण्डी छन् ।

५.सांगठनिक काममा मन्दता–प्रचारमा स्वछन्दता

युवा संघ नेपाल निश्चित उद्देश्य, मूल्य मान्यता र सिद्धान्तमा स्थापित संगठन हो । जुन मर्मलाई वोक्न सक्ने, हाक्न सक्ने र नेतृत्व दिन सक्ने संगठन निर्माण यसको मूलभूत कार्य हो । परिस्थितिलाई वुझ्न सक्ने, फेर्न सक्ने र संसारलाई नै वदल्न सक्ने ताकत पनि सचेत संगठित समुह संग हुन्छ । युवा संघको शक्तिको रुप भनेको संगठन हो । समाजलाई अगुवाई गर्ने, मार्गदर्शन दिने काम संगिठत नेता कार्यकर्ताले र उसको व्यहारले प्रदर्शित गरिरहेको हुन्छ । यस प्रकारको प्रभाव छोड्ने संगठन निर्माण गर्नुपर्ने पक्षमा हाम्रो ध्यान जान सकेन । केन्द्रीय महाधिवेशन, प्रादेशिक संगठन कमिटी, जिल्ला कमिटीहरुको गठन पुनःगठन तथा भेला अधिवेशन विधानको समयसीमा भित्र हुन सकिरहेको छैन । युवा परिषदको गठन र भेला, राष्ट्रिय कार्यकर्ता भेला र विधान सम्मेलन गर्न नसक्नु विडम्वनाको विषय हो । विधान सम्मेलनको जननीको रुपमा स्थापित युवा संघ स्वयंले विधान सम्मेलन गर्न नसक्नु अनौठो भएको छ ।

संगठनको महत्वपूर्ण सिद्धान्त जनवादी केन्द्र्रीयता र लोकतान्त्रिक अभ्यास हो तर त्यसको सदैव खिल्ली उडाइदै छ । यो पाराले हामीले लोकतान्त्रिक समाजको नेतृत्व र लोकतन्त्रको संस्कार कसरी सिकाउन सक्छौं ? आज अधिकांश जिल्ला कमिटीहरु आयोजकदेखि आयोजक कमिटीको रुपमा सञ्चालनमा रहेको छ । लेवी तिरेपनि हुने तरिने पनि हुने, लेवी केन्द्रमा किन वुझाउने, त्यसको सदुपयोगिताको पारदर्शिताको विषयवस्तु सदैव ओझेल पर्नु, सक्नेले गर नसक्ने मर, जसको पहुज छ ऊ स्थापित वन, नेताको वरीपरि घुम्दामात्र पदमा पुगिन्छ भन्ने सँस्कृति नै वन्ला भन्ने डर लागिसकेको छ । पुरस्कार र दण्डको व्यवस्था नहनु, आफ्नाले पादे पनि वसाउने अर्काले पुष्पगुच्छा दिए पनि गन्हाउने चलन व्यापक वन्दै गएको छ जुन खेदजनक छ । जन्मदिनको व्यापक प्रचार गर्नु, तडक भडकलाई प्रोत्साहन दिनु, कामरेडी शैली भन्दा पनि दाई हजुर शैलिले प्रोत्साहन पाउनु दुखद छ । चुनाव केन्द्रीत कुनै योजना नवनाउनु, पार्टीको केवल पिछलग्गु संगठनमा रुपान्तरण हुनु प्रगतिशिल संगठनलाई सुहाउने विषय होइन ।

६. प्रशिक्षण भएन गुटवन्दीले छोडेन 

कुनैपनि क्रान्तिकारी संगठनको महत्वपूर्ण हतियार भनेको विचार हो । विचारधारा सहि छ भने नभएका चिजहरु पनि प्राप्त गर्न सकिन्छ यदि विचारधारा नै गलत छ भने भएका चिज पनि गुम्दछ । पुर्विय दर्शनमा एउटा भनाई नै छ कि अन्जानमा गरेको गल्तिको पाप लाग्दैन तर जानाजानी गरेको गल्ति अक्षेम्य हुन्छ । विचार निर्माण भन्ने कुरा झ्वाट्ट केवल कसैको मुखवाट, कितावबाट आउने कुरा होइन । जन्मिदै कोही माक्र्सवादी हुदैनन् वा माक्र्सवादको ज्ञाता भएर जन्मिदैनन् । हामीले धेरै माक्र्सवादीहरु जन्माउनु पर्छ जुन दायित्व र कर्तव्य युवा संघको हो । युवा संघ हरेक कार्यकर्ताको पाठशाला वन्न सक्नु पर्दछ । तर त्यसो हुन सकिरहेको छैन । प्रशिक्षण पनि केवल कर्मकाण्डी तवरले हुने गरेको छ । अझ युवा संघ कै आयोजनामा केन्द्रीय कमिटीलाई प्रशिक्षण सञ्चालन गरिएको छैन । विचार निर्माणको क्षेत्रमा युवा संघ निर्जिव भएको छ । अव यसलाई सजिवता प्रदान गर्नुपर्दछ । हाम्रा कार्यक्रम, कार्ययोजना, कार्यशैलि कस्तो हुनु पर्दछ र अहिले कस्तो छ भन्ने विषय प्रशिक्षणले प्रदान गर्ने हो । गुट कस्तो हुन्छ ? गुट किन चाहिन्छ ? पार्टी किन चाहिन्छ ? भन्ने विषय पनि विचारधारासँग जोडिनु पर्नेमा दाईसँग, नातागोता पद प्रतिष्ठासँग जोडिएर गुट वन्दा त्यसको सौन्दर्यताको पनि अन्त्य भएको छ । गुण र दोसका आधारमा समर्थन र विरोध गर्न नसक्दा गुट होइन त्यसमा ट हटेर गु मात्र रहन पुगेको छ । तसर्थ त्यो धेरै दुर्गन्धित भएको छ । आलोचक कार्यकर्तालाई होइन हनुमान शैलिलाई रुचाउनु र अपनाउनु, रचनात्मकता हराउदै जानु रेडिमेड धारणा विकास गर्नु नै विशेषता वन्दै गएको छ । विचारको नेता होइन, केवल झुण्डको र व्यक्तिको नेता वन्ने प्रवृति हावी भयो ।

७. युवाका एजेण्डा विलाए, गणेश प्रवृति मौलाए 

परिस्थिति बदलिएको छ, एजेण्डा बदलिएको छ, समय वदलिएको छ तर हाम्रा तौरतरिका र शैलि उही पुरानो नै छ । २००० सालको वरीपरीमा समाजमा जुन कथा विक्थ्यो त्यहि कथा आज पनि उत्तिकै विकीरहेको छ । लक्ष्मीप्रसाद देवकोटाको मुनामदन अझै सान्दर्भिक वन्दै गएको छ । त्यतिवेरको मुनामदन अहिले उही कथामा सुन साइली सुन साईलीको रुपमा विकी रहेको छ । युवा संघले त्यो नयाँ नयाँ कथाको सिर्जना गर्ने नीति ल्याउनु पर्ने भएको छ । जुन कार्यको लागि परिस्थिति वदलीए पछिको कार्यक्रम र कार्यशैलि पनि वदल्न सक्नु पर्दछ । नेतृत्व निर्माणको सवालमा, विदेशिएका युवाहरुको सवालमा, सीप विकास तथा तालिमको सवालमा, उद्यमशिलता र राष्ट्रिय पुँजी निर्माणको सवालमा युवा संघको मौलिक एजेण्डा कडाईका साथ प्रस्तुत हुन नसक्नु आश्चार्यजनक छ । देशमा काम गर्न सकिने, सम्भावना राम्र्रो, उद्यमशिलता विकास भएको, विकसित राष्ट्रतर्फ अग्रसर भएको, धेरै कलकारखाना, उद्योग तथा उद्यमहरु चलेको कथा कहिले वनाउने हो । युवालाई गर्न सकिन्छ र सम्भव छ भनेर सपना कहिले र कसले भर्ने हो ? यी विषयमा घोत्लियो भने ओभर जान्ने (ओजी) भयो भन्ने अनि हजुरले जे भन्नुभो सोही ठीक भन्ने गोजीको मान्छे खोजीन्छ यो भन्दा दुःखद विषय अर्को के हुन सक्छ ?

८. सामाजिक न्यायका काम देखिएन युवा संघको प्रभाव भेटिएन

भष्ट्रचार संस्कृतिको रुपमा विकास हुदैछ । जस्तो मन्दिरको पुजारी देखि गाडीको खलासी सम्म, वडा अध्यक्षदेखि प्रधानमन्त्रीसम्म, पियनदेखि मूख्यसचिवसम्म, न्यायलय, शिक्षा, स्वास्थ्य, निर्वाचन, वार, पत्राकार, व्यक्ति परिवार र घरभित्र समेत भष्ट्राचारको संस्कृति मौलाइ रहेको छ । तर यसको हामीले प्रतिरोध तथा भण्डाफोर गर्न सकिएको छैन् । हामीले सदैव चोर औला ठडाउदा चार ओटा औलाहरुले आफैतिर गिज्याइरहेको जसरी संगठनभित्रको पारदर्शिता पनि हुन सकिरहेको छैन । यसको नियमित आयश्रोत के हो ? कसरी कसरी कुन कुन शीर्षकमा खर्च भैरहेको हुन्छ त्यसको फेहरिस्त संगठनको सम्पति वन्न सकिरहेको छैन् । र उक्त विषय कमिटीको सर्व स्वीकार्य भएको छैन । यो पनि दयनीय पाटोको विषय हो । समाजमा भएका दैननीदिनका भष्ट्रचारजन्य कार्यको निर्मूलिकरणको लागि स्थानीय जनप्रतिनीधि मार्फत विशेष अभियान नै चलाउनु पर्ने भएको छ ।

यो कार्यकालको दौडानमा राष्ट्रमा भयंकर ठूलो दैविक तथा प्राकृतिक विपत्ती आइलाग्यो । महाभुकम्प र तराइको महा डुवानमा पनि हामीले हाम्रो संगठनको सञ्जाल र पूर्ण क्षमताको भरपुर सदुपयोग गर्न सकेनौं । कुनै संगठनको साथ नभएको वैचारिक धरातलमा नअडिएका धुर्मुस सुन्तलिले गरेको वरावरको काम पनि युवा संघ नेपालले समाजमा देखिने र प्रभाव छोड्ने गरी योगदान गर्न नसक्नु हाम्रो कमजोरी हो । तथापि त्यस विपतको घडिमा सवैभन्दा अग्रभागमा उभिनु जनताको वीचमा रहनु सकारात्मक पक्ष हो । गरीएको काममा पनि हनुमानगिरी चम्चागिरी र एकपक्षिय दादागिरीको रुपमा मिडियामा प्रचारवाजी गरिनु र डक्युमेन्ट्री वनाउदा पनि आसेपासेलाई मात्र फ्रन्ट साइटमा ल्याइनु दुर्भाग्यपूर्ण अवस्था हो । युवा संघले प्राकृतिक विपत्तिमा ठूलै योगदान गरेको हो तर व्यवस्थित योजना नहुदा जनताका माझमा गहिरो प्रभाव र सामाजिक रुपमा महत्वपूर्ण छवि बनाउन सकेन ।

९. जवजको प्रचार भएन, विश्वमा प्रभाव परेन

जनताको वहुदलीय जनवाद माक्र्सवादको सिर्जनात्मक प्रयोगको सिद्धान्त हो । लोकतान्त्रिक विधीबाट समाजको प्रगतिशिल रुपान्तरण गर्ने सिद्धान्त नै जनताको वहुदलीय जनवाद हो । जुन समाजवाद निर्माण गर्ने महत्वपूर्ण सिद्धान्त हो । जुन सिद्धान्तको जन्म नै विश्व कम्युनिष्टहरुमा निराशा छाएको वेलामा आशा, उर्जा र उत्साह भर्ने गरी भएको हो । परम्परागत भद्दा शैलिको ठाउ“मा मौलिकताको आधारमा क्रान्तिको बाटो यो पनि हुन सक्छ भन्ने सकारात्मक विकल्प हो जवज । यो महत्वपूर्ण सिद्धान्तको रक्षा, प्रयोग, विकास र प्रचारमा युवा संघले खास चासो राखेको देखिदैन । जुन विचारलाई विश्व प्रजातान्त्रिक युवा संघको पनि मार्गदर्शन वनाउन पहल र प्रयत्न गर्नबाट संघ चुकीरहेको छ । जवजलाई अन्य देशका कम्युनिष्टहरुले पनि आफ्न पार्टीको पाठ्यक्रममा समावेश गर्न हामीले पहल गर्नुपर्दछ । विश्व प्रजातान्त्रिक युवा संघको एक महत्वपूर्ण अंगको रुपमा युवा संघ नेपाल रहेको छ । तर यसको भरपूर सदुपयोग गर्न सकेन । नेतृत्वको लागि अन्य राष्ट्रसँग सारगर्भिक वार्तालाभ गर्नबाट चुक्यो ।

१०. कार्यालय – कार्यालय जस्तो भएन, सदस्य कार्यालय गएन 

कार्यालय एक पटक पुग्नै पर्ने थलोको रुपमा विकास गर्न सकिएन । कार्यालयमा परिभाषित कामको जिम्मेवारी देखिएन । संगठनको रेकर्ड, सदस्यको रेकर्ड, सदस्यता नम्बर, प्रवेशको रेकर्ड, जिम्मेवारी प्रदान गर्नुपर्ने क्षेत्र, समेटिनु पर्ने युवाको क्षेत्र, युवाहरु पलायन हुनाको कारणको खोजि, नेपालमा युवाहरु समावेश भएका क्षेत्र, युवा संघको पहुँच भएका र नभएका क्षेत्रहरुको फेहरिस्त संघको कार्यालयमा पाउनु पर्ने हो तर अझै पनि कार्यालय परम्परागत शैलिमा चलेको छ । कार्यालय सुचना केन्द्र, लाइव्रेरी र पाठाशाला जस्तो वन्नु पर्ने, कार्यलय पुग्दा धेरै कुराको ज्ञान हासिल हुन्छ भन्ने वोध गराउने गरी कार्यालय सञ्चलन हुन सकेन । आइटीको जमानामा पनि त्यसको भरपूर उपयोग गर्न सकिएन ।

११. पार्टी, समाज र राष्ट्रमा घ्टयो वार्गेनिङ्ग क्षमता, देखाइएन कुनै अग्रसरता 

संगठन निर्माणको विषय कहिल्यै प्रधानता नवन्दा संघको गरिमामा दिनप्रतिदिन क्षयीकरण भइहरहेको छ । पार्टी, राज्यसत्ता, र समाजमा युवा संघको वार्गेनिङ्ग क्षमता घटीरहेकोमा संघको नेतृत्व जिम्मेवार नरहनु यस कार्यकालको अत्यन्त कमजोर पक्ष रहेको छ । यस कार्यकालको अवधीमा संविधान सभाको दोस्रो निर्वाचन, पार्टीको नवौं महाधिवेशन र स्थानीय तहको दुइ चरण निर्वाचन भएको छ । संविधान सभावाट संविधान निर्माण भएको छ तर ती ठाउँहरुमा युवा संघको दरिलो उपस्थिति प्रभाव र पहलकदमी देखिन सकेन । त्यसो हुनुको कारण हामीले अव समिक्षा गर्नैपर्छ र अव अगाडि वढ्नै पर्दछ । युवा संघ नेपालको स्थापनाको अवधिदेखि अहिलेसम्मको अवस्था हेर्दा निरन्तर रुपमा युवा संघको भूमिकालाई कमजोर पारिएको छ । शुरुवाति अवस्थामा २०४८ को आम निर्वाचनमा ४६ जना, २०५६ मा २६ जना, पहिलो संविधान सभाको निर्वाचन २०६४मा अति न्युन र २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा जम्मा ४ जना त्यसमा प्रत्यक्षमा २ र समानुपातिकमा २ जना मात्रै उम्मेदवारी वनाएको देखिन्छ । त्यसमा पनि युव संघका कुनैपनि प्रतिनिधीलाई विजयी वनाउन सकिएन । यो विषय गम्भिर हो । त्यसैगरी संघको अध्यक्ष पार्टीको केन्द्रीय महाधिवेशनमा पराजित हुनु दुर्भाग्यपूर्ण अवस्था समेत हो ।

राष्ट्रिय युवा परिषद बन्यो तर त्यसमा युवा संघको हस्तक्षेपकारी या नेतृत्वदायी भूमिका रहन सकेन । जसको नाउँमा गोठ बनायो उसैको पुच्छर बाहिर भने जस्तै भयो । युवा संघको माग नारा र कार्यक्रमको रुपमा रहेको युवा परिषदमा युवा संघ नै यसको नेता हो, यसले मात्र युवा परिषदको नेतृत्व गर्न सक्छ भन्ने प्रभाव छोड्न सकिएन । यसरी युवा संघ प्रतिको विकर्षण के कारणले भएको हो भनेर समिक्षा गर्दा एकै भाषामा भन्न सकिन्छ कि संगठन निर्माण गर्नमा चुक्नु हो । व्यक्तिगत स्वार्थलाई सर्वोपरी ठान्ने, पद प्राप्तीलाई मात्र सम्मान ठान्ने प्रवृतिले गर्दा धेरै विभागहरु वने तर विभागीय गतिविधी पनि केवल कर्मकाण्डीमा रुपान्तरण भयो ।

१२. भएन आर्थिक पारदर्शिता, देखिएन दुरदर्शिता

युवा संघ नेपालको नियमित आर्थिक श्रोत के हो ? नियमित लेवी कसले कसरी र कुन कुन समयमा वुझाउने हो ? नियमित आइरहने आर्थिक स्रोतका क्षेत्रहरु के के हुन सक्दछन् ? आगामी दिनमा युवा संघको कार्यालय कस्तो ? कार्यालयमा रहने नियमित कर्मचारी कति ? तिनको भरणपोषको वारेमा के कसरी सञ्चालन गर्ने ? भन्ने विषयवस्तु कहिले पनि वैठकका एजेण्डा वनेन् । पूर्णकालिन सदस्यलाई पार्टीले मासिक रुपमा दिने पारिश्रमिक अवस्था के छ, कसले कसरी उपयोग गरेको छ ? युवा संघमा चन्दा कति उठे, त्यसको परिचालन कहाँ कहाँ कसरी भयो ? लेखा परीक्षण लगाएतको कार्यमा पारदर्शितामा चुकेको देखिन्छ । लेखा आयोगको भरपूर सदुपयोग गर्न सकेन । चन्दा उठाउने संस्कृतिकै एउटा भद्दा रुपको प्रतिलिपी हुनु बाहेक आर्थिक क्षेत्रमा कुनै नयाँ सिर्जनात्मक खोजी गरिएन ।

१३. निरन्तरको वैचारिक पैरवी र खवरदारी, नेतृत्वले देखाएन जिम्मेवारी 

युवा संघ नेपाललाई कस्तो वनाउने ? यसको स्थापनाका उद्देश्य के–के हुन् ? कति सफलता भए ? आगामी कार्यभार के के हुन् ? कस्तो संगठन कस्ता नेता कार्यकर्ता र कस्तो समाज भन्ने विषयमा दृष्टिकोण निर्माण गर्ने पक्षमा अल्पमतको निरन्तरको खवरदारी र वैचारिक पैरवीलाई बहुमतले वास्ता नगर्दा संघको अवस्था कमजोर भएको छ । साँगठनीक कुशलता, वैचारिक क्षमतालाई आधार मान्नुभन्दापनि गुट, आफ्नो मान्छे र एस म्यानको भर्तिकेन्द्रको रुपमा विभागिय पुर्णतालाई आधार मानियो । संघको आठौं महाधिवेशन पछि संगठनात्मक हिसावले वेमेल, अन्योल, गुटवन्दी र तानातानको अवस्था रहीआएको छ । एक पक्षमा वहुमतको दम्भ सदैव रही रहनु नै संगठनात्मक धरासायी पनाको अवस्था हो । भने अर्को पक्षको भने निरन्तर विधि विधान र नीति सिद्धान्तलाई सर्वोपरी मान्ने अठोटका साथ आफ्नै भित्रका साथीसँग निरन्तर संंघर्षको मैदानमा रही कार्यकाल गुजार्नु पर्यो । हामीले संगठनको गति चाह्यौं, नेतृत्वले केवल चाकडी चाह्यो । हामीले भावी नीति, नेतृत्व र संगठनको छलफल चाह्यौं, नेतृत्वले जालझेल, षडयन्त्र र तिकडममा नै रमाउन चाह्यो । हामीले विधी र नीति स्थापित गर्न चाह्यौं, नेतृत्वले व्यक्ति र गुट स्थापित गर्न चाह्यो । यस विषयमा हाम्रो शुरुवातदेखिको गम्भिर असहमति रहदै आयो र त्यस विषय टुङ्गोमा पुगेको छैन् । र हाम्रो वैचारिक संघर्ष जारी छ । हामी किन्चित पनि थाकेका छैनौं । हामीलाई थाहा छ समुन्नत समाज नै हाम्रो लक्ष्य हो तर त्यो लक्ष्य प्राप्त गर्न समुन्नत संगठन, विचार र पद्धति हुनु पर्दछ । वैरीहरुसँग, गरिवीसँग, र विभेदसँग लड्ने साझा अठोटलाई किनारा लगाउदै केवल हामीहरुलाई अल्पमतको नाममा किनारा लगाउने अवसरवादी अभियान मात्रै चलाइयो । जुन अवसरवादको विरुद्ध हामीले गर्वका साथ लड्दै र जित्दै आएका छौं । विश्व कम्युनिष्ट पार्टी पनि इतिहास हेर्दा कमरेड लेनिनको जिवन पनि त्यही अवसरवाद र अवसरवादी विरुद्धको संझौताहिन संघर्षमा व्यतित गरेको पाईन्छ ।

कमरेड लेनिनले इनेस्सा आर्मेण्डलाई सन् १९१६ डिसेम्वर १६ मा एक पत्र लेख्दै भनेका थिए कि मेरो भाग्य यस्तै रहेछ– राजनीतिक मुर्खता, अश्लिलता र अवसरवाद विरुद्ध एक पछि अर्को जुझारु अभियानको नेतृत्व । सन् १८९३ देखि यस्तो अभियान चलाइयो त्यसको फलस्वरुप वेवकुफहरुको घृण वेहोर्नु पर्यो । तर म ती वेवकुफसँग केवल शान्ति कायम गर्नकै लागि भनेर त्यो शुद्धिकरणको पवित्र काम छोड्दिन । हो आज हामीले पानि सत्य वोल्दा कसैबाट घृणा हुन्छ भने पनि स्वीकार्न सक्छौं, वेवकुफको प्यारा नवने पनि असली जनताको असली साथी वन्ने अभियान छोडिने छैन । हामीलाई हार वरु स्वीकार्य छ तर संगठनको क्षयीकरण, प्रभावको न्युनिकरण र समाज रुपमान्तरणको नारामा स्खलन स्वीकार्य छैन । समाजको अग्रगति, प्रगति र कार्यकर्ताको क्रान्तिकारी पना हाम्रो अठोट हो ।


अब के गर्ने ? अबको बाटो कस्तो ?

युवा आन्दोलनको नाम हो, परिवर्तनको संवाहक हो, विद्रोहको जननी हो, समृद्धिको आधार हो, गतिशिलताको पर्याय हो । युवा जाग्दा संसार दौडिन्छ युवा निदाउदा संसार स्थीर रहन्छ । युवा स्वप्नदर्शि हो, आशावादी हो । तर नेपालको वर्तमानमा हाम्रो व्यवहारले धेरै युवाले सपना देख्न छोडिसके, देखिहाले पनि युवाको जस्तो हैन अरु कसैको जस्तो । अव हामीले युवालाई सपना देख्न सक्ने वनाउनु पर्छ । हुन्छ, सम्भव छ र गर्न सकिन्छ अनि गर्नुपर्छ गर्ने हामीले हो र यसरी गर्दा हुन्छ भन्ने भविष्यप्रतिको दिरिलो विश्वास र आशा जगाउनु छ । यो नै समाज विकासको महत्वपूर्ण आधार हो । तर नीति निर्माण गर्ने र नीतिलाई कार्यान्वयन गर्ने थलो राजनीतिमा भने अझै युवाहरुको आकर्षण बढ्न सकिरहेको छैन । सहि नेतृत्वको अभावले आजको युवाको आकर्षण सादगी र आदर्शमा होइन, पद पैसा व्यक्तिगत नाम प्राप्तीमा बढिरहेको छ । वर्तमानमा रमाउने तर भविष्यको ख्याल नगर्ने संस्कृति वन्दै गइरहेको छ । अव यसलाई वदल्नै पर्दछ । यसो हुनाको कारण राजनैतिक परिवर्तन सँगसँगै सामाजिक परिवर्तन हुन नसक्नु रहेको छ । जस्तो कि ग्याँस सिलिण्डर किनियो तर चुल्हो चाहीँ इस्टोभ नै रह्यो । पोल गाडियो, वत्ति जडान गरियो तार जडान पनि गरियो तर करेण्ट प्रभाह गरिएन ।

तसर्थ , अब हामीले निम्न सवालहरुमा जोडदिनु पर्दछ । जस अन्तरगत आन्तरिक र वाह्य गरि दुइ भागमा बाड्न सकिन्छ । 

आगामी कार्यक्रम कार्ययोजना र खाकाको सम्बन्धमा : आन्तरिक पक्ष

१ असल.नेतृत्व निर्माण

कुनै पनि संगठन सफल हुनुमा सो कमिटीको नेतृत्व प्रदान गर्ने व्यक्तिहरुको पनि गहन भूमिका हुने गर्दछ । यहाँ एउटा अमेरिकी भनाईलाई उद्धृत गर्नु सान्दर्भिक हुने छ । जहाँ भनिएको छ–“यो धर्ति, यो जमिन तिमिलाई दिदैछौं किनभने यस धर्तिलाई तिमीले सिगार्ने छौ, सही ढंगले मानवताको निम्ति प्रयोग गर्नेछौ जसले गर्दा भावी पुस्ताले तिमीलाई सधैं सम्मान गर्नेछन् ।” यसै हेतुले नै हामीले नेतृत्व छनौट गरेका हुन्छौं, र गर्नुपर्छ । युवा संघ नेपालले यसरी सम्झन लायक, सम्मान गर्न लायक कति काम भएका छन् र हुने छन् त्यो त अझै हेर्न बा“की नै छ । नेतृत्वमा पुग्न सवैको चाहाना हुने गर्छ तर नेतृत्वमा सवै एकैचोटी पुग्न सक्दैनन् । तसर्थ नेतृत्व छनौट गर्दा त्यस्तो व्यक्तिलाई छनौट गर्नुपर्छ जसले सबैलाई र समग्रमा नेतृत्व गर्न सकोस । जस्तै बोराको चामल छान्दा केही गेडा छान्दा हुन्छ । कसौडीको भात पाकेको छ छैन दुईचार सिता छाम्दा थाहा हुन्छ । तरकारीको केही टुक्रा चाखेर नुन लागेको थाहा हुन्छ । त्यस्तै गरी शरिरको एक थोपा रगतले सम्पूर्ण शरिरको रगतको प्रतिनिधित्व गर्छ । हो आज हामीले समाजको प्रगतिशिल रुपान्तरणको निम्ति र युवा संघ नपालको अग्रगतिका लागि यस्तै प्रतिनिधिमूलक व्यक्तिहरुको छनौट गर्नुपर्छ । नेतृत्व जिम्मेवार पनि हुनुपर्दछ ।

लामो नदि पार गर्दा डुङ्गा चलाउदा किनारमा पुगेपछि अव त पार लागि हालियो नि भनेर खेलाची गर्दा किनारै नजिक पुगेर थोरै पानीमा पनि डुब्न सकिन्छ । तसर्थ नेतृत्व निर्माण गर्दा गम्भिर हुनु पर्दछ नै । नेतृत्व छनौट गर्दा नीति निर्माण गर्न सक्ने खालको पनि हुनु पर्छ । स्रोतलाई संगठीत गर्न सक्ने, नयॉ नयाँकुराको खोजी गर्न सक्ने र जोखिम मोल्न सक्ने, परिस्थितिको सही र सटिक विश्लेषण गर्न सक्ने साथै स्पष्ट लक्ष्य कोर्न सक्ने नेतृत्व निर्माणमा हामीले उतिकै जोड दिनु पर्छ । जंगलमा यात्रा त गरियो तर नक्सा भएन भने रणभुल्लमा परिन्छ जहाँ मार्गदर्शनको आवश्यक्ता पर्छ । त्यस्तै भवन वनाउदा नक्सा भएन भने गडवडी हुन्छ । नक्सा नबनाइकन भवन वनाउन सकिदैन । फेरी नक्सा मात्र भएर पनि पुग्दैन त्यसको लागि विभिन्न सामग्रीहरु पनि चाहियो । जसरी नक्सा, सामाग्री, सीप र श्रम भएपछि मात्र भवन बन्छ त्यसैगरी लक्ष्य, योजना र कार्यक्रम भएपछि मात्र संगठन अघि बढ्न सक्छ । हामीले राखेको लक्ष्य ठूलो छ त्यहा“ पुग्ने दुरी पनि लामो छ । तर दुरी लामो हुनु समस्या होइन । त्यो दुरीलाई घटाउन वा बढाउन पनि सकिदैन । बरु त्यो दुरीमा पुग्ने हामीहरुको गति छिटो वा ढिलो हुन सक्छ । जुन कुरा हामीले प्रयोग गरेको साधनमा निर्भर हुन्छ । जस्तैः पैदल हिड्ने कि गाडिमा वा हवाइजहाजमा । यस प्रकारको साधन सहीतवरले छान्न सक्ने नेतृत्व हामीले निर्माण गर्नुपर्छ । नेतृत्व फेरिनु ठूलो कुरा होइन त्यसको प्रवृति फेरिनु चा“ही महत्वपूर्ण सवाल हो जसरी बोतल फेरिनु ठूलो कुरा होइन त्यसभित्रको रक्सी फेरिनु महत्वपूर्ण सवाल हो ।

२ संगठनभित्र व्यापक पुनःगठन

हाम्रो लक्ष्य समाजवाद हुदै साम्यवादमा पुग्ने हो । साम्यवाद त्यो चिज हो जसलाई रटेर सिकीदैन र सिकिदैमा मात्र पुगिदैन । योग्यता अनुसार काम र काम अनुसारको दाम पाउने अवस्थामा हाम्रो राष्ट्रलाई पु¥याउनु पर्नेछ । जसको लागि आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेछ । हाम्रा कमिटीहरु अव निर्माण कमिटी हुनुपर्नेछ । समाजमा उत्पादक शक्तिको विकास हुने खालको उत्पादक कमिटीको रुपमा हाम्रो कमिटी देखिनु पर्दछ । गराई खाने होइन गरिखाएकोमा गौरव मान्ने सँस्कार सँस्कृतिको विकास गर्नुपर्छ । हरेक सदस्य सिपमूलक र प्रत्येक कमिटी उत्पादनमूलक हुने खालको संगठन हुनु आजको आवश्यक्ता हो । त्यसो गर्दा मात्र आत्मनिर्भर अर्थतन्त्र निर्माण हुनेछ । स्वाभिमानी जनता र सम्बृद्ध राष्ट्रको सपना पुरा हुनेछ । युवा संघ नेपालको वर्तमान हाम्रो ढाँचामा परिवर्तन गरी मजदुर क्षेत्रमा, विद्यार्थीको क्षेत्रमा, रोजगार प्रदायक क्षेत्रमा, उत्पादनमूलक औद्योगिक क्षेत्रमा, व्यापार व्यवसायको क्षेत्रमा वित्तीय तथा सहकारी क्षेत्रमा विज्ञान प्रविधीको क्षेत्रमा, उद्यमशिलताको क्षेत्रमा, वातावरण संरक्षण क्षेत्रमा विशेष कमिटी निर्माण गरी चन्दा उठाउने कमिटी होइन उत्पादनको केही प्रतिशत लेवी बुझाउने कमिटी बनाउनु पर्छ । भाडा तिरेर कार्यालय सञ्चालन गर्ने कमिटी होइन संघको उपयुक्त ठाउँमा अव छुट्टै कार्यालय भवन निर्माण गर्ने कमिटी निर्माण गर्नुपर्छ । यसो गर्दा संघलाई वलियो वनाउन सकिन्छ । वर्ग संघर्षको लडाइमा सफलता प्राप्त गर्न सकिन्छ र युवा संघलाई जिवन्त र गतिशिल बनाउन सकिन्छ । यस प्रकारले संगठनभित्र व्यापक पुनःगठनको आवश्यक्ता भएको छ ।

३. अवसरवादको भण्डाफोर 

गैरमानवलाई मानव वनाउने काम, असमानतालाई समानता बनउने कार्य कम्युनिष्टले गर्छ । किर्ते जालसाझी झेलवखेडाको सदैव कम्युनिष्ट पार्टी विरोध गर्छ । किर्ते गरेर जालझेल गरेर षडयन्त्र गरेर न्यायपूर्ण समाज निर्माण गर्न सकिदैन । त्यस प्रकारको प्रवृति फस्टाउनु भनेको गैर कम्युनिष्ट कार्यशैलीको विकास हुनु हो जसले पार्टीलाई गुणात्मक रुपमा कमजोर पारिरहेको हुन्छ । युवा संघभित्र वेलावखतमा देखापर्ने साँस्कृतिक विचलनले गर्दा आवसरवाद हामी भएको पाइन्छ । पद पाउदा मात्र काम गर्ने नत्र असहयोग गर्ने, सदैव अवसरको खोजीमा भौतारिने तर संगठनको काममा ध्यान नदिने, आवश्यक्ताभन्दा वढी आलोचना गर्ने, कमिटी बाहिर कुरा काट्ने, आफ्नै कमरेडसँग कमरेडेली व्यवहार प्रर्दशन नगर्ने, कमिटी बाहिर कुरा काट्ने, गुट–उपगुट निर्माण गर्ने, मनपर्दा देवत्वकरण गर्ने, नपर्दा नाङ्गेझार पारेर खुइल्याउने प्रवृतिको भण्डाफोर गर्दै अन्त्य गर्नुपर्दछ । आलोचनालाई नपचाउने, सजिलो काम गर्न हौसिने अफ्ठेरो कामबाट पन्छिने प्रबृतिलाई निरुत्साहित गर्नुपर्नेछ । काम गर्नेलाई सम्मान र पुरस्कारको वातावरण सिर्जना गर्नुपर्दछ ।

४. जनवादी केन्द्रीयताको सहि प्रयोग 

जनताको गुनासो सुन्ने वा अनुमोदित हुने, जनताबाट लिने, जनतामा नै लागू हुने सुझाव र कार्यक्रम नै जनवादी केन्द्रीयता हो । विभिन्न विचारहरुको एकत्व र एकिकृत निर्णय नै जनवादी केन्द्रीयता हो । जनवादी केन्द्रीयताको सम्बन्धमा क. लेनिनले भन्नुभएको छ– “जनवादी केन्द्रीयता छलफल र आलोचनाको स्वतन्त्रता, कामकारबाहीमा एकरुपता हो ।” यसै सन्दर्भमा क. माओले भन्नुभएको छ–“जनताबाट लिएर जनतालाई दिने पद्धति नै जनवादी केन्द्रीयता हो । यी भनाइहरुबाट भन्न सकिन्छ कि जनवादको जगमा केन्द्रीयता र केन्द्रीयताको निर्देशनमा जनवाद रहनु पर्दछ । यसर्थ जनवाद विना सही केन्द्रीयत हुनै सक्दैन ।

भिन्न भिन्न व्यक्तिका भिन्न भिन्न विचार हुन सक्छन् र त्यो स्वभाविक पनि हो । यदि ती व्यक्तिहरुका कुनैपनि वस्तु सम्बन्धी वुझ्ने सम्बन्धमा एकरुपता भएन भने केन्द्रीयता स्थापित हुन सक्दैन । तसर्थ केन्द्रीयता भनेको सहि विचारहरुको केन्द्रीकरण हो । जसका आधारमा सहमति, नीति, योजना, निर्देशन र कामकारवाहीमा एकरुपता आउन सक्छ । र त्यसैलाई सहि प्रकारको एकता भन्न सकिन्छ । तर हाम्रा कमिटीहरुमा त्यस्तो प्रकारको केन्द्रीयताको विकास हुन सकिरहेको छैन । कसैकसैले जनवादी केन्द्रीयतालाई एउटा आदेश दिने विधीको रुपमा मात्र लिने गरेका छन् जुन जनवादमा आधारित हुनै सक्दैन । आफ्नो आँखी झ्यालबाट देखिएको जतिमात्र आकाश हो अन्त त आकाश नै छैन भन्ने आत्मकेन्द्रीत प्रबृति पनि यदाकदा प्रकट भएका देखिन्छन् । त्यस्ता प्रबृतिको अन्त्य गरिनु पर्दछ । यसर्थ संगठनले आफ्ना कार्यकर्ता वीचमा गएर, व्यापक जनताको बीचमा गएर विगतका हाम्रा गतिविधीको निर्ममतापूर्वक समिक्षा गर्नैपर्दछ । जहाँबाट आवश्यक्ता अनुसार बधाई लिन र सुधार गर्न तयार हुदै अझ सशक्त र प्रभावकारी युवा संघ निर्माण गर्नु पर्दछ । संगठन निर्माणको सहि तरिका यही हो । यसैगरी संगठनभित्र आलोचना, आत्मआलोचना तथा सुझाव, टिप्पनी गर्ने विधीलाई सहि रुपले सञ्चालन गर्नुपर्दछ । विगार्नको लागि आलोचना होइन सुधार्नको लागि आलोचना गरिनुपर्दछ । कुनै कुरामा असहमति हुने वित्तिकै वर्गदुस्मनले भन्दा पनि बढी नालायक घृणित र कपोलकल्पित कुराहरुलाई उचालेर गालिगलौचमा जाने प्रबृति कुनैपनि दृष्टिकोणबाट सहि मान्न सकिदैन । राजनीतिक व्यक्तित्वले राजनीतिक ढ्रंगबाट नै त्यसको समाधान गर्नुपर्दछ ।

५. अन्तरसंघर्षको सहि व्यवस्थापन 

समाज जवसम्म वर्गीय रहन्छ तवसम्म समाजका वर्गहरुको हीत अनुकुल विचारधारा निर्माण हुन्छन् र ती वर्गहरु वीच संघर्ष चलिरहन्छ । त्यसको प्रतिविम्ब पार्टीभित्र पनि देखा पर्नु स्वभाविक नै हुन आउछ । वर्ग संघर्षको सन्दर्भमा कम्युनिष्ट घोषणा पत्रमा भनिएको छ– “वर्ग संघर्षको अर्थ हो, एउटा वर्ग अर्को वर्गको विरुद्ध लड्नका लागि मैदानमा उत्रिनु र त्यही संघर्ष त्यो परिवर्तनको मूख्य साधन हो । जसबाट समाजमा परिवर्तन ल्याउन सकिन्छ । संघर्ष संसारमा छदै छैन, वा त्यो धेरै नराम्रो हो भनि आँखा चिम्लेर काम चल्दैन । जवसम्म वेग्लावेग्लै विरोधी वर्ग रहेका छन् तवसम्म उत्पीडितहरुलाई संघर्षबाट अलग रहने सल्लाह दिनु बाख्रालाई ब्वाँसोको मुखमा फ्याक्नु सरह हो ।” यसर्थ श्रमजिवी वर्गको हीतको लागि समाजको प्रगतिशिल रुपान्तरणको अभियानमा विभिन्न वर्गसमुदायको स्वार्थहरु पनि पार्टी वा संगठनमा जानेर वा नजानेर घुुस्न सक्छन् । जसलाई संगठनको अन्तरसंघर्षबाट सहि निष्कर्ष निकाल्न सकिन्छ । पार्टी संगठनमा एकमनावादी र समरुप नभएर द्वन्द्ववादी दृष्टिकोण हुनुपर्दछ ।

त्यसकारण संगठनभित्र अन्तरविरोध रहेनन् र तिनको समाधानको लागि सैद्धान्तिक संघर्ष चालाइएन भने पार्टी वा संगठनको जीवन खतम हुनजान्छ । तसर्थ एउटा गतिशिल संगठनमा अन्तरसंघर्ष चलिरहन्छ । त्यसो भएकाले संघर्षलाई एकलकाठे, एकतर्फी र निषेधको ढंगले हेरिनु अत्यन्त गलत हुन्छ । यस्ता संघर्ष स्वच्छ रुपमा सञ्चालित हुनुपर्दछ । हरेक पक्षको विपरित पक्ष हुन्छ । जन्म–मृत्यु, जीत–हार, हाँसो रोदन, उज्यालो–अध्यारो । अध्यारो आउँछ त्यसलाई रोक्न सकिदैन । बरु अध्यारो हटाउन उज्यालो वाल्नुपर्छ । अनि अध्यारोमा पनि काम गर्न सकिन्छ । पुल्ठो वालेर पनि गन्तव्यमा पुग्न सकिन्छ । त्यसैगरी नराम्रा विचारहरु पार्टीभित्र आउन सक्छन् त्यसलाई राम्रो विचारको प्रकाशमा सुद्धिकरण गर्नसक्नु पर्दछ । यसर्थ अन्तरपार्टी संघर्ष सञ्चालन गर्दा निम्न तीन गर र नगरको सिद्धान्त लागु गर्नुपर्छ । जसले संगठन निर्माण र सिंगो पार्टी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । १. माक्र्सवाद लागू गर, संसोधनवाद होइन । २. एकतावद्ध होऊ, नफुट । ३. खुला र स्पष्ट होऊ, षडयन्त्र र छलछाम नगर ।

६. सही मूल्यांकनको परम्परा 

मूल्यांकन आफैमा सुन्दर शब्द हो जसका खातिर मान्छेले आफ्नो समय खर्चेको हुन्छ । पार्टी, संगठन, समाज र क्रान्तिको निम्ति कठिनतम् संघर्ष गर्दा पनि कार्यकर्तादेखि नेतासम्मले आफ्नो योगदानको मूल्य खोजिरहेको हुन्छ । कमरेड मदन भण्डारीले भन्नुभएको छ– “उपयोगिता, सार्थकता र सम्भाव्यताको जाँचबुझ नगरी लगनशिल हुनुको पनि केही औचित्य हुदैन र त्यसबाट कुनै परिणामको आशा गर्न सकिदैन ।” तसर्थ आशा अपेक्षा र सपना विना कुनैपनि व्यक्ति लगनशिल हुदैन । कुनैपनि वाली लगाएर फलको आशा छैन भने त्यसमा गोडमेलको पनि आवश्यक्ता पर्दैन । तसर्थ कार्यकर्तादेखि नेतासम्मको यथार्थ धरातलमा रहेर मूल्यांकन गरिनु पर्दछ । सफलता प्राप्त गर्ने इच्छा व्यक्त गर्नु, आशा अपेक्षा गर्नु अपराध होइन । तर आशा अपेक्षा र संकल्प बमोजिम निरन्तर लगनशिल पंतिको उचित मूल्यांकन हुनै पर्दछ । त्यसो गर्दामात्र सहि ढंगको संगठन निर्माण गर्न सकिन्छ ।

७. प्रगतिशिल आचरण र अनुशासन 

संगठन निर्माणको महत्पूर्ण पक्ष भनेको अनुशासन हो । संगठन भित्रको अनुशासनको सही व्यवस्थापन भएन भने संगठनभित्र नै अराजकता र गुटवन्दिको सिर्जना हुन्छ । क. स्टालिनले यस सन्दर्भमा भन्नुभएको छ– “पार्टीभित्र फलामे अनुशासनको आवश्यक्ता पर्छ । जसले फलामे अनुशासनलाई अलिकति पनि कमजोर पार्छ उसले वास्तवमा सर्वहारा वर्गको विरुद्ध पुजिपति वर्गलाई नै सहयोग पु¥याइरहेको हुन्छ ।” यसर्थ निर्णय हुनुभन्दा पहिले असहमति र व्यापक छलफल गर्न पाईन्छ तर निर्णय भैसके पश्चात अस्विकार गर्न पाईदैन । तर हाम्रा कमिटीहरुमा बेलावखतमा निर्णय अस्विकार गर्ने गम्भिर त्रुटी पनि हुने गरेको पाइन्छ । जसलाई सुधार्नै पर्छ । यसै सन्दर्भमा कमरेड मदनले भन्नुभएको छ– “कुनैपनि विषयमा न्यायधिसले फैसला सुनाईसके पछि हारेको व्यक्तिले २४ घण्टासम्म न्यायधिसलाई गालि गर्ने कुरा स्वभाविक हुन्छ तर त्यसपछि पनि लगातार गाली गरीरहन्छ भने त्यसलाई दण्डनीय ठान्न सकिन्छ । पार्टीले निकालेका निष्कर्षहरु न्यायधिसका फैसला हुन् जसमा निश्चित अवधि विशेषसम्म त्यसप्रतिका आपत्ति र उजुरीहरु स्वाभाविक ठान्न सकिन्छ तर त्यसलाई नै सधैंभरीको खेलोको रुपमा प्रस्तुत गर्ने हो भने त्यस्तो विधिलाई पार्टीले अनुमति दिनु हुदैन र दिन सक्दैन ।”

सिद्धान्त र व्यवहारलाई तालमेल गर्नुपर्दछ । आचरण जनपच्य र जनशैलीयुक्त हुनुपर्दछ । नेता, कार्यकर्ता र संगठनको व्यवहारहरु पारदर्शी हुनुपर्दछ । देखावटी एउटा र भित्री अर्कै तरिका गर्ने कार्यशैलीको निषेध गरिनु पर्दछ । जगमा विर्को लगाएको पानी जस्तो होइन मिनरल वाटरको वोतलमा रहेको पानी जस्तो हुनु पर्दछ । रातो मुला जस्तो होइन रातो गाजर जस्तो हुनुपर्दछ ।

८. प्रतिरोधी तथा स्वयंसेवी शक्ति निर्माण 

सिद्धान्त वर्ग संघर्षबाट जन्मन्छ नकि कुनै किताब वा नेताको मुखबाट वा शब्द रटानबाट । एउटा वर्ग संघर्षको उचाइको गतिको आधारबाट सिद्धान्तको जन्म हुन्छ । शोषक वर्गले शोषण गर्छ त्यसबाट मुक्त हुन शोषित वर्ग अग्रसर हुन्छ– लड्नको लागि । उसले लड्न पहिले सिद्धान्त खोज्दैन । दर्शको खोजी पनि गर्दैन । जव मान्छेले संघर्ष प्रस्थानविन्दु वनाए त्यसपछि मात्र माक्र्सवादी लेनिनवादी दर्शन पहिल्याए । त्यसैगरी नै २०६५ सालमा नेपालमा एउटा वर्ग संघर्षको परिघट्नाबाट अराजकताको विरुद्ध प्रतिरोध भयो । जसको सफलता स्वरुप ‘युथ फोर्स’को जन्म भयो । माक्र्सका अनुसार “वस्तु परिवर्तन हुनुमा बाह्यभन्दा पनि आन्तरिक वा अन्तरनिहित कारण बढी जिम्मेवार हुन्छ ।” युवा संघ नेपाल ठूलो वा सानो हुनुमा आन्तरिक कारण नै बढी जिम्मेवार हुन्छ । तसर्थ नेकपा एमाले र युवा संघलाई अझ व्यापक बनाउन प्रतिरोधी शक्तिका साथै स्वयंसेवी संगठन निर्माण गर्नु जरुरी भएको छ । जसले राष्ट्रमा आइपरेका विपतमा सहयोग गर्न सकोस, नवनिर्माणमा योगदान गर्न सकोस । अराजकता, अन्याय अत्याचार भ्रष्ट्राचारको विरुद्ध लड्न भिड्न तयार होस ।

निकट भविष्यमा विभिन्न चुनावहरु हुने सम्भावना छ । स्थानीय नियकाको चुनाव लोकतन्त्र बलियो वनाउने र गणतन्त्र संस्थागत गर्ने महत्वपूर्ण कडिको रुपम भर्खरै सम्पन्न भएको छ । जहाँ युवा संघको प्रतिरोधी भूमिका न्युन देखियो । अन्य आउने निर्वाचनमा नेकपा एमालेलाई सफल वनाउन युवा संघ नेपाल बलियो हुनै पर्दछ । तरङ्ग सवैतिर हुन्छ । ट्युन (च्यानल) मिलेपछि मात्र एफ.एम. बज्न थाल्छ । त्यस्तै च्यानल मिलाउने जनतालाई सचेत गराउने षडयन्त्र छलछाम र धाधली हुन नदिन सशक्त युवा शक्ति निर्माण गर्नै पर्दछ । जनताको बहुदलीय जनवादका अनुसार–“संघर्ष दुइ विपरित पक्षहरुको बीचको टक्कर हो, प्रतिस्पर्धा हो । आफ्नो प्रतिद्वन्द्वि पक्षभन्दा नत धेरै अघि बढेर टक्कर लिन सक्छौं नत धेरै पछि बसेर । टक्करका निम्ति, संघर्षका निम्ति हाराहारीमा रहनु, जस्तालाई त्यस्तै गर्नु, जरुरी छ । नत्र संघर्ष हुनै सक्दैन । संघर्षको कुन रुप प्रमुख र निर्णायक हुन्छ त्यो कुनै नेताको कल्पनाबाट तय हुने कुरा होइन यो त जनताको बीचबाट वर्ग संघर्षबाट दूइ विपरित तत्वबीचको संघर्षबाट तय हुने कुरा हो । हिंसाको मुकाविला शाान्तिले, षडयन्त्रको मुकाविला सोझोपनले र धाँधलीको मुकाविला सज्जनताले हुदैन । जस्तालाई त्यस्तै जवाफ संगठीत गर्नुपर्छ । शान्तिपूर्ण राजनीति वा वर्गीय एवं पेशागत संघर्षका हुने षडयन्त्र र हिंसाको मुकाविला गर्न हामीले पनि त्यस्तै शक्ति संगठीत गर्नुपर्छ क्रान्तिको बाटो तय गर्ने प्रक्रिया यहि हो ।”

यसो गर्दामात्र हाम्रो पार्टी नयाँ ढंगबाट अगाडि बढ्न सक्छ । बैरीहरुले छुन नसक्ने, दुष्मणले गिद्धे दृष्टीले हेर्न नसक्ने डरलाग्दो र व्यापक जनताको बीचमा आशालाग्दो विश्व जनसमुदाय सामु भरलाग्दो युवा संघ हुन जान्छ । यस्तो संगठनले मात्र देशमा संकट आइपर्दा बाटो देखाउन सक्छ । पानीपर्दा छाता भएर, अध्यारोमा टर्चलाईट भएर, बाटो भुल्दा पथिक भएर काम गर्न सक्छ ।

आगामी कार्यक्रम कार्ययोजना र खाकाको सम्बन्धमा  : बाह्य पक्ष

युवा भन्नाले जीवन प्रगतिको शिखरतर्फ लम्किरहेको नविन सोच चिन्तनले निर्देशित समाज परिवर्तनको सम्बाहक रचनात्मक सिर्जनशिल समाज र राष्ट्रको एक कमर्ठ साहसी विद्रोही परिवर्तकामी शक्ति हो । मानव समाजको उत्कृष्ट शिल्पी र सर्जक युवा हुन् । समयका सारथी, युद्धका विजेता, इतिहासका निर्माता, वर्तमानका संवाहक, हिस्सेदार, र भविष्यका स्वप्नद्रष्टा एवं कर्णधार पनि युवा शक्ति नै हो । र त्यसैको नेतृत्वकर्ता र नेता संगठनको नाम हो युवा संघ, नेपाल । युवाहरुको आन्दोलनले नेपालमा राजनीतिक परिवर्तनहरु धेरै भएका छन् । नेपालको हरेक चरणको राजनीतिक आन्दोलनको अगुवाई युवाहरुले गरेका थिए र सफलता पनि प्राप्त भएको थियो । तर यी सबै परिवर्तनहरु दिगो रुपमा टिक्न सकिरहेका छैनन् । परिवर्तन संस्थागत हुन सकिरहेको छैन् । युवाहरु समाजमा टिक्न र श्रम वजारमा विक्न सकिरहेका छैनन् । परिवर्तनकारी सिङ्गो युवा पङ्ति आन्दोलन पछि निरास हुने गरेका छन् । यसको संक्षिप्तमा समिक्षा गर्ने हो भने देशको आर्थिक क्रान्ति नभइकन राजनैतिक परिवर्तनहरु टिक्न सक्दैनन् भन्ने नै निष्कर्ष निकाल्न गाह्रो पर्दैन ।

नेपाली समाजको विगत ७ दशकदेखिको बहुप्रतिक्षित सपना जनताले आफूलाई शासन गर्ने विधि आफै बनाउने प्रक्रिया पूरा भएको छ । स्वतन्त्रता, स्वाभिमान र समानताको आन्दोलनको क्रममा निकै महत्वपूर्ण राजनैतिक अधिकारहरु जनताले उपलब्धीको रुपमा पाएका छन् । विगत ७० वर्षदेखीको अधिकारप्राप्तीको आन्दोलनको मोड वदलिएको छ । निरङ्कुशताको चरम उत्कर्ष कालमा स्थापित कम्युनिष्ट आन्दोलनले पनि करिव ७० वर्ष पूरा गर्न लागेको छ । श्रमजीवीहरुलाई एकीकृत गरी गरिखाने जनताको पक्षपोषणका साथ प्रजातन्त्रको लडाईमा जनतालई जागरुक बनाउने कार्यमा कम्युनिष्ट पार्टीको योगदान अग्रणी रहेको छ । विश्वका श्रमजिवी वर्गहरु एक होऔं भन्ने मूल नाराको साथ २००६ साल वैशाख १० गते स्थापित नेपाल कम्युनिष्ट पार्टी आज देशको महत्वपूर्ण शक्तिको रुपमा रहेको छ । समग्रमा कम्युनिष्ट पार्टीहरुका पक्षमा नेपाली जनताको मत ६५ प्रतिशतको वरिपरी रहेको छ । त्यसमा पनि नेकपा (एमाले) देशको दोस्रो ठूलो दल र नेपाली जनताको भरोसायोग्य, श्रमजिवी जनताको लोकप्रिय र नेपाली राजनीतिक जगतको नेता पार्टीको रुपमा स्थापित भएको छ । नेकपा (एमाले) आन्तरिक लोकतन्त्र मजवुद भएको पार्टी हो । नेपालमा रहेको पार्टीहरु मध्ये सवैभन्दा लोकतान्त्रिक अभ्यास भएको पार्टी पनि एमाले नै हो । यस पार्टीले लिने गरेका संगठनात्मक ढा“चा अन्य पार्टीहरुले पछ्याइरहेको देख्न सकिन्छ र यसको विचारको वरिपरि नै अन्य पार्टीहरु पनि घुमिरहेको हुदा आज नेकपा (एमाले) देशको नेता पार्टीको रुपमा समेत उभिएको छ । आज नेकपा (एमाले)ले देशको नेतृत्व सम्हालिरहेको छ । आज राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र जनजीवीकाको पहरेदारीको पर्यायको रुपमा नेकपा एमाले उभिएको छ । र सोही अनुरुप यसले देशको नेतृत्व गरिरहेको छ । एकाधिकार पुँजीवादको विरोध गर्दै, साम्राज्यवाद र विस्तारवादका सामू नेकपा एमाले भिमकाय पहाड वनेर उभिएको छ र जनताले आज नेकपा एमलेलाई माया, ममता र सद्भाव देखाइरहेका छन् । वास्तवमा नेकपा (एमाले) सिंगो स्वाभिमानी नेपाली जनताको आशा र भरोसा केन्द्र भएको छ । यस प्रकारको लोकप्रिय पार्टी हुनुमा नेकपा (एमाले)को जनवर्गीय संगठनहरुको अत्यन्त ठूलो भुमिका रहेको छ । त्यसमध्येको शक्तिशालि संगठनको नाम हो युवा संघ नेपाल ।

अराजकता, अन्याय, अत्याचार, भष्ट्राचार, कुरीति, नाजीवाद, फासीवाद, विस्तारवाद र सवैखाले असमानता तथा विभेदको विरोध गर्दै समानता मूलक समाज निर्माण गर्ने पवित्र हेतुले २०४७ साल जेठ १ गते युवा संघ नेपालको स्थापना गरिएको थियो । युवा संघले सो उद्देश्य मुताविक समाजमा रचनात्मक भूमिका निर्वाह गर्दै आईरहेको छ । परिवर्तनको आन्दोलनमा युवा संघ नेपालले सवैलाई जितेको छ । लोकतान्त्रिक आन्दोलनको क्रममा यसका धेरै सदस्यले कुर्वानी गरेका छन् । भारतका प्रसिद्ध दार्शनिक भगत सिंहले भनेका छन् – “रगतको भेटी चाहिएमा युवा सिवाय कसले दिन्छ ? यदि तिमी बलिदान चाहान्छौ भने युवाहरु तर्फ नै हेर्नु पर्दछ । प्रत्येक राज्यका भाग्य विधाता युवाहरु नै त हुन्छन् । …… युवाहरु नै सफलताका बीज हुन् ।” हो, नेपाली युवाहरुले लोकतन्त्र र स्वतन्त्रताका खातिर रगतको भेटी धेरै धेरै चढाईसकेका छन् । संघर्ष र वलिदानकोव पर्याय भएको छ युवा समुदाय । र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । यो युवाहरुको अतुलनीय प्रसंशीत काम हो । आगामी दिनमा लोकतन्त्रकै लागि लडाई लडिरहनुपर्ने दिनको अन्त्य भएको छ । तर अव राज्यको भाग्य विधाता र सफलताको वीजको रुपमा नेपाली युवाले काम गर्नुपर्ने भएकोछ । नेपाली समाजको आगामि दिनको दिशा र वाटो वदलिएको छ । जुन वाटोमा सफल यात्रीको रुपमा हामी युवाहरुले यात्रा पार गर्नै पर्नेछ । त्यो भनेको सुखि नेपाली र समृद्ध नेपालको यात्रा हो । यो यात्रालाई सफलतापूर्वक पार गराउने कर्तव्य अव हामी युवाहरुको काँधमा आएको छ । जसको नेतृत्व युवा संघले गर्नुपर्नेछ । जुन कुरा संघले आफ्नो महाधिवेशनबाट संकल्प गर्नुपर्नेछ ।

नेपाल विश्व युवा विकास सूचकाङ्कमा १४५ औं स्थानमा रहेको र दक्षिण एशियाली मुलुकहरुमा सवैभन्दा कमजोर राष्ट्र हो । मानव विकास सूचाङ्कमा नेपालको अवस्था दक्षिणी एशियाली मुलुकहरुमा अफगानिस्तान भन्दा मात्र माथि छ । नेपाल अति कम विकसित मुलुकहरुको कोटिमा पर्दछ । सरकारी तथ्याङ्क अनुसार नेपालमा पूर्ण वेरोजगार युवाको दर २.३ प्रतिशत र अर्ध वेरोजगार युवाको दर ३६ प्रतिशत रहेको छ भने अन्तर्राष्ट्रिय श्रम संगठनsf अनुसार पूर्ण वेरोजगारी दर १९.२ प्रतिशत र अर्ध वेरोजगारी दर २८.३ प्रतिशत रहेको छ । हरेक वर्ष श्रम वजारमा करिव साढे चार लाख युवाहरु रोजगारीका लागि तड्पिरहेका हुन्छन् भने करिव साढे पाँच लाख युवाहरु रोजगारीका लागि विदेशीन्छन् । वेरोजगार युवाहरुलाई उद्यमी र व्यवसायी वनाउन सकेमा विदेश जाने युवाहरुलाई स्वदेशमै रोजगार प्रदान गर्न सकेमा युवाहरुलाइ जोश, जाँगर र ऊर्जा भरि आत्मविश्वास वढाउन सकेमा, युवा उत्साह र सृजनशीलतालाई श्रम, सीप र उत्पादन सँग जोड्न सकेमा, युवाहरुलाइ सक्षम र जिम्मेवार वनाउन सकेमा, राष्ट्र निर्माणमा युवाहरुको साझेदारी र सहभागिता वढाउन सकेमा मात्र राष्ट्रिय समृद्धि संभव छ । होनहार ऊर्जाशील युवाहरुलाई वैदेशिक रोजगारीमा पठाएर, विदेशमै पलायन हुने अवस्था सृजना गरेर, डि भी पर्दा र पि आर पाउँदा गर्व गर्ने अवस्था सृजना गरेर, विप्रेषणमा रमाएर, विदेशी सेनामा भर्ती हुँदा मख्ख पर्ने र भाग्य चम्कियो भनेर गर्व गर्ने राष्ट्रिय संस्कृति र संस्कार निर्माण गर्ने हो भने यो मुलुक उहिल्यै विश्वको समृद्ध राष्ट्र वनिसक्नु पथ्र्यो तर वनिरहेको छैन । तसर्थ अवको वाटो त्यो हुदै होइन । अव त्यसलाई वदल्नु पर्दछ ।

यतिवेला कमरेड कार्ल माक्र्सले १६ अगस्त, १८६७ मा एंगेल्सलाई लेखिएको पत्रलाई स्मरण गर्नु वाञ्छनीय हुनेछ । जहाँ माक्र्सले लेखेका छन्–“प्रिय फ्रेड, किताव आखिरी (४९ औं फर्मा)लाई शुद्ध गरेर मैले भर्खर–भर्खर काम सम्पन्न गरेको छु । परिशिष्ट–मूल्यको रुप–सानो टाइपमा सवा एक फर्मा भएको छ । भूमिकालाई पनि शुद्ध गरेर मैले हिजो फिर्ता पठाएको थिएँ । उक्त खण्ड पूरा भएको छ । त्यसको श्रेय तपाईलाई नै हो । तपाईले मेरो लागि जुन असाधरण आत्म–समर्पण गर्नुभएको छ, त्यसको अभावमा मैले तीन खण्डहरुका लागि यति धेरै कडा मेहनत कुनै पनि हालतमा गर्न सक्ने थिइन । कृतज्ञताबाट ओतप्रोत भएर म तपाईलाई आलिङ्गन गर्छु । दुई फर्मा यही पत्रसाथ संलग्न गरेको छु, जसको प्रुफ मैले हेरीसकेको छु । १५ पाउण्ड प्राप्त भएको छ धन्यवाद ।” यहाँ के देखिन्छ भने कमरेड माक्र्सले एंगेल्सलाई भेट्नु भएको थिएन भने माक्र्सले पनि पूजी निकाल्न सक्ने थिएनन् । विहान वेलुका छाक टार्न, लाइब्रेरी र पुस्तक खरिद गर्न नपाएका भए कसरी अध्ययन पुरा गर्न सक्थे । विहान के खाऊ, बेलुकी के लगाऊ र कहाँ वसुँ भन्ने अवस्थामा साहित्य सिर्जना फुुर्दैन दर्शनको खोजी र सिद्धान्तको जन्म हुदैन ।

युवा जनसंख्याको सर्वाधिक सक्रिय उर्जावान तथा गतिशिल समुह हो । तसर्थ राष्ट्र निर्माणको महत्वपूर्ण शक्ति युवा शक्ति हो । तसर्थ आजको हामी युवाहरुले विश्वसामू नेपाल चिनाउने नेपाललाई धनि वनाउने नेपालीलाई खुसी र सुखी वनाउने सपाना साकार पार्नै पर्छ यो अवको युवा संघ नेपालको कार्यभार हो । युवा संघ नेपाल वयस्क अवस्थामा हिडिरहेको छ । संघले संगठनात्मक रुपमा लामो अभ्यास गरी सकेको छ । अहिले हाम्रो संघले २६ औं वसन्त पार गर्दा नयाँ कार्यभारको जन्म भएको छ । जुन नयाँ कार्यभार वयष्क युवा संघले पूरा गर्नै पर्दछ । किनकी नेपाल श्रोत साधनले धेरै धनि छ । हिमाल पहाड र तराई छ । जल, जमिन, जंगल, जडिबुटी, जनावर, जलवायु र जनशक्ति नेपालको लोभलाग्दो पक्ष हो । जसलाई सदुपयोग गर्नैपर्छ । यहाँ माटो किन्नु पर्दैन हरेक माटो खेतियोग्य छ । यहाँ पानी किन्नु पर्दैन हरेक पानी सलाइन पानीमा, मिनरल वाटरमा, सिंचाईमा र विद्युतमा रुपान्तरण गर्न सकिन्छ । सुर्यको प्रकाशबाट नेपालको प्रत्येक कुनबाट सौर्य शक्ति उत्पादन गर्न सकिन्छ । हावा स्वच्छ त छदैछ हावाबाट विजुली निकाल्न सकिन्छ । हर्रोवर्रोलाई सिटामोल र यार्सागुम्बाहरुलाई क्याप्सुल वनाउन सकिन्छ । यो हाम्रो धेरै सम्भवना वोकेको देश हो । यी कार्यमा युवा संघ लाग्नु पर्नेछ । आम युवाहरुलाई इपिएस पास गरेर कोरिया होइन नेपाल कै खोरियामा गर्न सकिन्छ र गर्नै पर्छ, तातो घामको अदक्ष श्रमशक्ति भएर खाँडीतिर होइन नेपालकै झाडीतिर लाग्नैपर्छ भन्ने सन्देश दिने गरी युवा संघ लाग्नु पर्छ । समृद्ध नयाँ नेपालको संकल्प सहित युवा संघले नयाँबाटोको नेतृत्व गर्नु पर्छ । यसो गर्दा मात्र हामी नेपालीको भविष्य अझ सुन्दर हुनेछ । भन्ने सन्देश दिनेगरी आम युवालाई आकर्षित गर्ने अभियान चाल्नै पर्छ । अव ढिलाई गर्नै हुदैन । जुन यात्राको मूल नारा लक्ष्य समानताको, यात्रा समृद्धिको हुनुपर्दछ । जसको लागि निम्न प्रस्तावहरु पेश गर्दछु ।

नाराः

संगठनले अंगालेको विचार, सिद्धान्त, कार्यक्रम आदिको प्रतिनिधीमूलक फलाकोलाई नारा भनिन्छ । जसले संगठनको लक्ष्यको पक्षपोषण गरिरहेको हुनुपर्दछ । तसर्थ अव हाम्रा नाराहरु निम्न प्रकारको हुनुपर्दछ ।

१. सीपयुक्त कार्यकर्ता, उद्यमयुक्त कमिटी–श्रमशक्तिको विकास, राष्ट्रको समृद्धि

जसले ४ वटा महत्वपूर्ण पक्षको उजागर गरेको छ ।

क) लेख्न र पढ्न मात्र आउने शिक्षाको होइन सीप सहितको केही गर्न सक्ने शिक्षाको माग गर्दछ । र अव कार्यकर्तालाई र आम जनसमुहलाई सीप प्रदान गर्ने कुरा गर्दछ ।

ख) राष्ट्रको समृद्धिका लागि समृद्ध पार्टी र समृद्ध खालकै विचार हुनुपर्दछ भन्छ । सो नीति विचारलाई वोक्ने कमिटी र योजना ल्याउने नेतृत्व हुनुपर्दछ जसको लागि उद्यमशिलता र उत्पादनसँग जोडिएको कमिटी हुनुपर्ने कुरामा जोड दिन्छ ।

ग) श्रमशक्ति भनेको श्रमका साधन चलाउने मानव शक्ति हो । जुन शक्तिको विाकास गर्नुपर्ने पक्षलाई उजागर गरेको छ ।

घ) जव सीपयुक्त श्रम गर्ने जनशक्ति राष्ट्रको समृद्धिमा योजनावद्ध र संगठीत तवरले लाग्छ त्यतिखेर राष्ट्र समृद्ध हुन्छ हुन्छ भन्छ ।

२. युवा संघका हरेक सदस्य सिर्जनात्मक र प्रत्येक कमिटी रचनात्मक

यो नाराले यस्ता सदस्य खोजेको कि हाम्रा सदस्यहरु रेशम किराजस्तो हुनुप¥यो जसले पात खाएर धागो निकाल्छ । पात खाएर गोवर निकाल्ने शैलिको विरोध गर्दछ ।

यो नाराले यस्ता कमिटी खोजेको छ कि अव हाम्रा कमिटी मौरीको जस्तो एकढिक्का भएर श्रम गर्ने अनि कमिलाको जस्तो एकढिक्का भएर सहकार्य गर्ने हुनुपर्दछ भन्छ ।

३. एक कमिटी एक उद्यमशिल काम, उद्यमशिलता युवा संघको शान

उपयुक्त अवसर पहिचान गरी समय पैसा लगन र क्षमता लागँई वस्तु तथा सेवाको मूल्य थपगरी बजारमा लैजाने, प्रतिस्पर्धात्मक वजारमा जोखिम बहन गर्ने, जोखिम बहनको फलस्वरुप पुरस्कार र उपलब्धी पाउने तथा सम्पति बृद्धि गराउने गतिशिल प्रक्रिया नै उद्यमशिलता हो । यसमा उद्यमी, उद्यमीको विचार सोच, पू“जी सामग्री र श्रमको संगठन भैसके पश्चात बस्तु तथा सेवाको उत्पादन हुन थाल्छ जसलाई वजारीकरण गरिन्छ जहा“ लागत र संचालन खर्च कटाएर नाफा आर्जन गरिन्छ । यो प्रक्रिया निरन्तर दोहोरिरहने एउटा व्यापक प्रक्रिया नै वास्तवमा उद्यमशिलता हो । जुन विना राष्ट्रको समृद्धि हुनै सक्दैन । आज दिनभरि वावुले श्रमिक नपाउने र पढेलेखेका छोराछोरीले श्रम नपाउने अफ्ठेरो परिस्थिति सिर्जना भैरहेको छ । आज नेपालमा उत्पादन गरिएका वस्तुभन्दा विदेशवाट आयातित वस्तु सस्तो र सरल भैरहेको छ । कुनै माल उत्पादन गर्नुभन्दा रेडिमेटमाल सरल सस्तो भैरहेको छ अव यसलाई वदल्नु पर्छ । आम युवा शक्तिलाई उद्यमशिलतामा होम्दै हाम्रा हरेक कमिटी उद्यमयुक्त हुनुपर्दछ भन्छ । श्रमको सम्मान गर्ने संस्कार संस्कृति र परम्पराको थालनी गर्न चाहान्छ । श्रम गर्नु, उद्यम चलाउनु एउटा गौरवको विषय ठान्छ ।

४. एक क्षेत्र एक सहकारी, औद्योगिक आन्दोलन चलाऔं प्रभावकारी 

सहकारी संस्थाहरु≤ सदस्यहरुद्धारा प्रतिबद्ध तवरले सञ्चालित व्यवसायिक संगठन हुन् । व्यवसाय सञ्चालन गरी आङ्खनो कारोवारबाट फराकिलो बनाई आङ्खना सदस्यहरुको आर्थिक तथा सामाजिक उन्नति गर्ने सहकारीको उद्देश्य हुन्छ । सहकारी व्यवसाय सदस्यको हित र उन्नतिको लागि गरिन्छ । सहकारीको अवधारणा एकका लागि सवै र सबैका लागि एक भन्ने मान्यताबाट विकसित भएको पाइन्छ । सहकारी व्यवसायको उद्देश्य अन्य व्यवसाय भन्दा फरक छ । सहकारी व्यवसायमा म र मेरोको सट्टा हामी र हाम्रो भावनाको विकास गराई केवल नाफामूखि मात्र नभइ सेवामूलक व्यवसाय मार्फत आङ्खनो विकास आफैले स्रोत, साधन र श्रमको समुचित प्रयोग गरी गर्नु नै सहकारीता हो । सहकारी धेरै पू‘जीवालले भन्दापनि, निम्न पू‘जीवाल, कृषक, कालिगढ, निम्न आर्थिक वर्ग, वेरोजगार तथा सामाजिक कार्यकर्ताले आङ्खनो सदस्यहरुको आर्थिक तथा सामाजिक विकास गरी आङ्खनो जीवनस्तरमा सुधार गर्नको लागि एक आपसमा मिलिजुली पारस्परिक सहयोगको आधारमा स्थापना भएको संस्था हो जुन पु“जीबादबाट समाजवादमा फड्को मार्ने महत्वपूर्ण पूल हो । यसर्थ सहकारी अभियानलाई अझ प्रभावकारी तवरले सञ्चालन गर्नुपर्दछ । जसले गाउँमा सहकारी घर घरमा रोजगारी दिने एमालेको अभियानलाई साथ दिन्छ । जहाँबाट पुँजीको विकास हुन्छ र औद्योगिक कार्य गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । सहकारी मार्फत सिङ्गो जनसमुदायको हिस्सा पहल र परिश्रमबाट ठूला ठूला उद्योग कलकारखाना सञ्चालन गर्न सकिन्छ जुन कार्यको शुरुवात युवा संघ नेपालले गर्नुपर्दछ भन्छ ।

५.एक प्रदेश एक प्रतियोगिता, खेलकुदको विकासमा युवा सहभागिता

खेलकुद भनेको राष्ट्र चिनाउने, राष्ट्रलाई समृद्ध बनाउने, पर्यटक बढाउने, युवा समुदायलाई अनुशासनको दाम्लोमा बाध्ने महत्पपूर्ण क्रियाकलापको हो । खेलकुदको विकासमा युवा संयले योगदान गर्नुपर्दछ जुन कामले युवा संघमा आम युवाको आकर्षण वढ्ने छ । अव युवा संघको नाममा राष्ट्रिय स्तरको प्रतियोगिता प्रत्येक वर्ष ७ वटै प्रान्तमा गर्नुपर्दछ । एक प्रान्तमा भएको प्रतियोगिता रोटेशनका आधारमा हरेक कमिटीले प्रतिवर्ष साटफेर गरेर आयोजना गर्नु पर्दछ । प्रायोजको व्यवस्था केन्द्रीय कमिटले गर्नुपर्ने छ । जस्तो कि पहिल

क्र.सं.           प्रदेश नं                       पहिलो वर्ष                            दाेस्रो वर्ष

१                 १                                   टेवलटेनिस                           क्रिकेट

२                २                                   व्याटमिन्टन                           पौडि

३               ३                                     भलिवल                                दौड

४               ४                                     फुटवल                                टेवलटेनिस

५            ५                                       क्रिकेट                                 व्याटमिन्टन

६         कर्णाली                                  पौडि                                    भलिबल

७         ७                                           दौड                                        फुटबल

६. सवैखाले विभेदको अन्त्य गरौं, समानतामुलक सहिष्णु स“स्कृतिको निर्माण गरौं 

हामी यवाहरुको लागि कुनैपनि किसिमको विभेद स्वीकार्य हुन सक्दैन । समाजमा भैरहेको हुने र नहुने वीचको वर्गीय विरोधको जगमा रहेका धेरै सामाजिक विभेदहरु छन् त्यसलाई मेट्नु छ । पार्टीका नेता र कार्यकर्ता अनि संगठनभित्र पनि नेता र कार्यकर्ता वीचमा पनि एक किसिमको विवाद छ त्यसलाई मेट्नु छ । युवा उमेर समुहका नेता कार्यकर्तालाई नगन्ने, नपत्याउने र नेतृत्व विकासको कुरालाई अस्विकार गर्ने जुन चलन छ त्यसलाई तोड्नु छ । समाजमा हाल कायम रहेका कुरीति कुप्रथा कुसंस्कार अन्याय विभेदको कडा तवरले प्रतिवाद गर्ने र समानतायुक्त समाजको निर्माण हुने गरी कार्यक्रमहरु आयोजना गर्ने कार्यक्रम तय गर्नुपर्छ । प्रत्येक गाउँ गाउँमा पुग्ने गरी सडक नाटक गर्ने, टोलटोलमा विचार गोष्टी, वादविवाद, वक्तृत्वकला जस्ता कार्यक्रमको आयोजना गर्ने ।

७. बहुप्राविधीक शिक्षा आजको प्राथमिकता, प्रशिक्षण, अध्ययन र सीप विकासमा निरन्तरता

नेकपा (एमाले)को नवौं महाधिवेशनको फैसला मुताविक सुखी नेपाली समृद्ध नेपालको ३५ वर्षे सपना पुरा गर्ने खालको शिक्षा नीति आजको आवश्यक्ता हो । यी सवै विषयवस्तुलाई हेर्दा प्रगतिशिल समुदाय सचेष्ट हुदा नेपालको संविधानमा उल्लेख गरेअनुसार नै समाजवादमा जान सकिन्छ । किनकी पुँजीवादको अन्त्य अवश्यंभावी छ । आज विश्वमा पूँजीवाद हावी छ । समाजवाद रक्षात्मक अवस्थामा छ । विश्व साम्राज्यवादीहरु, दक्षिणपन्थीहरु र पूँजीवादीहरुले समाजवादको भविष्य नभएको व्यापक प्रचार गरिरहेका छन् । तर समाजको विकासक्रमलाई हेर्दा आर्थिक आधार वा उत्पादक शक्तिको नै निर्णयात्मक भूमिका हुने भएकाले अन्तमा समाजवादको विजय निश्चित छ । पूँजीवाद अन्तरगत उत्पादन प्रणालीले सामाजिक स्वरुप लिएको छ तर उत्पादनका साधनहरु माथिको स्वामित्वको स्वरुप भने विलकुल व्यक्तिगत प्रकारको रहेको छ । आज ती दुवैको बीचको अन्तरविरोध नै पूँजीवादभित्रको आधारभूत अन्तरविरोध हो । उत्पादन प्रणालीको स्वरुप अनुसार नै उपरिढाँचा बन्ने इतिहाँसको भौतिकबादी नियम अनुसार अन्तमा उत्पादनका साधन माथिको व्यक्तिगत स्वामित्वको अन्त्य हुनु अनिवार्य छ । जसको सिधा अर्थ समाजवाद हुन जान्छ । तसर्थ यस प्रकारको शिक्षा दिनु आजको आवश्यक्ता हो ।

तर हाम्रा शिक्षकहरु त्यस प्रकारको शिक्षा दिन सक्ने खालका छन् कि छैनन् ? समाजवाद उन्मुख शिक्षा दिने शिक्षकको उत्पादन अर्को महत्वपूर्ण सवाल हो । आज सामुदायिक विद्यालयहरुमा शिक्षक नियुक्ति गर्दा गुणस्तरीय र राम्रा शिक्षक भन्दापनि हाम्रा प्रकारका शिक्षक नियुक्ति भैरहेका छन् । शिक्षकलाई केवल रोजगरीको रुपमा मात्र लिदा हाम्रो शिक्षा दिनप्रतिदिन खस्किरहेको छ । त्यसलाई परिवर्तन गर्नु पर्दछ । उद्देश्य मुताविक पठन–पाठन गर्न सक्ने शिक्षकले मात्र हाम्रो लक्ष्य अनुरुपका जनशक्ति निर्माण हुनेछ ।

मूलभूत रुपमा समाजमा रहेको विद्यमान सवै खाले विभेदको अन्त्य गर्ने र समानतामूलक समाजको स्थापना गर्ने कुरा नै अवको हाम्रो शिक्षा नीतिले वोक्नु पर्दछ । ‘हुने खाने र हुदा खाने’ले पढ्ने शिक्षा र सिकाईको उद्देश्य एकै प्रकारको हुनु पर्दछ । वर्गीय खाडल निम्त्याउने होइन वरु सो खाडललाई पुर्ने खालको शिक्षा चै आजको आवश्यक्ता हो । तर वर्तमानमा रहेको हाम्रो शिक्षा प्रणालीले उल्टै वर्गीय आधार चै खडा गरिरहेको छ । यो आजको कडा चुनौति हो जस्तो मलाई लाग्छ । फेरी शिक्षा र स्वास्थ्य जस्तो विषयमा राज्य पञ्छिन पाउछ कि पाउदैन ? भन्ने कुरा पनि महत्वपूर्ण सवाल हो । यी विषयहरुलाई राज्यले आफ्नो महत्वपूर्ण जिम्मेवारीको रुपमा नै लिनु पर्दछ । तत्काल राज्यले पूर्ण जिम्मेवारी लिन सक्दैन भने पनि न्युनतम रुपमा पाठ्यक्रम, पाठ्यपुस्तक, परीक्षा प्रणाली, मूल्यांकन पद्धति, भौतिक संरचना र शुल्कमा राज्यले तत्काल नै कडाईका साथ एकरुपता ल्याउन सक्नुपर्दछ ।

झट्ट हेर्दा यो अलि कठिनाईपूर्ण कार्य हो जस्तो लाग्न सक्छ । यस सन्दर्भमा क. लेनिनको एक सम्वादलाई यहाँ सम्झनु वडो सान्दर्भिक हुने छ । कमरेड लेनिन पहिलो पटक पक्राउ पर्दा उनलाई लिएर जाने प्रहरी अधिकृतले सोधेका थिएरे, “कि तिमीले यस्तो दुस्साहस किन गरेको ? तिमीलाई थाहा छैन तिम्रो अगाडि ठूलो पर्खाल उभिएको छ भन्ने कुरा ?” त्यसको प्रतिउत्तरमा क. लेनिनले यसो भनेका थिएरे “मलाई राम्रोसँग थाहा छ, मेरो अगाडि ठूलो पर्खाल उभिएको छ । र मलाई यो पनि अझ राम्रोसँग थाहा छ कि यो पर्खाल यति पुरानो र मक्किएको छ यदि यसलाई एक मुक्का प्रहार गर्ने हो भने यो गल्र्यामगुर्लुम ढल्छ । यसकारण मैले यो साहस गरेको ।”

हो आज हामीले पनि समाजवाद निर्माण गर्ने महान अभियानमा कमरेड लेनिनले भने झैं साहस गर्ने वेला भएको छ । त्यही प्रकारको आट गर्ने वेला भएको छ । सामाजिक क्रान्तिको उपलब्धीलाई संस्थागत गर्ने हो भने शिक्षामा क्रान्ति ल्याउनु अनिवार्य भएको छ । जसको लागि अव हामीले निम्न सवालमा जोड दिनु पर्ने छ ।

१. हाम्रो शिक्षासँग अनिवार्य सीप जोडिनुु पर्दछ । सीप श्रममा बदलिनु पर्दछ । श्रम गरेकोमा गौरव गर्ने संस्कार सँस्कृति विकास गर्नुपर्दछ । हाम्रो शिक्षित जनशक्ति वजारमा विक्न सक्ने र समाजमा टिक्न सक्ने खालको हाम्रो शिक्षा नीति हुनु पर्दछ ।

२. गरीवी हाम्रो सामू अवरोधक भएर अएको छ । त्यो गरीवीसँग लडाई लड्नु परिरहेको छ । त्यो गरिवी हटाउनु भनेको व्यक्तिलाई सशक्तिकरण गर्नु हो, सवल र सक्षम वनाउनु हो । तर आज हाम्रो विश्वविद्यालयीय शिक्षाले केही गर्न सक्ने भन्दा पनि केवल पढ्न र लेख्न सक्ने मात्र शिक्षा दिइरहेको छ । अव हामीले खोजेको शिक्षा केवल साक्षरता मात्र होइन ? अव केही गर्न सक्ने शिक्षा आजको आवश्यक्ता हो ।

३. प्राविधीक शिक्षालाई विद्यालयीय शिक्षाबाट नै अनिवार्य बनाउनु पर्दछ । आजकाल प्राविधिक शिक्षाको वडो चर्चा हुने गरेको छ । तर हाम्रो प्राविधिक शिक्षा केवल प्रविधी र मेसिनको प्रयोग गर्ने खालको मात्रमा सिमित रहेको छ । आज पाइलट वन्नु, डाक्टर वन्नु, ड्राइभर वन्नु मात्र चाही प्राविधीक शिक्षा भैरहेको छ । र राज्यको लगानी पनि त्यसमा केन्द्रीत भैरहेको छ । अव हामीले त्यसका क्षेत्रलाई व्यापक रुपमा फराकिलो पार्नु परेको छ । अव मेशिन र प्रविधिको प्रयोग मात्र होइन नयाँ नयाँ मेशिन र प्रविधी निर्माण गर्ने तर्फ पनि ध्यान जानु अनिवार्य भएको छ । पाइलटसँगै हवाइजहाज वनाउने, ड्राइभर सँगसँगै गाडि निर्माण गर्ने, डाक्टरसँगै औषधी र प्रविधि निर्माण गर्ने शिक्षा नीति आवश्यक भएको छ ।

४. श्रमको मूल्य भएको र उद्यमशिल वातावरण निर्माण गर्ने खालको शिक्षा नीति हुनु पर्दछ । आज शहरमा कुकुरलाई साँझ विहान सडक पेटिमा फोहोर गराउदै डुलाउनुमा चाँही शान हुन्छ तर एउटा फार्ममा वाख्रा चराउनु चाही निचता भैरहेको छ । त्यो पकारको संस्कृति निर्माण हुन दिनु हुदैन । डाक्टर, पाइलट, कुक, ड्राइभर वा कृषक जे भए पनि श्रम गरेकोमा सम्मान पाउनु पर्दछ । अव हाम्रा आर्शिवादमा पनि परिवर्तन गर्नु पर्दछ । गराई खाएस होइन गरि खाएस हुनु पर्दछ ।

५. हाम्रो शिक्षा नीति संसारलाई हेर्ने, बुझ्ने र त्यसको व्याख्या गर्ने मात्र होइन, संसारलाई अझ उन्नतस्तरमा वदल्ने खालको दर्शनमा आधारित हुनु पर्दछ ।

६. आदर्श, निष्ठावान, दक्ष, सक्षम, उत्पादक र राष्ट्रभक्त नागरिक निर्माण गर्नु हाम्रो शिक्षाको मूलभूत उद्देश्य हुनु पर्दछ । शिक्षा मानव जीवनको व्यहारसँग निरन्तर गासिनु पर्दछ । वेला वेलामा जनताको जीवनसँग पनि हाम्रो शिक्षा जाचिनु पर्दछ । समाजलाई पनि एक पाठशाला मानी मूल्यांकन पद्धति हुनु पर्दछ । यस सन्दर्भमा कमरेड माओको भनाईलाई सापट लिनु सान्दर्भिक हुनेछ । “माक्र्सवाद कितावमा मात्र छैन । जीवनमा पनि छ । सिङ्गुवा विश्वविद्यालयमा विज्ञान र इञ्जिनियरिङ संकायसँगै कारखानालाई जोडिएको छ । विद्यार्थीले त्यहाँ किताव र काम दुवैबाट सिक्छन् । तर कला संकायका लागि भने साहित्य कारखाना, इतिहाँस कारखाना, अर्थशास्त्र कारखाना, अथवा उपन्यास कारखाना वनाउन सक्दैनौं । यिनीहरुको लागि सम्पूर्ण समाज नै कारखाना हो । यी संकायका विद्यार्थीहरु किसान र मजदुरसँगै हातेमालो गर्नुपर्दछ । सँगै कृषि र उद्योगमा पनि खट्नु पर्दछ । त्यसो नगरीए उनीहरुको ग्राजुयशनको कुनै तुक छैन । जस्तै कानुनका विद्यार्थीहरु समाजमा हुने अपराध वारे अनविज्ञ भए उनीहरु कानुनका कामलाग्दा विद्यार्थी हुनै सक्दैनन् । समाज नै तिनीहरुको कारखाना हो । विज्ञ र शिक्षित मानिसको पहिलो कर्तव्य भनेको कामदार, किसान र जनताबाट सिकेर आफूलाई शिक्षित पार्नु हो ।”

यो जनतालाई केन्द्रमा राख्ने पद्धति हो । जनता नै ठूलो पाठशाला हो । यो नै वास्तवमा जनवादी शिक्षा हो । तसर्थ निश्चित अवधि पढीसके पश्चात केही समय न्युनतम पारिश्रमिक समेत दिने गरी जनताको सेवा विद्यार्थीहरुलाई पठाइनु पर्दछ ।

२५ वर्षसम्म पढ्ने, २५ वर्ष काम गर्ने र २५ वर्ष रिटार्यड हुने सामाजिक पद्धतिलाई वदलेर अव हरेक व्यत्तिले ४ घण्टा अध्ययन, ८ घण्टा काम, ४ घण्टा मनोरञ्जन र ८ घण्टा आराम गर्ने परिपाटीको स्थापना गर्नुपर्दछ ।

९. गुटवन्दी त्यागौं–उचित जिम्मेवारी वाडौं, नीति, निर्णय र नेतृत्व स्थापित गरौं 

हाम्रो लक्ष्य समाजवाद हुदै साम्यवादमा पुग्ने हो । साम्यवाद त्यो चिज हो जसलाई रटेर सिकीदैन र सिकिदैमा मात्र पुगिदैन । योग्यता अनुसार काम र काम अनुसारको दाम पाउने अवस्थामा हाम्रो राष्ट्रलाई पु¥याउनु पर्नेछ । जसको लागि सुदृढ एमाले र सशक्त युवा संघ हुनुपर्ने छ । गैरमानवलाई मानव वनाउने काम, असमानतालाई समानता बनाउने कार्य कम्युनिष्टले गर्छ । किर्ते जालसाझी झेलवखेडाको सदैव कम्युनिष्ट पार्टी विरोध गर्छ । किर्ते गरेर जालझेल गरेर षडयन्त्र गरेर न्यायपूर्ण समाज निर्माण गर्न सकिदैन । त्यस प्रकारको प्रवृति फस्टाउनु भनेको गैर कम्युनिष्ट कार्यशैलीको विकास हुनु हो जसले संगठनलाई गुणात्मक रुपमा कमजोर पारिरहेको हुन्छ । संगठनभित्र वेलावखतमा देखापर्ने साँस्कृतिक विचलनले गर्दा आवसरवाद हामी भएको पाइन्छ । पद पाउदा मात्र काम गर्ने नत्र असहयोग गर्ने, सदैव अवसरको खोजीमा भौतारिने तर पार्टी काममा ध्यान नदिने, आवश्यक्ताभन्दा वढी आलोचना गर्ने, आफ्नै कमरेडसँग कमरेडेली व्यवहार प्रर्दशन नगर्ने, कमिटी बाहिर कुरा काट्ने, गुट–उपगुट निर्माण गर्ने, मनपर्दा देवत्वकरण गर्ने, नपर्दा नाङ्गेझार पारेर खुइल्याउने प्रवृतिको भण्डाफोर गर्दै अन्त्य गर्नुपर्दछ । आलोचनालाई नपचाउने, सजिलो काम गर्न हौसिने अफ्ठेरो कामबाट पन्छिने प्रबृतिलाई निरुत्साहित गर्नुपर्नेछ । काम गर्नेलाई सम्मान र पुरस्कारको वातावरण सिर्जना गर्नुपर्दछ । एकतावद्ध संगठन र सशक्त युवा संघ वनाउनु पर्छ ।

विश्वमा कम्युनिष्ट पार्टी स्थापनाका २०० वर्ष पुरा हुदैछ । हामी कार्ल माक्र्सका द्वीशतवार्षिकी मनाउदै छौं । विश्व एक्काईसौं शताव्दीमा हिड्दै छ । २०औं शताव्दीमा विश्व कम्युनिष्ट आन्दोलनमा नीकै महान उपलब्धीहरु भएका देखिन्छन् । त्यही समयमा नै लेनिन, स्टालिन तथा माओ जस्ता महान नेताहरु पैदा भएका थिए भने विश्वभरी हजारौं कम्युनिष्ट नेताहरु उत्पन्न भएका थिए । संसारभरि नै हल्लाउने गरी रुस, चीन, पूर्वि युरोप, दक्षिणपूर्वी एसिया र ल्याटिन अमेरिकका कयौं देशहरुमा समाजवादी क्रान्तिहरु भएका थिए । उनीहरु समाजवादको वाटोमा अग्रसर थिए र त्यो विश्वभरि समाजवादी समाज निर्माण गर्ने महत्वपूर्ण आधार वन्दै थियो । तर उक्त उपलब्धी इतिहासको विरासतमा सिमित हुदै गइरहेको छ । पहिले समाजवदी देश भनेर विश्व कहलिएको देशमा पनि पुजिवाद पुनःस्थापित भएको छ र विश्व कम्युनिष्ट आन्दोलनले यतिखेर रक्षात्मक हुनुपरेको छ, अस्तित्वको लडाई लडिरहुनु परेको छ । यो स्थीतिलाई विश्वभरका साम्राज्यवादीहरुले कम्युनिष्ट आन्दोलन र समाजवादको सधैंका लागि हार भएको अनि विश्वमा त्यसको कुनै भविश्य नभएको मीठो सपनाको रुपमा एक्काइसौं सताव्दीको उपहारको रुपमा लिइरहेका छन् ।

यस्तो विश्वपरिस्थितिका वावजुत नेपालमा कम्युष्टि पार्टीको वाहुल्यता र बहुमत जनमत रहेको छ । नेपाली कम्युनिष्टहरु एकिकृत हुने ठाउँमा दिनप्रतिदिन फुटपरस्त हुदै छन् । अव यो प्रक्रियालाई रोक्नुछ, एकिकृत कम्युनिष्ट पार्टी अनि ठुलो आकर्षक र जनप्रेमी पार्टी वनाउनुछ, २१औं सताव्दीको विश्वलाई लिड गर्ने माक्र्सवादी विचार जनताको वहुदलीय जनवाद हो भन्ने कुरा स्थापित गर्नुछ र विश्वका सर्वहारा श्रमजिवी जनताले आशा गर्न सक्ने नेतृत्व पनि यसै २१औं सताव्दीमा जन्माउने अठोट गर्नुछ । माक्र्सवादलाई अझ उच्च तवर समृद्ध पार्नुछ, ठुलाठुुला सालिक होइन, नयाँ नयाँ मान्छे निर्माण गर्नुछ । त्यसको निम्ति एकतावद्ध युवा संघको खाँचो छ र नीति निर्माणमा एकढिक्का हुने संकल्प गर्नुछ । विश्व श्रमजिवी वर्गको नेता हाम्रै वीचमा निकाल्ने अठोट गर्नुछ । हो त्यसैले तुच्छ गुटवन्दी त्याग्नु पर्छ । लडाई पुँजीवाद र समाजवाद वीच हो नाथे पदीय लोपसँग होइन । सवैलाई उचित जिम्मेवारी प्रदान गर्नुपर्छ । जिम्मेवारीलाई निरन्तर गतिशिल चेनको रुपमा लिई एकै व्यक्तिलाई कार्यकालको पूर्ण अवधीभर एकै जिम्मेवार दिने होइन निरन्तर फेरवदल गर्दै अगाडि वढ्नु पर्छ । राज्यको संयन्त्र अनुसार हाम्रा संगठनका विभाग र नेतृत्वको जिम्मेवारी हुनुपर्दछ । राज्यको अभ्यासबाट पनि सिक्नुपर्दछ । जस्तो कि कुनै सिडिओ, कार्यालय प्रमुख वा सचिवहरुलाई निश्चित अवधीको लागि मात्र निश्चित ठाउँको जिम्मेवारी दिइने गरिन्छ । उनीहरुलाई त्यसो गर्दा लामो अनुभव हासिल गर्ने मौका प्रदान भएको हुन्छ । हो अव हाम्रा विभागीय प्रमुखहरु, जिल्ला इञ्चार्जहरुलाई पनि प्रतिवर्ष एक क्षेत्रबाट अर्को क्षेत्रमा जिम्मेवारी दिदै कामको मूल्यांकन गर्नुपर्दछ । को आफ्नो को विरानो नठानी जिम्मेवारी वाड्नु पर्छ, निरन्तर मुल्यांकन गर्नुपर्छ, दण्ड र पुरस्कार गर्नुपर्छ जिम्मेवारीलाई उचित तवरले पुरा गर्नैपर्छ । हामी एकढिक्का हुदा हामीबीचबाट नै गतिशिल विचार र आशालाग्दा नेता जन्माउन र स्थापित गर्न सकिन्छ ।

१०. आगामी वर्ष, उत्सव र हर्ष

यो अभियान सञ्चालन गरिने छ । आगामी तीन वर्षे कार्यकालमा माथिका नारालाई साथ दिने कार्यक्रमहरुको तर्जुमा गरिने छ ।

जस्तै ः

१) उद्यमशिलता, युवा आन्दोलन र आगामि कार्यभार कार्यदिशाका विषयमा संघको ७५ वटा जिल्ला कमिटी स्तरीय वृहत अन्तरक्रिया आयोजना गर्ने ।

२) राष्ट्रिय सद्भाव, एकता, भातृत्व र सहिष्णुताको सन्दर्भमा एक जिल्ला एक साँस्कृतिक कार्यक्रम आयोजना गर्ने ।

३) शैक्षिक प्रमाण पत्रलाई धितो जमानत राखेर कर्जा प्रवाहको नीतिको लागि दवाव सिर्जना गर्ने । सो रकम वापत निश्चित तोकिएको क्षेत्रमा मात्र लगानी गर्न एजेण्डा तयार गर्ने ।

४) श्रमको सुचना युवालाई प्रदान गर्नेगरी श्रम सुचना केन्द्रको स्थापना गर्ने ।

५) चन्दा नउठाउने युवा संघ निर्माण गर्न दीर्घकालिन आर्थिक श्रोत खोज्ने । जस्तै ः पार्टीको नवयुग जस्तै युवा मासिक, राष्ट्रिय सञ्चार सञ्चालनको योजना वनाउने ।

६) सरकारी काममा कर्मचारीको ढिलासुस्ती र भष्ट्राचार विरुद्ध प्रभावकारी कामको थालनी गर्ने र कालोवजारी विरुद्ध अभियान निर्माण गर्ने ।

७) युवा उद्यमीहरुको राष्ट्रिय भेला गर्ने उत्कृष्ट व्यवसायिको सफलताको कथा प्रदर्शनी गर्ने ।

८) राष्ट्रिय उत्पादनलाई महत्व दिदै घरेलु उद्योग (साना उद्योग) उत्पादनको प्रदर्शनी गर्ने ।

९) सदस्यता विस्तार गर्ने, वरिपरी घुम्नेलाई भन्दा काम गर्नेलाई जिम्मेवारी र सत्पात्रलाई चिन्ने थाम्ने र खलपात्रलाई डाम्ने कार्य गर्ने । घुन प्रवृतिको अन्त्य गर्ने ।

१०) नियमित प्रशिक्षण आयोजना गर्ने केन्द्रदेखि गाउँ तहसम्म । हामी वडो दर्कने पानी जस्ता भएका छौं जसबाट मूल फुट्ने होइन वरु पहिरो जाने सम्भावना वढी छ, हामीलाई सिमसिमे पानीको जरुरत छ जो गहिरो गरी भिजोस चिसो वसोस र मूल फुटाओस ।

११) संविधान कार्यान्वयन र कार्यान्वयनका लागि आधार प्रस्तुत गर्ने कार्ययोजना पेश गर्ने । तत्काल संविधानमा प्रावधान भएअनुरुपको प्रान्तीय कमिटी र राज्य पुनःसंरचना आयोगले सिफारिस गरेअनुरुपको स्थानीय तहको संगठन निर्माण गर्ने ।

१२. युवा राष्ट्र निर्माण कोष स्थापना गर्ने, जसको नारा रु १ राष्ट्रको लागि मेरो लगानी सदाका लागि रहने छ । जसमा युवाको लगानी वरावर राज्यको अनुदानको ज्ञारेण्टी गर्ने ।

१३. राष्ट्रिय गौरवका आयोजनामा जनता भन्ने नाराका साथ प्रत्येक नेपाली जनतालाई अनिवार्य रु. १ हाजरको शेयर राज्यले प्रदान गर्ने र त्यति नै वरावरको रकम जनताबाट थप्ने गरि जनता समृद्धि अभियान सञ्चालन गर्ने ।

१४. विपद सामना फोर्स निर्माण गर्ने । प्राकृतिक विपत्ती र क्षेतिलाई न्यूनिकरण गर्ने, अध्ययन गर्ने र रोकथामको उपाय सिर्जना गर्ने जनशक्ति निर्माणमा जोड दिने गरी एक फोर्स निर्माण गरौं । जलवायु परिवर्तनको हिसावले विश्वको चौथो जोखिमपूर्ण देश, भुकम्पमा ११ औं, वाढीमा २० औं, अन्यमा ३० औं जोखिम स्थानमा रहेको छ ।

१५. डेभलभमेन्ट फार्सको स्थापना गर्ने । जसले विकास निर्माण र उद्योग कलकारखाना सञ्चालन, उर्जा लगाएतको क्षेत्रमा योगदान गर्नेछ ।

१६.जहाँ युवा त्यहाँ युवा संघको अभियानलाई तिव्रता दिइने छ र युवा संघलाई महाँसंघिय ढाँचामा लगिने छ ।

नेपालमा युवा खपत हुने क्षेत्रहरु कहाँ कहाँ छन् तिनको निरन्तरको खोजि गरिने छ । जस्तो ः प्लम्बीेङ्ग, हाउस वाइरिङ,व्युटिसियन, ट्रेकिङ्ग गाइड, कुकिङ, सामाजिक परिचालक, सरसफाई, वर्कसप, निर्माण क्षेत्र, यतायात तथा ड्राइभिङ, कृषि, सञ्चार, औद्योगिक क्षेत्र, कर्मचारी क्षेत्र, शिक्षक तथा आइटी, खेलकुद, विमा, शेयर मार्केट, इ–मार्केट (कमर्श), कृषि, स्वारोजारको क्षेत्रमा, व्यवसायी तथा उद्यमीको क्षेत्रमा संगठनको पहुच विस्तार र कमिटी निर्माण गरिने छ ।

१७. राष्ट्र राष्ट्रियता र वैदेशिक हस्तक्षेपको विरुद्धको खवरदारी र पहरेदारीको रुपमा युवा संघलाई खरो रुपमा उपस्थित गराउने । असमान सन्धी सम्झौताको उत्खनन युवामा सचेता र खारेजीको लागि निरन्तर सम्वाद र अन्तरक्रिया, सिमा स्तम्भ, कोशी व्यारेज, लिपुलेक लगाएतका विषयलाई प्रधानता दिने ।

जुन कार्यको लेखाजोखा गर्ने काम कार्यालयको हो । तसर्थ अव हाम्रो कर्यालय अझ व्यवस्थित बनाईनु पदर्छ ।

कार्यालय व्यवस्थापन

काम गर्ने थलो, नेता कार्यकर्ताको भेटघाट हुने स्थान, संगठनको समस्त अभिलेख राखिने ठाउँ, नीति योजना निर्माण तथा बैठक सञ्चालन गरिने ठाउँ, सुचना प्राप्त गर्ने थलो, युवा तथा जनताको समस्या समाधान गरिने व्यवस्थित कमिटी प्रणालीको भौतिक रुप नै वास्तवमा कार्यालय हो ।

अब हाम्रा कार्यालयहरु

१.जनता र युवाहरु एक पटक पुग्नै पर्ने चासोको विषय वन्नुपर्छ ।

२. जनचासोका विषय, विकास निर्माणका, रोजगारीका क्षेत्रका सुचनाहरु कार्यालयमा हुनुपर्दछ ।

३.सुचनाको हक सम्बन्धि कुराहरु हाम्रा कार्यालयका भित्तामा र नेताका दिमागमा र डायरीमा रहनु पर्दछ । जस्तो कुन क्षेत्रमा बजेट कति गएको छ, सो वजेट कसरी कार्यान्वयन भइरहेको छ ? समयमा पूरा भएको छ कि छैन किन र कसरी ? भन्ने कार्य निरन्तर गरीरहने ।

४. सदस्यको व्यवसायलाई सहयोग गर्ने नेटवर्किङ्ग स्टाइल अपनाउने, सदस्यलाई विभिन्न व्यवसायिक तालिम दिने व्यवसायिक सहायोग केन्द्रको रुपमा रहनु पर्दछ । ज्भउि मभकप को रुपमा रहनुपर्दछ ।

५. समाजमा योगदान गर्ने, नमुना काम गर्ने संघ संस्था विद्यालय, कृषक तथा व्यक्तिहरुलाई सम्मान गर्ने त्जबलपष्लन अगिद को रुपमा हाम्रो कार्यालय रहनु पर्दछ ।

अन्त्यमा,

पदिय दायित्व गौण कुरा हो, हामी जुन ठाउँमा छौं त्यहीबाट समाजको प्रगतिशिल रुपान्तरणमा योगदान गर्न तयार हुनुपर्दछ । त्यसपछि हामीले पद होइन पदले नै हामीलाई खोज्दै आउने छ । यसर्थ कमरेडहरु, म होइन हामी, श्रेय लिने होइन दिने, अह्राउने होइन सिकाउने, हाकिम होइन नेताको रुपमा काम गर्नुपर्छ । अध्ययनको विकास गर्नुपर्छ । समयको मूल्यांकन गर्नुपर्छ, नियमित परिस्कृत सुसंस्कृत हुने हिम्मत गर्नुपर्छ । यसो गर्दा मात्र जनता र सिंगो युवा संघकै विकास हुन्छ । हामीसँग गर्विलो इतिहास छ, चुनौतिपूर्ण वर्तमान छ र आशालाग्दो भविष्य छ । यसर्थ हामीले चुनौतिका भिमकाय पहाड फोर्नु छ जसबाट भविष्यको सुनौलो ढोका खोल्नु छ । जुन काम हामी बीचको एकता, सहकार्यबाट सम्भव छ । तसर्थ हामीस“ग भएको नकारात्मक कुराहरु(अवगुणहरु)लाई घटाऔं, सकारात्मक कुराहरुलाई बढाऔं, हाम्रो एकता र निरन्तरतालाई गुणात्मक ढंगले बृद्धि गरौं अनि जिम्मेवारीलाई सहितवरले बाँडफाड गरौं । इतिहाँस निर्माण गर्ने जिम्मा हाम्रै हो । भविष्य हाम्रो हातमा छ ।

                                                                                                         (लेखक, युवा संघ नेपालको  केन्द्रीय सदस्य भइसकेका व्यक्ति हुन् )

यस बिषयमा तपाइको प्रतिक्रिया...!