कर्णाली प्रदेश सभा बैठक: सरकारका निती तथा कार्यक्रममाथि छलफल

Posted on: 25 Apr, 2018

वैशाख १२, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको निती तथा कार्यक्रममाथि मंगलबारदेखि छलफल सुरु भएको छ । 

प्रदेश सभाको बैठकमा सांसदहरुले निती तथा कार्यक्रममाथि छलफल गर्दै स्वागत योग्य भएको बताएका छन् । उनीहरुले अब कार्यान्वयमा जोड दिन प्रदेश सरकारलाई ध्यानाकषर्ण गराएका छन् । सरकारले अब बजेट ल्याउँदा निती तथा कार्यक्रमलाई केन्द्रित गरेर प्रदेश सरकारको गरिवी र बेरोजगारी हटाउने र प्रदेशको उत्तरी नाका खोल्ने विषयमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् । पहिलो पटक ल्याएको निती तथा कार्यक्रम ऐतिहासिक भएको उनीहरुले बताएका छन् ।

नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेलले निती तथा कार्यक्रम केन्द्रित बजेट ल्याउने कुरामा ध्यान दिनुपर्ने बताए । स्रोत र साधानले विपन्न भएकाले प्रदेशले के गर्न सक्छ भन्छौँ भनेर पहिचान गरेर प्राथमिकता दिनुपर्नेमा उनले जाड दिए । उनले निती तथा कार्यक्रममा अस्थायी संरचना बनाउनेमा प्राथमिकता दिएको भन्दै प्रदेशको समृद्धिका लागि स्थायी संरचना गराउन जरुरी रहेको बताए । बजेट ल्याउँदा संरचना विनाको बजेट सकारात्मक हुन गम्भिर भएर लाग्नुपर्ने जोड दिए ।

सांसद धर्मराज रेग्मीले निती तथा कार्यक्रम केन्द्रित भएर अब बजेट ल्याउनुपर्नेमा जोड दिए । उनले प्रदेश सरकाले कानुनको संरचना बनाउन सचेत हुनुपर्ने र सांसदहरुसंग पनि समन्वय गर्नुपर्नेमा जोड दिए । उनले निती तथा कार्यक्रमको कार्यान्वयनमा जोड भन्दै भन्दै  गरिवी र बेरोजगारी हटाउन कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित भएर बजेट ल्याउन आवश्यक ल्याउनुपर्ने बताए ।

सांसदले देवी वलीले निति तथा कार्यक्रम अबको पाँच वर्षको कार्यकाल सफल गराउने संकेत भएको भन्दै अब कार्यान्वयनको महत्वपुर्ण हुने बताईन् । उनले बालबाबिबाह बहुविवाह अन्त्य र महिला हिंसा अन्त्य गर्ने निती तथा कार्यक्रम ल्याउनुपर्ने बताईन् । उनले प्रदेश सरकाले प्रदेशका उत्तरी नाका खोल्ने कामलाई अब ल्याउने बजेटमा प्राथमिकता दिनपर्नेमा जोड दिईन् ।

सांसद अमरबहादुर थापाले पनि प्रदेशको उत्तरी नाका खोल्नुर्पेमा जोड दिए । उनले उत्तरी नाका हिल्सा र नाक्चेनाग्ला र हिल्सालाई प्राथमिकता दिनुपर्ने र उत्तरी नाका र प्रदेशको राजधानी जोड्न तेलपानीसुर्खेत, मुगुहुँदै नाक्चेनाग्लाको सडक निर्माणमा ध्यान दिनुपर्ने बताए ।कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७४/७५ को तीन महिनाका लागि ल्याएको नीति तथा कार्यक्रममा पर्यटन, जलविद्युत, कृषि र जडीबुटीलाई सम्भावनाको रुपमा औँल्याउँदै प्रदेशको विकास र समृद्धिका लागि सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरिएको छ ।

निती तथा कार्यक्रममा भौतिक पूर्वाधार, सडक, पर्यटन र जलविद्युत्को विकासलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ । प्रदेश सभा बैठक बुधबार १ बजे बस्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!