देशैभर शुद्ध खानेपानीको अभाव हुन दिन्न: प्रधानमन्त्री

Posted on: 02 May, 2018

वैशाख १९, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले देशैभर शुद्ध खानेपानीको अभाव हुन नदिने बताएका छन् ।

दमकमा बुधबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले दमकमात्रै नभएर देशैभरका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने बताए ।

प्रधानमन्त्री ओलीले दमक-रवि बहुवर्षीय सडक योजनालाई द्रुतरुपमा अगाडि बढाउने बताउँदै दुई लेनको सडकले मेची राजमार्गसम्म जोड्ने बताए । उनले १ नम्बर प्रदेशको राजधानी जहाँ भए पनि व्यापारिक हबको रुपमा दमकको विकास गर्ने बताए ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नै दमक नगरपालिका परिसरमा धिमाल जातिको प्रतिमा अनावरण गरेका छन् । दमक नगरपालिकाले २०७४ असोज ३० गते नगर सभाबाटै प्रतिमा राख्ने निर्णय गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!