विवेकशील साझाका प्रदेश संयोजकसहित १२ जना पक्राउ

Posted on: 12 May, 2018

वैशाख २९, बुटवल । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको राजकिय भ्रमणमा रहेकै बेला 'मोदीलाई स्वागत छ, तर नाकाबन्दी बिर्सिएका छैनौं' भन्ने प्ले कार्ड सहित पर्दर्शनरत विवेकशील साझा पार्टीका प्रदेशका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बुटवलको पुष्पलालपार्कमा प्रदर्शन गर्ने क्रममा विवेकशील साझाको ५ नम्बर प्रदेश संयोजक अनुपमान सैंजू सहित एक दर्जन नेता कार्यकर्ता पक्राउ गरेको हो ।

उनीहरुले विवेकशील साझाको केन्द्रीय कार्यालयमा राखिएको ब्यानर प्रहरीले हटाएको भन्दै विरोध सहित प्रदर्शन गरेका थिए । उनीहरुले बुटवलको ट्राफिकचोकबाट पुष्पलालपार्कसम्म पर्दर्शनको क्रममा प्रहरीले प्रदर्शनकारीहरुलाई हस्तक्षेप गरी पक्राउ गर्नुका साथै ब्यानर समेत खोसेको थियो ।

केन्द्रीय कार्यालयमा पनि शुक्रबार सोही नारा अंकित कालो ब्यानर टाँगिएको थियो। तर, सो ब्यानर  प्रहरीले खोसेपछि केन्द्रीय कार्यलयमा पार्टीका शीर्ष नेताकै सहभागितामा बेलुनमा उक्त नारा टाँगेर उडाइएका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!