विप्लवद्वारा भरतपुरमा बम विस्फोट

Posted on: 13 May, 2018

वैशाख ३० चितवन | चितवनको भरतपुर ओरालोनजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आज बिहान ३:४५ बजेको समयमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेट विस्फोट गराएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार विस्फोटबाट भाटभटेनीको पछाडि भागको सिसा फुटेको छ । 

अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक थापाले विस्फोट गर्ने एक जनाको पहिचान भएको र खोजी जारी रहेको बताउनुभयो । मोटसाइकलमा आएका दुई जनाले बम विस्फोट गराएको उहाँले बताउनुभयो । 

विप्लब नेतृत्वको बन्दको हल्लाले आज चितवनमा फाट्टफुट्ट मात्रै सवारी चलेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!