एमाले–माओवादीबीचसहमति जुट्यो, यसरी हुदैछ भोलि नै पार्टी एकता

Posted on: 16 May, 2018

जेठ २, काठमाडौं । मदन भण्डारीको २५औं स्मृति दिवसको अवसर पारेर एमाले र माओवादीले पार्टी एकता गर्ने अन्तिम तयारी गरेका छन् ।


बुधबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच वार्ता भएपछि एकता सहमति जुटेको हो ।

सम्भवत भोलि मदन भण्डारी स्मृति दिवस कै दिन एकता घोषणा हुनेछ । 

मदन भण्डारी स्मृतिको एमालेले गर्ने कार्यक्रममा माओवादी शीर्ष नेताहरुलाई बोलाइएको र दिउँसो पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ। साँझ ५ बजे पत्रकारसम्मेलन गरेर पार्टी एकताको घोषणा गर्ने तयारी भएको माओवादी उच्च स्रोतले बताएको छ। सम्भव भए भोलि नै एकीकृत पार्टी ‘नेकपा कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने तयारी रहेको छ ।

आज विहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच अन्तिम छलफल भएपछि भोलि पार्टी एकता गर्ने सहमति बनेको हो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच वार्ता भएको थियो  । 

पार्टी एकता घोषणाका लागि दुवै पार्टीले आन्तरिक तयारीमा जुटेका छन् । यसका लागि दुवै पार्टीले आन्तरिक तयारी शुरु गरेका छन् ।

आज साँझ चार बजे एमालेले स्थायी समिति र माओवादीले केन्द्रीय कार्यलय सचिवालयको वैठक आव्हान गरेका छन् ।

दुई अध्यक्ष ओली र प्रचण्डबीच थुप्रै वान टु वान वार्ता भएपछि एकअर्काप्रति विश्वासको वातावरण नबन्दा एकता हुन सकेको थिएन ।

यही कारण वैशाख ९ मा गर्ने भनिएको एकता हुन सकेन । यसबीचमा सचिव सरुवादेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका उच्चस्तरीय वार्ताहरुमा आफ्ना मन्त्रीहरुको सहभागिता नगराएको भन्दै माओवादी नेतृत्वले असन्तुष्टि जनाएका थिए । बेलाबेला दुई दलबीच खटपट पनि देखियो थियो।  आजको बसेको बैठकले दुबै पार्टीबीच सहमति जुटेको हो |

पार्टी एकता घोषणा गर्नुअघि एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । सम्भवत यो नै अन्तिम बैठक हुनेछ ।

माओवादीले पनि बैठक बोलाएको छ । एकीकृत पार्टीको नाम ‘नेकपा कम्युनिष्ट पार्टी’ राख्ने सहमत दलहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेका छन् । यद्यपि यो संख्या केही बढ्न सक्ने एमाले र माओवादी नेताहरुले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!