एमाले र माओवादी पार्टी विघटन गर्न छुट्टाछुट्टै बैठक, पार्टी एकतामा प्रचण्डकै साइत

Posted on: 17 May, 2018

जेठ ३, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता आज हुँदैछ, यसअघि एकताको लागि एकीकृत पार्टीको विधान अनुमोदन भएको छ । 

एकता संयोजन समितिको बैठकले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेर विधान अनुमोदन गरेको हो ।

दुई पार्टीबीच आजै एकता हुने भएकाले दुवै पार्टी एमाले र माओवादी पार्टी विघटनका लागि छुट्टाछुट्टै केन्दूीय समितिको बैठक बसेको छ ।

एमालेको बैठक बालुवाटारमा बसेको छ भने माओवादी केन्द्रको बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको छ । दुई पार्टीको संयुक्त केन्द्रीय समितिको बैठक बसेर आज बेलुका नै नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी छ । 


यस अघि आज विहानै मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै मदन आश्रति स्मृति दिवसकै दिन पार्टी एकता गर्ने प्रस्ताव आफ्नै रहेको प्रचण्डले खुलाशा गरेका थिए । उनको अभिव्यक्तिसँगै प्रचण्डले बुधबार अघिनै पार्टी एकताको लागि उपयुक्त  साइत कुरेको बुझिएको छ । कतिपयले प्रचण्डले आजको साइत हेर्नुलाई अर्थपूर्ण र एमालेको मन जित्ने उपयुक्त दिन रोजेको भन्दै टिप्पणी गरेका छन् । 

प्रचन्डले आज साँझ मदनको स्मृतिमा दीप प्रज्वलन समेत गर्ने भएका छन् । आज पार्टी एकीकरणको कार्यक्रम सकेर प्रचण्ड कोटेश्वरस्थित मदन भण्डारी बाटिकामा पुग्नेछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!