एमाले-माओवादीले बनायो ९ सदस्यीय ‘हाइकमाण्ड’, को-को परे ?

Posted on: 17 May, 2018

जेठ ३, काठमाडौं । एमाले र माओवादी केन्द्रबीच आज एकता हुँदैछ । यस अघिनै एकतापछी पार्टीको निर्णायक काम गर्नको लागि ९ सदस्यीय हाइकमाण्ड बनाइएको छ । 

निर्णय अनुसार पार्टीको हाइ कमाण्डमा हेडको रुपमा पार्टीका दुई अध्यक्ष ओली र प्रचण्ड रहनेछन् भने बाँकी ७ जनाले पार्टीको बडीको रुपमा काम गर्नेछन् । 


प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकमा हाइकमाण्ड गठन गरेसँगै पार्टी एकताको अन्तिम तयारी हुँदैछ । हाइ कमाण्डमा विष्णु पौडेल महासचिव बन्नेछन् उनले संगठनको काम गर्ने जिम्मेवारी समेत पाएका छन् भने नारायणकाजी श्रेष्ठ प्रवक्ता बन्ने छन् । बाँकी ५ जना हाइकमाण्डका सदस्यहरुले अन्य बिषयको जिम्मेवारी सम्हालेछन् । 

यसअघि दुई पार्टीका नेता सम्मिलित एकता संयोजन समितिका आठजना र त्यसमा एमालेका उपमहासचिव विष्णु पौडेललाई थपेर नौ सदस्यीय सचिवालय गठन गर्ने निर्णय बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले गरेको हो । जसमा एमाले वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल सहित वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल रहेका छन् । 

पार्टीको पहिलो बैठक गोकर्ण रिसोर्टमा हुने बताइएको छ । 

पार्टीको ४४१ सदस्यीय केन्द्रीय कमिटी हुने र कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता राख्ने सहमति बुधबारनै भईसकेको छ । त्यस्तै एकीकृत पार्टीको स्थायी कमिटी ४३ सदस्यीय हुनेछ, जसमा एमालेबाट २५ र माओवादीबाट १८ नेता हुनेछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!