संघीयता सफल भए देशकै अस्तित्व समाप्त हुन्छः राजमो अध्यक्ष, केसी

Posted on: 20 May, 2018

जेष्ठ ६, अर्घाखाँची | पुर्ब उपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालमा संघियता सफल भएमा देशकै अस्तित्व समाप्त हुने बताउनु भएको छ । संसदमा संघियताको बिषयमानै छलफल नगरी जबर्जस्ती रुपमा ल्याइएको संघियताले देशको अस्तित्व नै समाप्त हुने भन्दै नेता केसीले  राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई खतम पार्नका लागि विस्तारवादी शक्तिहरुकोे डिजाईनमा संघियता भित्राइएको बताउनु भएको छ ।


प्रगतिशिल पत्रकार संघ नेपाल अर्घाखाँचीले आज सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा समसामुयिक बिषयबस्तुमा मनतब्य राख्दै  नेता केसीले यस्तो बताउनु भएको हो । आफुहरुले उठाएका जायज मागहरु ओझेलमा परेपनी नेपाली जनताले अन्तत संघीयतालाई खारेज गरेर नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमिकताको रक्षा गर्नेमा पार्टी विश्वस्त रहेको भन्दै सत्ताधारीहरुले परिवर्तनका कुरा जतिसुकै गरेपनि देशको राष्ट्रियता र अर्थतन्त्र संकटमा पर्दे गएकोले सबै नेपाली सचेत हुनुपर्नेमा जोड समेत दिनुभएको थियो । त्यस्तै अध्यक्ष केसीले दुई कम्युनिष्ट पार्टीको एकतालाई आफ्नो पार्टीले स्वागत गरेको भएपनी आफुहरु भने एकतामा नजाने बताउनु भएको थियो । 

कार्यक्रम प्रगतिशिल पत्रकार संघ नेपाल अर्घाखाँचीका अध्यक्ष बिनोद गैरेको अध्यक्षता,उपाध्क्ष गोपाल भट्टराईको स्वागत मनतब्य र सचिब जितेन्द्र खत्रीको सन्चालनमा सम्पन्न भएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!