तत्कालीन माओवादीबाट १९ जनाको नाम टुंगिएन, प्रचण्डलाई दबाव

Posted on: 24 May, 2018

जेठ १०, काठमाडौं । माओवादी केन्द्रको तर्फबाट स्थायी कमिटीमा समावेश गर्नुपर्ने १९ जनाको नाम टुंगो नलागेपछि नेकपाको स्थायी कमिटीले पूर्णता पाउन सकेको छैन । 

४५ सदस्यीय स्थायी कमिटीमा तत्कालीन एमालेबाट रहने २६ जनाको टुंगो लागे पनि तत्कालीन माओवादीबाट १९ जनाको नामको टुंगो नलागेपछि स्थायी कमिटीले पूर्णता पाउन नसकेको हो |

स्थायी कमिटीमा पर्नका लागि नेताहरुले प्रचण्डमाथि दबाव पारेका छन् । 

पूर्वमाओवादीबाट प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामवहादुर थापा बादल हाइकमाण्ड सदस्य छन् । त्यस्तै टोपवहादुर रायमाझी, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिवोल गजुरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, पम्फा भुसाल, अग्नि सापकोटा, मात्रिका यादव विगतको वरिष्ठताका आधारमा स्थायी कमिटीमा पर्ने निश्चित देखिएको छ ।

बाँकी ६ जनामा पर्न करीब एक दर्जन नेताहरुको प्रतिस्पर्धा छ । अमिक शेरचन स्थायी आमन्त्रित सदस्य हुने भएका छन् ।

बाँकी ६ जनाभित्र पर्न लिलामणि पोखरेल, मणि थापा, देवेन्द्र पौडेल, चन्द्रप्रसाद खनाल, कुलप्रसाद केसी, राम कार्की, हितमान शाक्य, तिलक परियार, लेखराज भट्ट, रामचन्द्र झालगायतका नेताहरुको नाममा छलफल भइरहेको स्रोतले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!