नेकपा र फोरम नेपालबीच सहमति,फोरम सरकारमा सहभागी हुने

Posted on: 28 May, 2018

१४ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपाल बीच दुई बुंदे सहमति भएको छ ।


प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली,नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब बीच करिब दुई घण्टा वार्ता भएपछि सहमती भएको हो । सहमति अनुसार फोरम नेपाल अब सरकारमा सामेल हुने भएको छ ।

सहमति अनुसार संघीय समावादी फोरम,नेपालले आन्दोलनका क्रममा उठाएका माग र मुद्धाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित बिषयहरु देश जनताको पक्षमा आपसी सहमतीका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिनेछ । सरकारद्वारा गर्न सकिने कामहरु सरकारको नीति र कार्यक्रममा समावेश गरिनेछ । यसैगरी सहमतीको अर्को बुंदामा भनिएको छ, उपरोक्त सहमतिका आधारमा संघीय समाजवादी फोरम,नेपाल सरकारमा सामेल हुनेछ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!