महिला अधिकारको लागी शसक्तिकरणको खाँचो छ: नेता महत

Posted on: 03 Jun, 2018

जेठ २० नुवाकोट । नेपाल महिला संघ जिल्ला कार्य समिति नुवाकोटले आयोजना गरेको बधाई एवं एकदिने प्रशिक्षण कार्यक्रम समपन्न भएको छ । 


नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा रहेको उक्त कार्यक्रम शनिवार नुवाकोटमा सम्पन्न भएको हो | 

उक्त कार्यक्रममा मन्तव्य राख्दै नेता महतले महिला शसक्तिकरणको आन्दोलनलाई नेपाल महिला संघले जारी राख्नुपर्नेमा जोड दिएका छन् । 


नेता महतले भने,‘नेपालको संविधानले महिलाका हक अधिकार कार्यन्वय गर्नेगरि संवैधानिक व्यबस्था गरेको छ, त्यसैले पनि केही महिला अधिकारीहरु संस्थागत भएका छन्, केही अधिकारहरु प्राप्त गर्न बाँकि छन्, त्यसको लागि महिला शसक्तिकरणको खाँचो छ, विश्वका अरु धेरै देशहरुमा हाम्रो देशको बराबर कानून बनेको छैन्, अझै पनि पुरुषवादी सोचको सिकार भईरहेका छन्, तर हाम्रो देशमा महिलाहरु मुलुकको कार्यकारी स्थानमा पुगेका छन् ।’

उनले भने,‘कुनै व्यक्तिको मात्रै न्याय हुनुपर्छ भन्ने कांग्रेसको विचार होईन, लोकतन्त्रमा सबै जनताको जीवन परिवर्तन हुनुपर्छ, सबै महिलाहरुले सम्माजन रुपमा राज्यको सुविधा उपभोग गर्न पाउनुपर्छ, संविधानले राज्यका हरेक शासकिय निकायमा ४० प्रतिशत महिला सहभागिताको सुनिश्चित गरेको छ, यसले अघि बढ्न सहज बनाएको छ, अब महिलाले आरक्षण होईन, प्रतिष्पर्धाबाटै राज्य चलाउने स्थानमा पुग्नुपर्छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!