नवलपरासीको निर्वाचन क्षेत्र न १ बाट नेविसंघमा पाण्डे चयन

Posted on: 03 Jun, 2018

श्याम थापा/सुस्ता २० जेष्ठ | बर्दघाट सुस्ता पश्चिम नवलपरासी निर्बाचन क्षेत्र नं १ "क" मा नेपाल विद्यार्थी संघ क्षेत्रिय कार्य समितिको सभापतिमा युवराज पाण्डे चयन हुनु भएको छ ।


नेपाल विद्यार्थी संघ बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र  न १ "क" को संयोजक युवराज पाण्डेको सभापतित्वमा,नेपाली काङ्ग्रेस नवलपरासीका जिल्ला सदस्य कुलदिप आचार्यको प्रमुखअतिथ्यतामा,नेपाल विद्यार्थी संघ बर्दघाट सुस्ता पश्चिम नवलपरासीका सभापति दधिराम पौडेल  र नेपाल विद्यार्थी संघ केन्द्रिय प्रतिनिधि रबिन्द्र सापकोटाको बिशेष अतिथ्यतामा भएको भेलाले युवराज पाण्डेको सभापतित्वमा १५ सदस्यीय नेपाल विद्यार्थी संघ निर्वाचन क्षेत्र न १ क्षेत्रीय कार्यसमिति गठन गरेको छ । 

जसको उपसभापतिमा भावना पाण्डे,सचिवमा प्रेम नेपाली,कोषाध्यक्षमा जयन्ती न्यौपाने र सहसचिवमा सरस्वती सुबेदी चयन हुनु भएको हो । त्यस्तै सदस्यहरुमा मनिता ढकाल,प्रभा श्रेष्ठ,शान्ति श्रेष्ठ,पुजा परियार,रिता सुनार,कल्पना पौडेल,कविता पौडेल,कविता चौधरी,कमल गुरुङ्ग र आशिष घर्ती मगर रहनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!