देश बदल्न मन र मत बदल्नु आवश्यक: रबिन्द्र मिश्र

Posted on: 13 Jun, 2018

लोकेन्द्र प्रशाद जोशी/जेठ ३० दार्चुला । बिबेकसिल साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले आफ्नै जीबनकालमै देश बदल्न जनताले मन र मत बदल्नुपर्ने बेला आएको धारणा राख्नुभएको छ । 


बिबेकसिल साझाको संगठन बिस्तार बर्ष २०७५ अन्तरगत दार्चुला सदरमुकाम खलंगामा आयोजित अन्तरक्रिर्या कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले यस्तो बिचार व्यक्त गर्नुभएको हो ।

कल्याणकारी लोकतन्त्रलाइ मार्गदर्शन गर्दै सुसंस्कृत राजनीति, समतामुलक संमृद्धि लक्ष्यकासाथ बिबेकसिल साझा पार्टीको गठन भएको मिश्रले बताउँनुभयो । असल पद्धति, पारदर्शीता, इमानदारीता, उत्कृष्टता, बिनम्रता जस्ता मूल्यमान्यताहरु अंगीकार गर्न सकेमात्रै असल देशको परिकल्पना गर्न सकिनेमा उहाँको जोड छ । जिम्मेवार नागरीक, उद्यमसिलता समाज, सेवक सरकार, कल्याणकारी राज्य र स्वाभिमानि देश निमार्ण गर्न भ्रष्टाचारको अन्त्य हुनुपर्ने मिश्रको भनाइ छ ।

बिश्वमा नेपालभन्दापनि प्रतिकुल अवस्थामा भएका देशले द्रुत गतिमा प्रगति गरेको स्मरण गराउँदै उहाँले स्रोत साधनले सम्पन्न नेपाललाइ छोटो समयमै बिकास गर्ने बिबेकसिल साझा पार्टीको उदेश्य रहेको जानकारी दिनुभयो । 

दशकौसम्म राजनीति गरेका दल र नेताहरुले स्थिर, सुसंस्कृत र बिकासमुखी राजनीतिको भरपर्दो संकेत नदेखाएको कारण अब बिकल्प खोज्नुपर्ने बेला आएको धारणा राख्नुभयो । मिश्रले पुराना पार्टीहरुको भ्रष्ट र अस्थिरको आरोप लगाउँदै बिकास गर्न नसकेकोप्रति आलोचना गर्नुभयो ।

देश बदल्न मन बदल्नुपर्ने र मन बदलिएमा मत बदलिने भएकोले समाज र राष्टको लागी सबै नेपालीले सोच्नुपर्ने बेला आएको धारणा राख्नुभयो ।

दार्चुलाको महाकाली नदी किनारमा बनिरहेको तटबन्ध नदीले काटेको ठाउँबाट निमार्ण गर्नु गलत भएको उहाँको धारणा छ । कालापानी लगायत देशका अन्तरराष्टिय सिमा बिबादबारे उच्चस्तरीय समिति गठन गरेरनै समाधान गर्न सकिने आफ्नो पार्टीको धारणा रहेको मिश्रले बताउँनुभयो ।

देश बनाउँन जनता जाग्नु आबश्यक: प्रदेश संयोजक हमाल

बिबेकसिल साझा पार्टीका प्रदेश नम्बर ७ संयोजक एबं समाजसेबि गोपाल हमालले देश बनाउँन जनताले बिकास निमार्णको बिषयमा जाग्नुपर्ने बेला आएको बताउँनुभएको छ । सारथी एफ.एमसंगको कुराकानीमा हमालले जनताले बिकासप्रति चासो नराखेकै कारण बिकास निमार्ण अहिले पछि परेको बताउँनुभयो । नेतालाइ बिकासबादी बनाउँन जनताले बिकासबादी बन्नु जरुरी रहेको उहाँको भनाइ छ ।


बिकास पहुचको आधारमा नभइ प्रार्थमिकता र सम्भाबनाको आधारमा हुनुपर्ने बताउँदै उहाँले समृद्धिको चेतना जगाउँदै स्वदेशमै भबिस्य खोज्ने अभियानमा युवाहरुले लाग्नुपर्ने आबश्यकता औल्याउँनुभयो । राजनीतिक परिवर्तनले ब्यबस्था बदलिएको धारणा राख्दै उहाँले अवस्था बदल्ने अभियानमा सबैले लाग्नुपर्नेमा उहाँको जोड छ ।

शुन्दर सुदुरपश्चिमका अभियान्ता समेत रहेका हमालले दार्चुला सहित सिगों प्रदेश नम्बर ७ को समृद्धिकालागी पुर्बाधार निमार्ण, धार्मीक, प्राकृतिक, पर्यटकिय क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राख्नुभयो । नेतालाइ जनताले सजिलै चुनाबमा गरेका बाचाहरु किन पुरा भएनन्, कुन काम कहिले सम्म गर्न सक्नुहुन्छ भनेर सोध्नसक्नुपर्ने भनाइ राख्नुभयो ।

राजनीतिक रुपमा जनता जागरीत भइसकेकोले आर्थीक बिकास, समृद्धि र उद्यमसिलताकोलागी प्रशिक्षित गर्नुपर्ने बेला आएको बताउँनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!