शैलेजा आचार्य महिला नेता मात्र नभएर समग्र देशकै नेता हुन्: नेता महत

Posted on: 13 Jun, 2018

जेठ ३० काठमाण्डौ | नेपाल महिला संघ केन्द्रिय समितीको आयोजनामा नवौँ शैलजा आचार्य स्मृति दिवसको अवसरमा  दिपप्रज्वलन गरि सम्पन्न भएको छ ।


मंगलबार आयोजित दिपप्रज्वलन कार्यक्रमको प्रमुख अथिति रहनुभएको नेपाली कांग्रेसका सह महामन्त्री डा प्रकाश शरण महतले शैलजा आचार्य हाम्रोबीच नरहेको पनि आचार्यप्रतिको स्मरण अझै ताजै भएको बताएका छन् । 

डा महतले शैलजा आचार्य अदम्य साहसकी प्रतिमूर्ति भएको जिकिर गर्दै २०३३ सालमा मन्डलेहरुले बेला बखतमा उहाँको अस्मितामाथि धावा बोल्दै अनेकौं गालि बेइज्जत गर्दा पनि नडराई प्रजातन्त्रको लागि सदैव लडिरहेको स्मरण गरे ।

शैलजा आचार्य विद्रोही स्वभावको व्यक्ति भएका कारण वि.सं २०१७ मा राजा महेन्द्रलाई कालो झण्डा देखाउँदा जेल बस्नुपरेको तथा उनको विद्रोही स्वभाव जीवनको अन्तिम कालखण्डसम्म कायम रहिरहेको पनि उनले बताए। 

महतले भने:- 'शैलेजा आचार्य महिला नेत्रृ मात्र नभएर समग्र देशकै नेता हुन्, जसरी वि.पी.,गणेश मान, शुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला को फोटो राखिन्छ यसै पंक्तिमा उनको फोटो पनि राखिनु पर्छ ।'

आचार्यको पार्टीप्रतिको योगदान अन्य नेताको भन्दा फरक नभएकाले उनलाई पार्टीले उच्च सम्मान गर्नुपर्ने धारणा डा. महतले राखे ।

शैलेजा आचार्य स्मृति दिवशमा आयोजित दिप प्रज्वलन कार्यक्रममा बिभिन्न बक्ताहरुले आफ्नो आफ्नो धारणा राख्दै आचार्यप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!