कम्युनिस्टहरु हावादारी र अनुशासनहीन भएका छन्: नेता महत

Posted on: 14 Jun, 2018

जेठ ३१ काठमाण्डौ | नेविसंघ नेपाल ईन्जिनियरिङ कलेजको आयोजनामा जय नेपाल कप फूटबल प्रतियोगिताको उत्घाटन कार्यक्रम सम्पन्न भएको छ | काठमाण्डौको ज्ञानेस्वरमा आयोजित उक्त प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले गरेका हुन्  | कार्यक्रमको उत्घाटन समारोहमा बोल्दै नेता महतले खेलकुदको माध्यमबाट सम्पुर्ण नेपाल विद्यार्थी संघ एक होस भन्ने शुभकामना व्यक्त गरे। 


उनले कम्युनिस्टहरु हावादारी र अनुशासनहीन भएको र त्यसको पर्दाफास दिनानुदिन भैरहेको दावी गरे । त्यस्तै उनले कांग्रेसहरु एकजुट भइ आफ्नो कामको प्रचार गर्न तिर लाग्नुपर्ने  सुझाव पनि समेत दिए | 

आजबाट सुरु भएको प्रतियोगीता असार १० गतेसम्म संचालन हुने बिद्यार्थी नेता संजीव अधिकारीले बताए | प्रतियोगीताको उत्घाटन समारोहमा नेबिसंघका अध्यक्ष नैनसिङ महर, महामन्त्रीहरु सरोज कुमार थापा, आनन्दराज त्रिपाठी, उपाध्यक्ष पवनकुमार यादव, सह महामन्त्री प्रेमराज जोसी, सदस्यहरु चन्द्र बिक, प्रेमबहादुर शाही लगाएतको उपस्थिती रहेको थियो | 


यस बिषयमा तपाइको प्रतिक्रिया...!