संसदमा मन्‍त्रीहरु उपस्थित नभएपछि बैठक स्थगित

Posted on: 17 Jun, 2018

असार ३,काठमाडौ।  प्रतिनिधिसभाको आइतबारको बैठकमा एक जना पनि मन्त्री उपस्थित नभएपछि  छलफलको बीचमै बैठक स्थगित भएको छ। 

विनियोजन बजेटअन्तर्गत् मन्त्रालय तहमा छलफल जारी थियो। बैठक चलिरहेको बेलामा नियमापात्ति गर्दैै कांग्रेस सांसद अमरेशकुमार सिंहले मन्त्रीहरूको अनुपस्थितिमा बैठक अगाडि बढ्न नसक्ने बताउँदै सभामुखको ध्यानाकर्षण गराएका थिए।   

बैठकको अध्यक्षता गरीरहेकी उपसभामखु शिवमाया तुम्बाहाफेले सिंहलाई पटक-पटक बस्न आग्रह गरेकी थिइन् । सिंहले नियमअनुसार बैठक चल्न नसक्ने अडान लिएपछि १५ मिनटका लागि स्थगित गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!