प्रधानमन्त्री ओली ६ दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान

Posted on: 19 Jun, 2018

असार ५ काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संघीय संसदका सभामुख कृष्णबहादुर महरा लगायत, राष्ट्रिय सभाका अध्यक्ष, सरकारका मन्त्रीहरुलगायतले बिदाई गरेका थिए । उनलाई नेपाली सेनाको एक टुकडीले विमानस्थलमा सम्मान गारद अर्पण गरेको थियो ।


चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा हुन लागेको यो भ्रमणमा ओली जम्बो टोली लिएर गएका छन् । भ्रमण टोलीमा चार मन्त्री, आधा दर्जन सांसद र दुई दर्जनभन्दा बढी सरकारी अधिकारी र पदमा नभएका अन्य केहीलाई पनि सहभागी गराइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!