राष्ट्रियसभाका अध्यक्ष सुटुक्क राज्यमन्त्रीको क्वार्टरमा छिरेपछि...(भिडियोसहित)

Posted on: 19 Jun, 2018

असार ५, पर्वत । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले पर्वत जिल्लाको अस्पतालको लागि एउटा एम्बुलेन्स माग्नको लागि राष्ट्रियसभाका अध्यक्ष जस्तो राज्यकै ६ उच्च पदमा रहेका व्यक्तिहरुमध्येका एक व्यक्ति गणेश तिमिल्सिनासहित सांसदहरु आफ्नो ढोका ढक्ढकाउन पुगेको बताएकी छिन् ।

पर्वत जिल्ला अस्पतालको लागि एक एम्बुलेन्सको लागि उच्च पदमा रहेका व्यक्तिदेखि सांसद समेतको आगम भएको भन्दै उनले केहि समयमानै पर्वत जिल्लालाइ एउटा एम्बुलेन्स पठाउने बताएकी हुन् ।

पर्वत जिल्लालाई पूर्ण खोप सुनुश्चित जिल्ला घोषणा कार्यक्रमको उद्घाटन गर्नको लागि पर्वत आएकी स्वास्थ्य राज्यमन्त्री अर्यालयले यस्तो बताएकी हुन् ।

पहिचानमा जोड

उनले पहिचान हुने चिजको खोजि गर्न आवश्यक रहेको पनि औलाएकी छिन् ।

संघीयता नागरिकको पहिचान दिने खालको हुनुपर्ने बताउँदै उहाँले ठाउँ अनुसारको पहिचानको लागि जोड दिनुपर्ने र विकासको लागि सवै एक भएर लाग्नुपर्ने बताइन् ।

उनले मौलिक विकासको लागि सवैले सोच्नुपर्ने बेला आएको बताउनुभयो । हरेक क्षेत्रको आआफ्नो मौलिकता रहेको भन्दै मौलिकताको विकास गरी त्यसलाइ पहिचान गराउनुपर्नेमा जोड दिइन ।

मन्त्री अर्यालले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको बजेटले देशमा भएका महिला दिदिबहिनीहरुको स्वास्थ्यको लागि नयाँ कार्यक्रम ल्याउन लागेको बताइन । साथै उनले पर्वत जिल्लाको स्वास्थ्य क्षेत्रको विकासको लागि पनि आफूले पहल गर्ने र चाँडै जिल्लाको लागि एम्बुलेन्स पठाउने पनि बताइन्


यस बिषयमा तपाइको प्रतिक्रिया...!