'बर्तमान सरकारले सम्बृद्ध नेपाल निर्माण गर्न सक्दैन'- लम्साल

Posted on: 20 Jun, 2018

असार ६, काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सचिवालय सदस्य बालकृष्ण लम्सालले मालेमाको सिद्दान्तलाई मार्गदर्शक सिदान्त बनाएर आफ्नो पार्टी अगाडि बढाउने बताएका छन् । 

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रचण्ड लगाएतको टिमले वास्तविक माओवादीलाई धोका दिएर एमालेमा पार्टीलाई बिलिन गराउन खोजेको आरोप समेत लगाएका छन् ।

कार्यक्रममा बोल्दै उनले देश चरम बेथितीमा रहेको अवस्थामा खोक्रो राष्ट्रवादको मुखुन्डो ओडेर देशको सार्वभौमिकताको रक्षा हुन नसक्ने भन्दै सम्पुर्ण देशभक्त, क्रान्तिकारि, कम्युनिष्टहरु एक भएर स्वाधिन र सम्वृद्ध नेपाल निर्माणको लागि एकजुट हुनुपर्ने अहिलेको अवाश्यकता रहेको बताएका छन् ।

नेकपाको सरकार बनेपछि देशमा चरम महँगी,कृतिम अभाव,बेरोजगारि, भ्रष्टाचार को समस्या रहेको भन्दै उनले यो सरकारले यी समस्याहरुको समाधान गरि सम्बृद्ध नेपाल निर्माण गर्न नसक्ने जिकिर गर्दै अब यसको समाधानको लागी नेकपा (माओवादी केन्द्र) ले तत्काल राष्ट्रियता, जनजिबिका र शुसासनको एजेन्डामा रहेर शान्तिपुर्ण संघर्ष शुरु गर्ने बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!