जनगणतन्त्र स्थापना गरेरै छाडनेः सिपि गजुरेल

Posted on: 23 Jun, 2018

राम नारायण पंडित | असार ९, सिरहा । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) का नेता सिपि गजुरेलले जनगणतन्त्र स्थापना गरेरै छाडने दाबी गरेका छन् । सिरहामा शुक्रबार पार्टीको जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता गजुरेलले भने “हाम्रो लडाई जनगणतन्त्र स्थापनाको लडाइ हो, नेपालमा जनगणतन्त्र स्थापना गरेरै छाड्छौं ।” 

नेपालमा जनआन्दोलन बाहेक कुनै विकल्प नरहेको भन्दै उनले ओली राष्ट्रियवादी नभई राष्ट्रियघाती रहेको आरोप लगाए । ओली सरकारले नेपालमा निरंकुशता लागू गर्न खोजेको समेत उनले जिकिर गरे । 

पंचायती ब्यवस्थामा नभएको भ्रष्टाचार अब स्थानीय तहमा भइरहेको दाबी गर्दै उनले माओवादी केन्द्र एमालेमा विलय भएको आरोप समेत लगाए । 

पार्टीका जिल्ला सेक्रेटरी हिरा बहादुरको अध्यक्षतामा भएको खुल्ला सत्रमा २ नम्बर प्रदेशका सेक्रेटरी कृष्णदेब सिंह (दनुवार), प्रदेश सद्स्य रामनारायण सिंह, संजय सिंह लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!