सांसद गिरीमाथि प्रश्न:- चुनावका बेला दिन्छु भनेको ५ हजार भत्ता खै ? (भिडियो)

Posted on: 29 Jun, 2018

असर १५,पर्वत । मंसिर २१ को प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको माहोलले देश निकै तातेको थियो । देशभरी चुनावको माहोल थियो । नेताहरु भाषण र कार्यकर्ता प्रवेश गराउन निकै व्यस्त थिए ।

चुनावको माहोल, आफ्नै पार्टीका पुराना नेताहरुलाईपछि पार्दै प्रतिनिधिसभाको उम्मेदवार बनेका युवा नेताका रुपमा परिचित तत्तकाली नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी, जो हरेक चुनावी सभामा भाषणमा खरो रुपमा प्रस्तुत हुन्थे । प्रतिपक्ष नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशीमाथि खरो रुपमा प्रस्तुत हुन्थे । 

१८ बर्षसम्म केहि गर्न सकेनन् । चारपटक  सांसद भए माखो पनि मारेनन् यस्तै यस्तै प्रतिपक्षमाथि आक्रोश भरिएका उनका भाषणमा कार्यकर्ताहरु ताली पिट्थे । बृद्धबृद्धा देख्थे त्यसपछि भनिहाल्थे । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार पुषमा बन्छ । माघमा पुरक बजेट आउँछ । 

आमा, बुवा सुन्नुहोस् ,

मलाई भोट दिएर जिताउनुहोस्, तपाइको बृद्धभत्ता पाँच हजार हुन्छ । माघबाटनै पाँच हजार भत्ता बुझ्ने भए भोट मलाइ नै होल्नुहोस् ।

सास रहुन्जेल आस रहन्छ । त्यसमाथि बृद्धबृद्धाको भत्ता बढ्ने आशाको त्यान्द्रोले उनीमाथि विश्वास गर्न बाध्य पनि बनायो ।

एक कारण थियो, तत्तकाली प्रधानमन्त्री मनमोहन अधिकारीनै बृद्धाभत्ताको प्रचलन ल्याए जून एमालेको राजनीतिका प्रमुख अस्त्र बन्न पुग्यो | दोस्रो कारण थियो, दुइ दल मिलेका छन् चुनाव यिनैले जित्छन त्यसैले भोट यीनैलाइ हालौ । 

हरेक सभा र फोरममा मान्य पदम गिरीको भत्ताको भाषण निकै चर्को हुन्थ्यो । प्रतिपक्षलाई झटारो हान्न पनि छोड्ने थिएनन् र भत्ताको राजीतिबाट उनी विमुख  भएर भाषण गर्न पनि सकेनन् अर्थात्  चुनावी प्रचारप्रसारको अबधीमा उनले बृद्धभत्ता पाँच हजार बनाउने उद्घोष नगरेको कुनै सभा पनि थिएन ।

प्रदेशसभाको लागि क्षेत्र नं १(क) बाट उम्मेदवार बनेका तत्तकाली नेकपा माओवादी केन्द्रका नेता नेत्रनाथ अधिकारी जो चुनावी हरेक  सभामा भाषणमा भन्ने गर्थे म समाजबादको पक्षमा लडिरहन्छु । अब देशमा समाजबाद आवश्यक छ यसको लागि मेरो आवाज उठिरहन्छ । तर उनले कुनै पनि फोरममा बृद्धा भत्ता पाँच हजार हुन्छ मलाइ भोट दिनुहोस भनेको रेकर्ड सायदै छैन होला ।

किनकी उनीलाई थाहा हुनुपर्छ, पार्टी एकता गर्ने भनी संयुक्त घोषणा पत्र जारी गरी चुनावी मैदानमा होमिएको एमाले र माओवादी भोली एक नहुन पनि सक्छन् वा भत्ताको राजनीति गरेर चुनावमा भोट माग्ने हाम्रो अधिकार छैन वा नैतिकताले दिदैन ।

अर्थात् उनले कुनै पनि फोरममा भत्ताको लोप देखाएर भोट मागेनन् । प्रदेशसभातर्फ क्षेत्र नं २(ख) बाट उम्मेदवार बनेका विकास लम्सालको भाषण पनि बेजोड थियो । प्रतिनिधिसभाका नेतृत्व गरिरहेका उनलाई प्रदेशसभामा झरालिनुले उनको मन दुखेको पनि हुनसक्छ । चुनावको बेलामा उनी कतिपय सभामा पदम गिरीसँग सहभागी नभएका उदाहरण पनि थिए । 

उनले पनि भत्ताको राजनीति गर्न भने पछि हटेनन् । सायद एमाले नेताहरु देशभरनै भत्ताको राजनीतिक नगरेका होलान भन्न सकिने ठाउँ पनि छैन । देशभर भनौ या संयुक्त घोषणा पत्रमा नै पाँच हजार बृद्धाभत्ता बढाउने भनि स्पष्ट उल्लेख गरिएको थियो ।

मान्य पदम गिरीको भाषणमा जोश थियो, बृद्धाबृद्धाहरुलाइ त्यो जोशले लोभ्यायो । भत्ताको राजनीतिले राजनीतिका पुराना खेलाडी मानिएका नेपाली काँग्रेसका नेता अर्जुन जोशीलाई उनले १० हजार भन्दा बढी मतान्तरले जिते । प्रतिनिधिसभाका सांसद बने ।

नेत्रनाथ अधिकारी पाँच हजार मतान्तरले विजयी भए अहिले प्रदेश ४ को सभामुख बनेका छन् भने विकास लम्साल प्रदेश ४ को बन तथा बातबरण मन्त्री बनेका छन् । 

देशभर चुनाव बामगठबन्धनले नै जित्यो । झण्डै दुइ तिहाइको सरकार बन्यो । यहि जेठमा सरकारको नीति तथा कार्यक्रम सार्वजानिक भयो । तर बृद्धबृद्धालाई चुनावमा देखाएको भत्ताको मोह भने पुरा गर्न सरकारले सकेनन् ।

अहिले यसको चौतर्फी विरोध भैराखेको छ । चुनावको बेलामा भत्ताको राजनीति गरेको तत्तकाली एमाले अहिले त्यसलाइ फरक ढंगले व्याख्या र  विश्लेषण गरिरहेको छ । बृद्धा भत्ता नबढाइनुमा स्यमं  एमाले र माओवादी मिलि बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र पनि विरोध शुरु भएको छ ।

मान्य पदम गिरीलाइ चुनावमा गरेको भाषणले अहिले हरेक सभासमारोहमा प्रश्न चिन्ह उठाइरहेको छ । मान्य ज्यू भत्ता माघबाटै पाँच हजार भनेको होइन । असार लागिसक्यो भत्ता बढेन नी ।

हात्तीको दाँत जस्तै बृद्धाभत्ताको यो राजनीतिले उनको पहिलो प्रतिनिधिसभाको यात्राको पहिलो कदममानै प्रश्नचिन्ह उठाइरहेको छ । झुटको खेती गरेको राजनीतिक कतिञ्जेल टिक्ला ?

चुनावमा गरेको कबुल पुरा गर्नको लागी सरकारले पाँच हजार बृद्धाभत्ता दिने व्यवस्था नगरेपनि अब आफूले पाउने सेवा सुविधाबाट पर्वतमा रहेका जेष्ठ नागरिकहरुको भत्ता बढाउने कि ?

हिन्दुधर्ममाथि सांसद गिरीले गरे यतिठूलो अपमान, छालाकै जुत्तासँग भवन गरे भवनको शिलान्यास (भिडियो सहित)

पर्वत । नेकपा पर्वतका प्रतिनिधिसभाका सांसद पदम गिरीले हिन्दहरुधर्ममाथि ठाडो प्रहार गरेका छन् । बुधबार खानेपानी भवनको शिलान्यास गर्नको लागि वारी बेनी माझफाँट पुगेका सांसद गिरीले हिन्दुधर्ममाथिनै अपमान हुने हर्कत देखाएका हुन् ।

भवनको शिलान्यास गर्नेक्रममा उनी जुत्ता सहित सहभागी भए । हिन्दु धर्म परम्परा अनुसार यस्तो पूजाआजमा छालाका कुनै पनि बस्तु धारणा गर्न हुदैन र चोखो निष्ट हुनुपर्छ भन्ने प्रचलन छ तर उनले हिलोबाट आफूलाइ जोगाउनको लागि छालाका जुत्तासँगै शिलान्यास कार्यक्रममा सहभागी भएका हुन् ।

हिन्दुधर्मको अपमाननै हुने गरी सांसद गिरीले देखाएको हर्कतको अहिले सामाजिक संजामा निकै भाइरल भएको छ । उनले देखाएको हिन्दुत्वमाथिको अपमान ८५ प्रतिशत हिन्दुबादीहरुको रगतनै तान्ने खालको  देखिएको छ । उनलको यो हर्कतको चौतर्फी विरोध हुन थालेको छ । 

केहि दिन अगाडि संसदमा बजेट बारे बोल्ने क्रममा अनाबृष्टि, अल्पबृष्टि, अतिबृष्टिका कुरा उठाएका सांसद गिरीलाइ अब भने आलोचनाका अतिबृष्टि हुने सम्भावना बढेको छ ।

कम्युनिष्ट नेताहरु आफूलाई नास्तीक ठान्छन् । धर्मकर्ममा विश्वास गर्दैनन् तर पछिल्ला समयमा कम्युनिष्ट नेताहरु धर्मकर्ममा लागेको उदाहरणहरु धेरै छन् । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पछिल्लो समयमा धार्मिक भक्ति भएको उदाहारण ताजानै छ । 

केहि महिना अगाडी उनी चितवनमा धार्मिक भ्रमणका रुपमा परिवासँग देवघाट गएका दृश्यहरु निकै भाइल पनि भए । आफूलाई कम्युनिष्ट ठान्नेहरु पछिल्लो समयमा धर्मकर्ममा लागेको अर्को उदाहरण हो नेकपाकै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका बेलामा धार्मिक भ्रमण पनि गर्न भ्याए । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा स्वागतको नाउमा उनी पनि पूजा गर्न त्यहाँ भ्याए । अर्थात् कम्युनिष्टहरु धर्मकर्ममा पनि लागेको यी जल्दाबल्दा उदाहरणहरु मात्रै हुन् ।

नेपालमा झण्डै ८५ प्रतिशतको हाराहारीमा हिन्दुधर्मलम्बीहरु रहेका छन् तर पनि देश हिन्दुनिरपेक्षताको देश घोषणा भैसकेको छ । बेलाबेलामा हिन्दु धर्म बचाउ अभियानका अभियान्तहरु भनौ वा राजनीतिक दलहरु यहि धर्मको प्रचारलाई आफ्नो मुल अस्त्रका रुपमा लिने गरेका पनि छन् । 

हिन्दुधर्म अनुसार पूजाआजमा छालाका जुत्ता वा छालाबाट बनेका कुनै पनि बस्त्र धारणा गरी पूजा गर्नुहुदैन भन्ने मान्यता छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!