पार्टीमा सबै एक हुनुको विकल्प छैन: सभापति देउवा

Posted on: 29 Jun, 2018

असार १५, भक्तपुर | नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा सबैजना एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ । 


नेपाली काँग्रेस चाँगुनारायण नगर समितिले धान दिवसको अवसरमा आज बागेश्वरीमा आयोजना गरेको रोपाइँ कार्यक्रममा बोल्दै सभापति देउवाले सबै मिलेर पार्टीलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो–“आगामी दिनमा सबै एक भएर अगाडि बढे काँग्रेस पुनः देशको एक नम्बरको पार्टी बन्छ, सबैलाई आफ्ना कमी कमजोरीलाई सुधार्दै अगाडि बढ्न म आग्रह गर्दछु ।” 

सांस्कृतिक परम्पराले नेपाली संस्कृतिलाई जीवन्त बनाएको भन्दै सभापति देउवाले धान दिवसले कृषि परम्परा र संस्कृतिको पहिचान स्थापित गरेको बताउनुभयो । 

रोपाइँ कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य डिना संग्रौला, काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, नगरसभापति यादव अधिकारीलगायत सहभागि थिए । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!