विप्लप समूहको ज्यादतीको प्रतिकार गर्न आग्रह गर्दै नेकपाको यस्तो बिज्ञप्ति जारी

Posted on: 01 Jul, 2018

टेकेन्द्र बोहरा | असार १७, बझाङ | नेपाल कम्युनिष्ट पाटि (विप्लव) का कार्यकर्ताले जनप्रतिनिधिहरुलाई दुर्व्यवहारको विरोध गर्दै एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी बझाङले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई प्रतिकारका लागि तयार रहन अपिल गरेको छ । 

जनप्रतिनिधिमाथिको दुर्व्यवहार दोहोरिन सक्ने भन्दै आइतबार विज्ञप्ति जारी गरेर यस्तो आग्रह गरेको हो  नेपाल कम्युनिष्ट पाटी बझाङले जनाएको छ । 

शुक्रबार मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायतलाई कालोमोसो दलेर दुर्व्यवहारप्रति आपत्ति जनाउँदै तत्कालीन एमाले बझाङका अध्यक्ष दिलबहादुर सिंह, जिल्ला समन्वय समिति संयोजक खड्गबहादुर खड्का, विभिन्न स्थानीय तहका प्रमुख, उप्रमुख र तत्कालीन एमालेका जिल्ला कमिटीका पदाधीकारीसहित १५ जनाले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

कठायतलाई दुर्व्यवहार गर्ने कार्यमा संलग्न विनोद थापा, बाजिलाल शाही, राजेश थापा, सुरज भण्डारी, झरेन्द्र द्धाल, विकास थापा, सत्यराज द्धाल र चक्र कठायतलाई नियन्त्रण लिई कारबाही गर्न जिल्ला प्रशाशन कार्यालयसँग माग गरिएको छ । यस्ता क्रियाकलाप नदोहोरउन र दोहोरिएमा प्रतिकार गरिने भन्दै नेकपा विप्लव समर्थकहरुलाई विज्ञप्तिमार्फत् चेतावनी दिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!