खेलकुद क्षेत्रको पनि सिन्डिकेट हटाइन्छ: मन्त्री थापा

Posted on: 07 Jul, 2018

असार २३, काठमाडौँ | गृहमन्त्री रामबहादुर थापाले खेलकुद क्षेत्रमा समेत सिन्डिकेट रहेको भन्दै त्यसलाई हटाइने बताउनुभएको छ । 

नेपाल मगर खेलकुद संघले आज यहाँ आयोजना गरेको मगर खेलाडी सम्मान तथा सांस्कृतिक कार्यक्रममा गृहमन्त्री थापाले केही व्यक्ति र समूहले खेलकुद क्षेत्रमा सिन्डिकेट चलाउन खोजेको भन्दै त्यो स्वीकार्य नहुने बताउनुभयो । 

उहाँले राजनीतिक र खेलकुद क्षेत्रमा मगर समुदायको विशिष्ट योगदान रहेको बताउनुभयो । 

गृहमन्त्री थापाले शान्ति, सुशासन कायम हुनका साथै अपराधिक गतिविधिमाथि नियन्त्रण गर्नसके देशको आर्थिक विकास हुने भएकाले यस क्षेत्रमा सरकारलाई सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो । 

संघका उपाध्यक्ष तथा भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीमगरले मगरजातिको कला तथा संस्कृति सबै नेपाली जनताको सम्पत्तिका रुपमा रहेको बताउँदै यसको संरक्षण गर्न राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । 

नेपाल मगर संघका अध्यक्ष नविन रोक्का मगरले मगरात र तमुवानको छुट्टै गौरवशाली इतिहास रहेको चर्चा गर्नुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!