नेता र मन्त्री ओहोर गर्दा प्रहरी स्कटिङमा हैरान, यात्रु सडक जाममा

Posted on: 08 Jul, 2018

असार २४, हेटौंडा । अहिले संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारका जनप्रतिनिधिहरु हेटौंडाकै बाटो भएर आफ्ना सरकारी नंम्बर प्लेटका सावरीमा ओहोर दोहोर गर्ने गरेका छन् । बढी जसो संघिय राजधानी भएर काठमाण्डौ–फाखेल, कुलेखानी, भिमफेदी हुँदै हेटौंडा भएर ओहोर दोहोर गर्ने ठुला नेता र मन्त्रीहरुका कारण मकवानपुर प्रहरी हैरान बनेको छ ।

कम मात्रको जनसक्ति त्यसमाथी पार्टीका ठुला नेता, संघिय सरकारका प्रधानमन्त्री, मन्त्रीहरु, पुर्ब मन्त्रीहरु प्रदेश सरकारका प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीहरुलाई स्कटिङ गर्दैमा प्रहरी हैरान भएको छ । सरकारमा पदमा रहेकाहरुलाई स्कटिङ पर्दा ठुलो जनसक्ति त्यसमानै खर्च गर्नुपरेको बताउँदे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बुद्धीराज गुरुङ भन्नुहुन्छ 'भिआईपीको सुरक्षा र स्कटिङ गर्नुपर्दा धेरै प्रहरी त्यसमानै खर्च गर्नुपरेको छ । अर सुरक्षा हेर्न पनि भ्याउ नभ्याउ छ ।’

ठुला नेता र मन्त्रीहरु साढे दुईमहिनाको अबधिमा मात्र हेटौंडामा आएको र हेटौंडा भएर अन्यत्र जिल्लामा २ सय ८७ पटक ओहोर दोहोर गरेका छन् । नेता र मन्त्रीको अधिकांश ओहोर दोहोरमा प्रहरीले स्कटिङ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको रेकर्डमा सबैभन्दा बढी दुईनंमबर प्रदेशका मन्त्रीहरु, तीन नंमबर प्रदेशका मुख्यमनत्री र मनत्रीहरु, बिभीन्न दलका नेताहरुको ओहोर दोहोर गरेको रेकर्ड छ ।

शान्तिसुरक्षाको संबेदनसिलतालाई हेरेर पनि नेता र मन्त्रीलाई सुरक्षा दिने गरिएको छ । नेता र मन्त्रीलाई छुट्टै सेकुरेटीका रुपमा पद हेरेर नेपाली सेना ससस्त्र प्रहरी र जनपथ प्रहरी खटाइएको छ । त्यसमा पनि जुन जिल्लामा पुग्यो त्यही जिल्लाको प्रहरी कार्यालयले स्कटिङ गर्ने चलन पनि छ । त्यही चलनले गर्दा पनि यो जिल्ला सबैतिरको ओहोर दोहोर गर्ने केन्द्र भएका कारण स्कटिङ धेरै गर्नुपरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक नरेश कुमार सिङले बताउनुभयो ।

२०७५ साल बैशाख महिना देखि यही असारको १५ गते सम्ममा साढे दुईमहिनाको रेकर्ड अनुसार सबै भन्दा बढी जेठ महिनामा नेता र मन्त्रीहरु ओहोर दोहोर गरेका छन् । बैशाख महिनामा हेटौंडा भएर नेता र दुईतहका मन्त्रीहर ६५ पटक हेटौंडा भएर बिभीन्न जिल्लामा ओहोर दोहोर गरेका छन् । त्यसैगरी जेठ महिनामा ९२ पटक नेता र मन्त्रीहरु हेटौंडा भएर अन्य जिल्लामा ओहोर दोहोर गरेका छन् । यता तीन नंम्बर प्रदेशको मुख्यमन्त्री र आन्तिरिक मामिला तथा कानुन मन्त्री त यो अबधिमा ९६ पटक हेटौंडा भएर बाहिरी जिल्लामा ओहोर दोहोर गर्नु भएको छ । यता हेटौंडा सबै प्रदेश र जिल्लाहरुको केन्द्र पनि पर्ने भएकाले ठुला कार्यक्रम गर्ने दलहरु र मन्त्रालयका कारण पनि यहाँ चाप पनि धेरैनै पर्ने गरेको छ ।

यो साढे दुई महिनाको अबधिमा प्रधानमनत्री केपी शर्मा ओली, पुर्ब प्रधानमन्त्रीहरु पुस्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, गृह मन्त्री रामबहादुर थापा बादल, सर्बोच्च अदालतका प्रधानन्यायधिश, बिभीन्न प्रदेशका प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरु, उपप्रधानमनत्रीहरु, बिभीन्न पार्टीका नेताहरु धेरै पटक ओहोर दोहोर गरेको डिएसपी सिङले बताउनुभयो ।

यही बिचमा असार ४ गते देखि ७ गते सम्म नेपाली काग्रेशको ७७ जिल्ला सभापतिहरुको भेलाका कारण पनि हेटौडामा काग्रेशका पुर्ब प्रधान्त्री, सबै पुर्ब मन्त्रीहरु, सबैजसो केन्द्रीय नेताहरु हेटौंडा आउँदा यहाँका होटल त खाली भएनन् तर सडकमा चाप संगै प्रहरीको स्कटिङको हैरानी पनि उत्तिकै बढेको प्रहरीको भनाई छ । एक सय जना भन्दा बढी पार्टीका केन्द्रीय स्तरका नेताहरुलाई चार दिन सम्म ट्राफिक प्रहरी र जनपथ प्रहरीले स्कटिङ गरेको थियो । यसका कारण पनि प्रहरीलाई आफ्नो नियमित काम गर्नका लागि भ्याई नभ्याई भएको स्कटिङमा खटिएका प्रहरीहर बताउँछन् । यता तीन नंम्बर प्रदेशका मुख्य मन्त्री र आन्तिरिक मामिला तथा कानुन मन्त्री ओहोर दोहोर गर्ने र जिल्ला भित्र पनि औपचारिक कार्यक्रममा सुरक्षा तैनाथी बढाउनुपरेकाले थप प्रहरी समेत आबस्यक्ता परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बुद्धीराज गुरुङ बताउनुहुन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!