अब भ्रष्ट्राचारीले उम्कन पाउँदैनन्ः कानुन मन्त्री

Posted on: 10 Jul, 2018

असार २६, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले जुनसुकै किसिमका भ्रष्टाचारलाई कुनै पनि हालतमा नछोड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

राजधानीमा प्रारम्भ खवर डट कमको उद्घाटन गर्दै मन्त्री तामाङले सरकारले आफ्ना मन्त्रीले भ्रष्टाचार गरेपनि नछाड्ने बताउनुभयो । मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्दा केही मन्त्रीले अवरोध गरेको प्रसंग निकाल्दै मन्त्री तामाङले सार्वजनिक पद धारण गरेका व्यक्तिले अब कसरी र कुन रुपमा अवैध सम्पति आर्जन गरिरहेका छन् तिनको सुक्ष्म तवरले अनुसन्धान गरी भ्रष्ट्राचारको जालो तोड्ने बताउनुभयो । उहाँले अब न्यायाधीशको सम्पत्ति समेत छानविन गर्ने गरी कानुन बनाउने बताउनुभयो ।


लोकत्रन्तको दुईवटा पिल्लर पारदर्शिता र जवाफदेहीता भएकाले आफूहरु त्यसलाई स्थापना गराएर छोड्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा मुख्य सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले टेलिभिजन र छापामाध्यम भन्दा पृथक भूमिका र विषेशता रहेको अनलाइनले वढि भन्दा वढी सीपमूलक, जीवनमूलक र व्यवहारिक ज्ञानले भरिएका मानव उपयोगी सूचना सम्प्रेषण गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा साहित्यकार रमेश शुभेच्छुले समाज परिवर्तनको प्रमुख माध्यमको रुपमा रहेको पत्रकारिता क्षेत्र परिस्कृत हुदै जानुपर्नेमा जोड दिनुभयो । त्यस्तै वरिष्ठ सञ्चारकर्मी तथा कलाकार श्रीकृष्ण सिम्खडाले क्यविनेटमा शान्तिपूर्ण विद्रोह गर्न कानुन मन्त्रीलाई सुझाव दिनुभयो । उहाँले सकारात्मक कदमका लागि जस्तोसुकै परिस्थितिमा खुट्टा नकमाउन आग्रह गर्दै जनजीविकाको विषयमा लाग्न ध्यानाकर्षण गराउनुभयो । अव सञ्चारगृहमै झाडु लगाउनु पर्ने बेला आएको भन्दै सञ्चारमाध्यमहरुले संवेदनशील भएर प्रभावकारी भूमिका निभाउनुपर्ने बताउँनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!