सिण्डिकेट हटाउने निर्णयमा साथ दिन गृहमन्त्री थापाको आग्रह

Posted on: 11 Jul, 2018

असार २७, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रको सिण्डिकेट हटाउने ठूलो निर्णय गरेको भन्दै सरकारलाई साथ दिन व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

उनले यातायात क्षेत्रमा अहिलेकै व्यवस्था कायम रहेमा मुलुकमा समृद्धि नआउने बताएका छन् ।

नयाँ बसपार्कमा बुधबार आयोजित कार्यक्रममा उनले समृद्धि चाहने हो भने यातायात क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने धारणा राखे ।

हिजोको व्यवस्था सिण्डिकेट वा कार्टेलिङ भएको भन्दै उनले भने अहिलेको  विधि र प्रणालीहरुमा आमूल परिवर्तन गर्न जरुरी भएको बताए ।

यातायात क्षेत्र मात्र नभई अरु क्षेत्रमा पनि पुरानै व्यवस्थालाई निरन्तरता दिएर देशको विकास नहुने भन्दै उनले परिवर्तन आवश्यक भएको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!