चिकित्सा शिक्षा विधेयकको विरोधमा कांग्रेसले गर्यो संसद बैठक अवरुद्ध

Posted on: 16 Jul, 2018

असार ३२, काठमाडौं | सरकारले संसदमा पेश गर्न लागेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको प्रतिनिधि सभा बैठक अबरुद्ध गरेको छ ।

सोमवार बसेको प्रतिनिधि सभाको बैठकको शुरुमै सभामुखसंग समय लिएर नेपाली कांग्रेसका मीनबहादुर विश्वकर्माले अनसनरत डा गोविन्द केसीको मागको उपेक्षा गरेको आरोप लगाए ।

उनले सरकारका कार्यशैली अधिनयकवाद र सर्वसत्तावादी सोचका साथ अगाडी बढेको भन्दै आपत्ति जनाए । सांसद विश्वकर्मा बोलेपछि कांग्रेस सांसदहरु उठेर विरोध गरेका छन् । सभामुख कृष्णबहादुर महराले गोविन्द केसीको मागको बिषयमा सरकारको ध्यानाकर्षण गराएपनि कांग्रेसले विरोध जारी राखेको छ ।

बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक पेश गर्ने कार्यसूची छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!