संसदको दोश्रो बैठक पनि अवरुद्द

Posted on: 16 Jul, 2018

असार ३२, काठमाडौं । चिकित्सा शिक्षा विधेयक र डा. गोविन्द केसीको अनसनलाई लिएर प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद दोस्रो बैठक अवरुद्ध गरेको छ ।

विपक्षी सांसदहरुको अवरोधका कारण शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सम्बोधन गर्ने समय पनि पाएनन् ।

सरकारको धारणा जानकारी दिन मन्त्रीले समय मागेको भन्दै सभामुख कृष्णबहादुर महराले विपक्षी सांसदहरुले बस्न आग्रह गरेका थिए ।

तर, कांग्रेस सांसदहरुले अस्वीकार गरेका छन् । संसद बैठक सुरु हुने वित्तिकै कांग्रेस सांसद पुष्पा भुसालले सरकारले जुम्ला गएर केसीसँग वार्ता गर्नुपर्ने माग गरिन् । लगत्तै कांग्रेस सांसदहरुले उठेर संसद बैठक अवरुद्ध पारेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!