भारतका लागि राजदूतमा नीलकण्ठ उप्रेती सिफारिस

Posted on: 16 Jul, 2018

असार ३२, काठमाडौं । सरकारले पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूतमा सिफारिस गरेको छ ।

मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डेलाई सिफारिस भएका छन् । उनी यूएईका पूर्व राजदूत रहेका थिए ।

आज बसेको मन्त्रीपरिषद बैठकले दुई जना राजदूत नियुक्तिको सिफारिस गरेको हो । 

यसअघि दीपकुमार उपाध्यायले प्रतिनिधिसभाको चुनाव लड्न भन्दै पदबाट राजीनामा दिएपछि भारतका लागि नेपाली राजदूत पद रिक्त रहेको थियो । 

दीपकुमार उपाध्यायले राजीनामा दिएपछि दिल्लीस्थित नेपाली दूतावास राजदूतविहीन छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!