मन्त्री खनाल र विश्व बैंकका देशीय निर्देशकबीच भेटवार्ता

Posted on: 16 Jul, 2018

असार ३२, काठमाडौँ | कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रमणि खनाल र विश्व बैंकका देशीय निर्देशक फारिस हाडाड जेरोभ्सबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । 

दुईपक्ष भेटमा निर्देशक जेरोभ्सले नेपालको कृषि क्षेत्रमा सक्दो सहयोग पुर्याउने जानकारी दिनुभयो । 

उहाँले कृषि क्षेत्रमा लगानी बढाउन बैंक तयार रहेको बताउँदै कृषि क्षेत्रलाई उच्च मूल्य शृंखला उत्पादनतर्फ केन्द्रीत गर्दै कृषिको आधुनिकीकरण र बजारीकरण गर्नुपर्ने सल्लाह दिनुभयो । 

विश्व बैंकले पशुपक्षी क्षेत्रको सम्भावित नयाँ क्षेत्र, खाद्य तथा पोषण सुरक्षा र रानी–जमरा क्लोरिया सिँचाइ आयोजनामा सहयोग गरेको छ । 

भेटवार्तामा मन्त्री खनालले विश्व बैंकको सहयोगको प्रशंसा गर्नु हुँदै कृषिलाई नयाँ ढाँचामा परिवर्तन गर्न लाग्दा आम जनताको सकारात्मक धारणा बन्दै गएको बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!